कता जादैछ समाज ?

शेयेर गर्नुहोस

दीर्घराज उपाध्याय

कैलालीमा बिगत केही वर्षयता हरेक दिन जसो अखवार र अनलाईनमा प्रकाशन भईरहने समाचारको शिर्षक जहिल्यै एउटै हुने गरेको छ –ब्राउन सुगर सहित यति जना पक्राउ । समाचारको शिर्षकमा संख्या फरक हुन्छ । तर आशय एउटै हुन्छ । पक्राउ पर्नेहरुको उमेर समूह भने समान हुन्छ ।

यसरी ब्राउन सुगर सहित पक्राउ हुनेमा प्लस टु पढ्दै गरेका, पढाई बीचमै छोडेका र स्नातकमा पढ्दै गरेका युवाहरु देखिन्छन । अर्थात १८ देखि २८ वर्षका उमेर समूहका सबैभन्दा बढि पक्राउ पर्ने गरेको भएपनि १८ मुन्तिर र २८ वर्षभन्दा माथि उमेरका युवाहरु पनि यो सूचिमा पर्ने गरेका छन् ।

हो, आज समाजमा जे जति घट्ना, चोरी, लुटपाट, कुटपिट, ग्याङ फाईट, हत्या, बलात्कार लगायतका अपराधिक घट्ना भएका छन् । त्यसको मुख्य कारण खोतलेर हेर्ने हो भने लागु पदार्थ दुव्र्यसन देखिन्छ । कुलत तथा लागु औषधको अम्मलमा परेकाहरुले त्यसको जोहो गर्नकै लागि चोरी, डकैती, कुटपिट, हत्या सम्म गर्ने गरेको बिगतका घट्नाहरुले देखाएको छ । र आत्महत्याका घट्नाहरुको त झन अनुसन्धान र अध्ययन नै हुदैन । त्यसमा पनि कही न कतै लागु पदार्थको दुव्र्यसन जोडिएको हुन्छ । भलै, यसका पछाडि गरीवि, प्रेममा धोका, यातना लगायतका कारणहरु नभएका होईनन ।

हाम्रा युवाहरुको मनोदशा र मनोविज्ञान न त अभिभावकले बुझेका छन् । न विद्यालयले । न शिक्षकलाई विद्यार्थीका यी समस्या बुझ्ने समय छ । सरकारका लागि विकास भनेको कालोपत्रे मात्र भएको छ । सरकारको विकासमा कही कतै मान्छे केन्द्रमा छैन । अझ युवा पुस्ता त उसको नजरमा नै छैन ।

समाजको यो जर्जर र अत्यन्त दारुण अवस्थाका बारेमा सोच्ने फुर्सद न नेताहरुलाई छ । न त नीति निर्माण तहमा बस्नेलाई । यो सबैभन्दा दुर्भाग्यपूर्ण कुरा हो । हाम्रा स्कुल र कलेजले डाक्टर, ईञ्जिनियर, शिक्षक, वकिल त जन्माईरहेको छ । तर मान्छे छैन ।

र सबैभन्दा बढि उसले उत्पादन गरिरहेको छ, यस्तै वर्ग । जो या त कुलतको सिकार भएको छ । या त व्यवहारिक शिक्षा र अनुशासनको कमिले बेरोजगार भएको छ । या अराजक । चोरीका घट्नामा थुनामा रहेका युवाहरु हुन् वा सञ्चारगृह भित्र पसेर आक्रमण गर्ने युवाहरु, यही अनुशासनहीतनाका उपज हुन् ।

यतिबेला धनगढीमा दुई वटा घट्ना चर्चामा छन् । कारागारमा मृत्यु भएका युवकसंग जोडिएका तर्कहरु । र एउटा सञ्चारगृह माथिको आक्रमणको विषय । यी दुईटै फरक विषय हुन् । दुईटै घट्नाको कानुन उपचार छुट्टाछुट्टै किसिमले खोजिनु पर्छ । र दुईटै घट्नाका पीडितले चित्त बुझ्दो न्याय र जवाफ सम्बन्धित निकायबाट पाउनु पर्छ ।

तर यो घट्नासंगै विर्सन नहुने वा उठाउनु पर्ने विषय हो, लागु पदार्थ दुव्र्यसन । दुव्र्यसनको शिकार भईरहेका युवाहरुका बारेमा अहिले नसोचे कहिले सोच्ने रु हाम्रो समाज कता जादैछ रु देशका कर्णधार मानिने हाम्रा युवाहरु कता जादैछन् रु उनीहरु किन कुलतमा फस्दैछन् रु किन हत्या, लुटपाट र बलात्कारका घट्ना बढिरहेका छन् रु यो सोचनीय विषय हो । सडक कालोपत्रे गरेर वा ठूला भौतिक संरचना बनाएर मात्र विकास हुदैन । त्यो विकासका लागि समाज सद्दे हुनुपर्छ । र समाज सद्दे हुनका लागि युवाहरु सद्दे हुनुपर्छ ।

भत्किएको सडक टाल्न सकिन्छ । तर सबैभन्दा पहिले भटकिएका युवाहरु र उनीहरुको भत्किएको सोच सुधार गर्न जरुरी छ । युवाहरुका बारेमा सोच्न ढिलो भईसकेको छ । प्रहरी, प्रशासन, सरकार र आम जनसमुदायले यस विषयमा गम्भीरतापूर्वक सोच्नै पर्छ । त्यसैपनि यो विषयमा सोच्न ढिलो भइसकेको छ ।

सुदूर पश्चिमको धनगढी, टीकापुर र महेन्द्रनगरमा ब्राउन सुगरको अम्मलमा फसेका युवाहरुको संख्या डरलाग्दो छ । उनीहरुबाट समाजमा दिनहु भईरहेका अपराधिक क्रियाकलाप र त्यसको श्रृंखला बारे प्रहरी बेखबर छैन । तर त्यसलाई रोक्न प्रहरी पूर्णतः असफल भएको छ ।

लकडाउन भएयता भारतसंगको नाका बन्द छ । सीमा पारी जाने मान्छे वारी आउन पाउदैन । वारी आउने मान्छे पारी जान पाउदैन । अत्यावश्यकीय सेवाका लागि मात्र नाका खुला छ । जस्तो कि भारतबाट आउने अत्यावश्यकीय सामान र घर फर्किन चाहने नेपाली मात्र भारतबाट आउन पाउछन् । लकडाउन भएयता सरकारी तथ्यांकमा भारतीय नागरिक नाका भएर आएको देखिदैन ।

नेपालमा ब्राउन सुगर बन्दैन । कहाँबाट आउछ, यतिबेला ब्राउन सुगर । प्रहरीको काम अहिलेसम्म कति ग्राम ब्राउन सुगर समातियो रु कति जना समातिए रु त्यतिमात्र बाहिर आउछ । अर्थात प्रहरीले ब्राउन सुगर सहित पक्राउ गर्नेहरुको अभिलेख राख्ने र उनीहरुलाई थुनामा राख्ने बाहेक केही काम गरेको छैन । ब्राउन सुगर कसले ल्याउछ रु यहाँका युवाहरुका हातमा त्यो कस्ले पु¥याउछ रु को हो यसको नाईके रु यसको खोजीनीति प्रहरीको प्राथमिकतामा कहिल्यै परेन ।

बस, उसको तथ्यांकमा महिनामा कति रु र वर्ष दिनमा कति जना पक्राउ परे भन्ने मात्र हुन्छ ।
यदि प्रहरी यसको मुहानमा नपुग्ने हो भने त्यो मुहान बन्द नहुने हो भने फेरि पनि दिनहु ब्राउन सुगर सहित युवाहरु पक्राउ परेको समाचार प्रकाशन भईरहने छ ।

बाघको छाला, हात्तीका अंग, गैडाको खाक, चरेस बोक्ने भरियाहरु पक्राउ पर्छन । तर त्यसको नाईके कहिल्यै पक्राउ पदैनन । हो, यही कारण अहिलेसम्म बाघको छाला, हात्तीका अंग, गैडाको खाक, चरेसको अबैध कारोवार र ओसार पोसार रोकिएको छैन । यो सबै भन्दा खतरनाक त ब्राउन सुगरको अबैध कारोवार र ओसार पोसारको अवस्था छ । जसले हाम्रा युवाहरुको भविश्य बर्बाद गरिरहेको छ । युवाहरुको भविश्य बर्बाद भएमा त्यो देशको हालत सोमालिया र साउथ सुडान जस्तो हुन्छ ।

हाम्रो समाजलाई सोमालिया र साउथ सुडान बन्न दिने वा त्यो बन्नबाट रोक्ने त्यो पहिलो जिम्मेवारी प्रहरी प्रशासनको हो । र त्यत्तिकै जिम्मेवारी स्थानीय, प्रदेश र संघीय सरकारको हो ।

ताजा खबर

सामूहिक बलात्कारको आरोप, ८ जना सार्वजनिक

फोहोर रगत सफा गर्न पिउनुस् यी ५ पेयपदार्थ

आन्दोलनको तयारीमा थरुहट र मधेशी युवा

छोराद्वारा आमाको हत्या आरोप

शुभकामना बिजया दशमीको

Leave a Reply

Your email address will not be published. Required fields are marked *