banner

नाइजेरियामा कोरोनाभाइरसको अर्को नयाँ प्रकार फेला

शेयेर गर्नुहोस

बेलायत र दक्षिण अफ्रिकामा पाइएको प्रकारभन्दा भिन्न

एजेन्सी । नाइजेरियामा कोरोनाभाइरसको अर्को नयाँ प्रकार फेला परेको अफ्रिकाको रोग नियन्त्रण संस्थाका प्रमुखले जनाएका छन् । उनले यसबारे थप अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

दक्षिण अफ्रिका र बेलायतमा सार्स–कोभ–२ को नयाँ प्रकार थप संक्रमक भएको पाइएको पछि यो आविष्कारले महामारी नियन्त्रणमा थप चुनौति थपिएको छ । बेलायत र दक्षिण अफ्रिकामा धेरै देशहरुले यात्रा प्रतिबन्ध लगाइसकेको छ ।

‘बेलायत र दक्षिण अफ्रिकामा भेटिएको भाइरसको प्रकारभन्दा यो फरक छ,’ अफ्रिका सेन्टर फर डिजिड कन्ट्रोल एन्ड प्रिभेन्सन ९अफ्रिका सीडीसी० का प्रमुख जोन एनकेंगगासोङले बिहीबार पत्रकारहरुसँग भने । उनले नाइजेरिया सीडीसी र अफ्रिकन सेन्टर फर एक्सिलेन्स फर जिनोमिक्स अफ इन्फेक्सियस डिजिजले नाइजेरियामा पाइएको भाइरसको नयाँ प्रकारको थप अध्ययन गर्ने जानकारी दिए ।

‘केही भन्नु अहिले नै चाँडो हुनेछ । हामीलाई केही समय दिनुहोस्,’ उनले भने । भाइरसको नयाँ प्रकार गत अगस्त ३ र अक्टोबर ९ मा नाइजेरियाको ओसुन राज्यमा संकलन गरिएको स्याम्पलमा दुई जनामा पाइएको एसोसिएटेड प्रेसले जनाएको छ ।

पी६८१एच नाम दिइएको भाइरसको उक्त नयाँ प्रकारले नाइरजेरियामा संक्रमणलाई तीव्र गतिमा फैलाएको हालसम्म नपाइएको बताइएको छ । यद्यपि, पछिल्लो हप्ता नाइजेरियामा ५२ प्रतिशतले संक्रमण बढेको छ भने दक्षिण अफ्रिकामा ४० प्रतिशतले यो वृद्धि भएको छ ।

ताजा खबर

भारतको राजधानी दिल्लीमा एक साता लकडाउन घोषणा

सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने सरकारको निर्णय

भारतमा एकैदिन थपिए २ लाख ७३ हजार बढी कोरोना संक्रमित

प्राज्ञिक समाजद्वारा पत्रकार चौधरीसहित ४ जना डा. सम्मानित

amazed
corona alert

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!