धनगढीमा ग्यास विस्फोट हुँदा घाइते भएकी महिलाको मृत्यु

शेयेर गर्नुहोस

धनगढी । धनगढीमा ग्यास सिलिन्डर पड्किँदा गम्भिर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर ८ मा ग्यास विस्फोट हुँदा गम्भीर घाईते भएकी ६५ वर्षीया बिर्मादेवी विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा बिर्मादेवीको काठमाडौंमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा ७० बर्षिय हरिलाल विष्ट, उनकी श्रीमती ६५ बर्षिया बिर्मा विष्ट र नातिनी १५ बर्षिया महेश्वरी विष्ट घाइते भएका थिए । धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार सम्भव नभएपछि तिनैजनालाई काठमाडौंको किर्तिपूर अस्पतालमा लगिएको थियो ।

ताजा खबर

सामूहिक बलात्कारको आरोप, ८ जना सार्वजनिक

फोहोर रगत सफा गर्न पिउनुस् यी ५ पेयपदार्थ

आन्दोलनको तयारीमा थरुहट र मधेशी युवा

छोराद्वारा आमाको हत्या आरोप

शुभकामना बिजया दशमीको

Leave a Reply

Your email address will not be published. Required fields are marked *