ओली र प्रचण्डको प्रस्तावबारे छलफल सुरु, पार्टी फुट्न नदिने प्रतिवद्धता

शेयेर गर्नुहोस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष प्रचण्डको प्रस्तावमाथि छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुबै प्रस्तावमाथि छलफल प्रारम्भ भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि प्रश्नको वर्षा गर्दै छुट्टै प्रस्ताव ल्याएका थिए भने त्यसको काउन्टरमा ओलीले पनि मंसिर १३ गतेको बैठकमा प्रचण्डमाथि हमला गर्दै प्रस्ताव ल्याएका थिए ।
एकअर्कालाई आरोप प्रत्यारोप गर्दै ओली र प्रचण्डले ल्याएको प्रस्तावमाथि नै सचिवालयमा छलफल सुरु भएको हो ।

प्रवक्ता श्रेष्ठले पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक र अनौपचारिक दुबै खाले छलफललाई निरन्तरता दिने भन्दै कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिवद्धता नेताहरुबाट आएको बताए ।

आजको बैठकमा ओली र प्रचण्डले आफ्नो धारणा राखेका थिए भने थप घनीभूत छलफल भोलिदेखि सुरु हुने छ । अर्को बैठक भोलि १ बजेका लागि तय गरिएको छ । (साभारः रातोपाटी)

ताजा खबर

भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

पुलबाट खोलामा खसेर बस दुर्घटना

कञ्चनपुरमा अढाई लाखभन्दा बढीको अवैध सामान बरामद

कैलालीमा चार जना फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *