banner

धनगढीमा विधुत पोलहरुबाट जोखिम बढ्दै

शेयेर गर्नुहोस

पवन भण्डारी /
धनगढी । विधुत प्राधिकरण धनगढीको बेवास्थाका कारण धनगढी उप–महानगरपालीका भित्रका विद्युत पोलहरु बाट जोखिम बढ्दै गएको छ । उप–महानगरपालीका भित्र रहेका पोलहरु कतिपय ढल्ने अवस्थामा रहेका छन भने ट्रान्समिटरका बाकसहरु खुल्ला र बच्चाले समेत छुन सक्ने अवस्थामा रहेकोले जोखिम बढ्दै गएको हो ।

अब्यवस्थीत लाईन बिस्तारका कारण धनगढी उपमहानगरपालीका कुरुप बन्दै गएको छ । धनगढी बजार क्षेत्र रहेका बिधुुतका पोलहरुमा विद्युत लाईनका तारहरु खुकुलो अवस्थामा रहेका छन भने घरहरु सँग तार टासिएका कारण र्दुघटनाको जोखिम उच्च बढ्दै गएको हो ।

तारमा सामान्य हावाहुरीका बेला आगलागी हुने र चरा बस्दा समेत प्युज जाने गरेको स्थानीय पदम बहादुर रावलको गुनाँसो छ । पिच सडक भित्र राखीएका ट्रान्समिटरले कुनै दिन ठुलो घटना घट्न सक्ने स्थानीय नागरिकहरुको गुनाँसो । तत्काल विद्युत कार्यालयले यसको बैकल्पीक उपाय खोज्न आवश्यक रहेको स्थानीय रबिलाल आर्चायले बताए ।

यस क्षेत्रका विद्युतका समस्या बारे पटक पटक विद्युत कार्यालय लाई जानकारी गराउदा समेत वास्ता नगरेको र यस्तै रहेमा आउदा दिनमा ठुला घटना घट्न सक्ने डर रहेको धनगढी उप महानगरपालीका ३ का अध्यक्ष बल बहादुर ऐरले बताए । तर यता विद्युत कार्यालय कैलालीले भने आफुहरु लाई जानकारी भए सम्म सबै ठाँउमा मर्मत गरिरहेको दाबि गरेको छ ।

कहि कतै मर्मत गर्नु परेमा स्थानीय नागरिकहरुले खबर गरेमा तत्काल मर्मत गर्न आफुहरु तयार रहेको नेपाल विद्युत प्राधिकरण धनगढी बितरण शाखाका प्रमुख सुरेन्द्र चौधरीले बताए ।

विद्युत प्राधिकरणले प्रत्येक बर्ष मर्मतका लागी ७२ लाँख रकम छुट्याको भएपनि मर्मतमा भने करिब ८० प्रतिसत मात्र खर्च हुने गरेको प्राधिकरणले जनाएको छ । तर २० प्रतिशत रकम बाकी रहदा पनि धनगढी उपमहानरपालीका भित्रका विद्युत तारको अवस्था भने खतरापुर्ण रहेको छ ।

ताजा खबर

राष्ट्रिय फुटबलर रेनुका विवाह बन्धनमा

२४ घण्टामा १३०४ संक्रमित थपिए, २१ को मृत्यु

कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *