टीकापुर नगरपालिकाद्वारा ३ कार्यालय उद्घाटन सहित ८ घर हस्तान्त्रण

शेयेर गर्नुहोस

मानबहादुर ठकुल्ला /
टीकापुर ।
टीकापुर नगरपालिकामा शनिबार मात्र दलित वस्तीका ८ घर हस्तान्त्रण र ३ वटा कार्यालयका भवनको उद्घघाटन गरिएको छ ।
टीकापुर नगरपालिकाले वडा नं ७ स्थित कुन्तिटोलमा जनता आवास कार्यक्रम अन्तरगत निर्माण गरिएका दलित का ८ घर सम्बन्धित घरपरिवारलाई हस्तान्तरण गरेको हो ।
यसैगरी टीकापुर नगरपालिका कार्यालय अन्र्तगतका ३ वटा कार्यालयका भवन समेत उद्घघाटन गरिएका छन ।
ञनगरपालिकाका प्रमुख तपेन्द्र बहादुर रावलले टीकापुर नगरपालिका वडा न २ को कार्यालय भवन, वडा न ९ को कार्यालय भवन र टीकापुर नगरपालिका वडा न ७ स्थित शहरी स्वास्थ्य केन्द्रको भवनको छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरि उद्घघाटन गर्नु भएको हो ।
सहरी स्वास्थ्य केन्द्र सत्ती ६३ लाख लागत अनुमान बजेट भएकोमा ४२ लाखमा निर्माण सम्पन्न भएको टीकापुर नगरपालिका कार्यालयका ईन्जिनियर नवीन ओझाले जानकारी दिनु भयो ।
त्यसैगरी वडा नं. ९ को वडा कार्यालयको भवन निर्माणका लागि ८३ लाख लागत अनुमान रहेकोमा ५४ लाखको लागतमा सम्पन्न भएको समेत ईन्जिनियर ओझाले जानकारी दिनु भयो ।
टीकापुर नगरपालिका वडा नं ७ कुन्तिपुरमा अति बिपन्न ८ वटा दलित घरपरिवारलाई नगरपालिकाले जनता आवास कार्यक्रम मार्फत घर निर्माण गरि दिएको मा स्थानियले खुसी ब्यक्त गरेका छन ।
बाढी प्रभावित र अति बिपन्न लाई घर निर्माण गरि नगरपालिका ले सहयोग गरेकोमा लक्ष्मी बिकले धन्यबाद समेत ब्यक्त गरेकि छिन ।
नगरपालिकाले जनता आवास कार्यक्रम अन्तरगत टीकापुर नगरपालिका वडा न ७ कुन्तिपुरमा प्रति घर ६ लाख ६१ हजारमा निर्माण गरि स्थानिय गगन बिक, कर्ण बिक, बिमला सुनार, ईशु सुनार, लाल बहादुर सुनार , सन्तोष सुनार लगायतका ८ घरपरिवारलाई शनिबार घर हस्तान्तरण गरिएको टीकापुर नगरपालिका वडा न ७ का वडाअध्यक्ष रामलाल डगौरा थारुले जानकारी दिनुभयो ।
यसैगरी दलित वस्तीमा ८ घर हस्तान्त्रण गरेपछि स्थानियले नगरपालिकाको प्रशंसा गरेका छन । अधिकांश दलित वस्तीका बासिन्दा ले धन्यबाद समेत दिएका छन ।

ताजा खबर

भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

पुलबाट खोलामा खसेर बस दुर्घटना

कञ्चनपुरमा अढाई लाखभन्दा बढीको अवैध सामान बरामद

कैलालीमा चार जना फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *