किसान सहकारीद्वारा खुला निबन्ध लेखन प्रतियोगिता आयोजना

शेयेर गर्नुहोस

सहकारीले माटो परिक्षण प्रयोगशाला उद्घाटन गर्ने
दीपेन्द्र भण्डारी /
टीकापुर । किसान बहुउद्देश्यीय सहकारी संस्था केन्द्रिय कार्यालय लम्कीले जिल्ला स्तरिय खुला निबन्ध प्रतियोगिता को आयोजना गरेको छ ।
आप्mनो २५ औ बार्षिकोत्सव एवं रजत जयन्तीको अवसर पारेर सहकारीले निबन्ध प्रतियोगिता को आयोजना गरेको हो ।
सहकारीले ‘महिला सशक्तिकरणमा सहकारीका भूमीका’ शिर्षकमा १ हजार शब्द नबढाई निबन्ध लेख्न आव्हान गरेको हो ।
कार्तिक १ गते भित्र सहकारी ले उपलब्ध गराएको ईमेलमा निबन्ध पठाई सक्नु पर्ने संस्थाले जारी गरेको सूचनामा उल्लेख छ ।


निबन्ध प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने सहभागीलाई जनही क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्ने संस्थाले जनाएको छ ।
२०५२ साल कार्तिक १७ गते स्थापना भएको सहकारी आगामी कार्तिक १७ गते स्थापनाको २५ वर्ष पुरा गर्न गईरहेको छ । उक्त अवसरमा रजत जयन्ती स्मारिका प्रकाशनको तयारी रहेकोले निबन्ध प्रतियोगितामा पुरस्कृत हुने निबन्धहरु समेत स्मारिकामा प्रकाशन गरिने बताईएको छ ।
सहकारीले मिति २०७६ कार्तिक १७ गते देखि २०७७ कार्तिक १७ गते सम्मको अवधि लाई रजतजयन्ती वर्षको रुपमा मनाएको छ । यस अवधिमा सदस्य तथा समुदाय लक्षित विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको संस्थाले जनाएको छ ।
संस्थाले आगामी कार्तिक १७ गते भव्यरुपमा रजतजयन्ती समारोह सम्पन्न गर्ने योजना बनाए पनि वर्तमान कोभीड १९ को विषम परिस्थितीका कारण सो सम्भव नहुने भएकाले सामान्य रुपमा बार्षिक उत्सव मनाउने संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले जानकारी दिनु भयो ।
बार्षिक उत्सवको शुभसाईत पारेर संस्थाले लम्कीमा स्थापना गरेको माटो परिक्षण प्रयोग शालाको उद्घाटन गर्ने कार्यक्रम रहेको संस्थाका महाप्रबन्धक शाहले जानकारी दिनुभयो । लम्की चुहा नगरपालिकाको लागत साझेदारीमा स्थापित अत्याधुनिक उपकरणहरु जडित किसान सहकारीको लम्की स्थित प्रयोगशालाबाट यस क्षेत्रका किसानहरुले आप्mनो खेतबारीको माटो परिक्षण गराई लाभलिन सक्ने संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले बताउनुभयो ।
‘माटो परिक्षण पश्चात माटोको उर्वराशक्ति बढाउन निशुल्क प्राविधिक सहायता समेत प्रदान गरिने छ ।’ अध्यक्ष शाहले भन्नु भयो– ‘यसबाट यसक्षेत्रको कृषि उत्पादकत्वमा समेत बृद्धिहुने विश्वास लिएका छौं ।’
कैलाली जिल्लाभरी २१ वटा सेवा केन्द्र मार्फत ५६ हजार सदस्यलाई सेवादिदै आएको सहकारीले वित्तिय सेवाका अतिरिक्त, एकिकृत कृषिफर्म एवं कृषक पाठशाला, रासायनीक मलखादको विक्री, उद्यमशिलता प्रवद्र्धन, सदस्य एवं समुदाय लक्षित वित्तिय जागरण, कार्यक्रम, टेयाब्लेट बैकिंग, मोबाईल बैकिंग, एटीएम लगायतका सेवाहरु प्रवाह गर्दै आएको छ ।
यी बिभिन्न कामको थालनी पछि किसान बहुउदेश्यीय सहकारी संस्था प्रति अधिकांश स्थानियहरुको बिश्वास बढेको समेत स्थानिय बासिन्दाहरु बताउदै आएका छन ।

ताजा खबर

सामूहिक बलात्कारको आरोप, ८ जना सार्वजनिक

फोहोर रगत सफा गर्न पिउनुस् यी ५ पेयपदार्थ

आन्दोलनको तयारीमा थरुहट र मधेशी युवा

छोराद्वारा आमाको हत्या आरोप

शुभकामना बिजया दशमीको

Leave a Reply

Your email address will not be published. Required fields are marked *