banner

टीकापुरमा भिजिट टीकापुर रिसोर्ट संचालनमा

शेयेर गर्नुहोस

सुदिप बिक
टीकापुर । सुदुरपश्चिमको कैलाली जिल्ला नमुनाको शहर भनेर चिनिने टीकापुरमा भिजिट टीकापुर रिसोर्ट सँचालनमा आएको छ ।

टीकापुर नगरपालिका वडा न १ स्थित व्यवसायक्षेत्र टीकापुर पार्क जाने बाटोमा नमुनाको शहर र पर्यटकिय क्षेत्र टीकापुरलाई चिनाउनका लागि भिजिट टीकापुर रिसोर्ट संचालनमा ल्याइएको हो ।

रिसोर्टलाई माननीय उद्योग तथा बाणिज्य आपूर्ति मन्त्री लेखराज भट्ट तथा ने.क.पा. केन्द्रिय सदस्य गरिमा शाह र टिकापुर नगरपालिका का मेयर तपेन्द्र रावल तथा अन्य विशिष्ट ब्याक्तित्व हरुको उपस्थिमा कैलाली जिल्लाको पर्यट्किय छेत्र टिकापुरमा अबस्थित भिजिट टिकापुर रिसोर्ट को अबलोकन गरेका थिए ।

नेपाल सरकारका मन्त्री लेखराज भट्टले समेत शनिबार अवलोकन गर्दै नमुनाको शहर टीकापुरलाई थप सुन्दर बनाउन कोरोना संक्रमणको अवस्थामा युवाहरुले नेपालको सँस्कृती झल्कने खालको सँरचना रिसोर्टमा स्थापना गरेको कुरामा खुसी व्यक्त गरे ।

परिवार मैत्रीपूर्ण,बाल मैत्री,सम्पुर्ण उमेर समुहका मानिसहरुलाई मनोरन्जन लिन सक्ने खालको टीकापुर नगरकै नमुनाको रुपमा सँचालन रिसोर्टको संरचनाले युवाहरुमा भएको प्रतिभा,सिर्जनशिलताले राष्ट्रियता झल्काएको छ ।

कोरोना सँक्रमणले गर्दा २०७६ साल चैत महिना बाट लकडाउन सुरु भए पछी खालि समयलाई सदुपयोग गर्ने उदेश्यका साथ केही युवाहरुले सामान्य भेटघाटको क्रम संगै भिटिआर गुरुपले सो रिसोर्ट संचालनमा ल्याएका हुन ।

रिसोर्ट संचालनमा आएको केही दिन मात्रै भएको छ । रिसोर्टमा हाल सम्म बिवाह पार्टि सहित संघ सँस्थाका सेमिनारहरु भैरहेका छन । अरु भन्दा छुट्टै सेवा सुबिधाका साथ संचालनमा आएको रिसोर्ट २५ प्रतिशत निर्माण हुन बाकि रहेको भिटिआर ग्रुपको भनाई छ ।

ताजा खबर

भारतको राजधानी दिल्लीमा एक साता लकडाउन घोषणा

भारतमा एकैदिन थपिए २ लाख ७३ हजार बढी कोरोना संक्रमित

amazed
corona alert
error: Content is protected !!