निषेधाज्ञाको एघारौं दिन: टीकापुरमा बिहानीपख चहलपहल बढ्दो (फोटोफिचर)

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय, टीकापुर । कैलालीको टीकापुरमा निषेधाज्ञाको अवज्ञा गरेको झल्को दिनेगरी चहलपहल बढ्न थालेको छ ।

कोरोनाभाइरसको जोखिम कम गर्न र समुदायस्तरमा फैलिन नदिन गत ५ गते रातिदेखि जारी निषेधाज्ञाको राम्रोसँग कार्यान्वयन हुन सकेको छैन । बिहान ५ बजेदेखि ९ बजेसम्म अत्यावश्यक पसलहरु खोल्ने र अत्यावश्यक कामका लागि मात्र बाहिर आउने भनिएता पनि टीकापुर अत्यावश्यक भन्दा अनावश्यक रुपमा बाहिर निस्कनेहरु बढेको देखिएको छ । बिहान दूध डेरिहरु खोल्न मिल्ने भएपछि सो ठाउँमा चिया खानेको भिडभाड पनि बाक्लै देखिन थालेको छ । दिउँसोको समयमा प्रहरीले निकै कडाई गरेता पनि बिहानको समयमा भने स्वास्थ्य सुरक्षा मापदण्ड एवं माक्स बिनै बजार घुमिरहेका धेरै देखिन्छन् भने अत्यावश्यक भन्दा अन्य पसलहरु पनि खुलिरहेका भेटिन्छन् ।

फेन्सी पसल, कस्मेटिक पसल, होटेल लगायत जिल्ला प्रशासन कार्यालयले तोकेभन्दा बाहिरका व्यवसाय पनि खुल्न थालेका छन् । एकथरी नागरिक यो निषेधाज्ञा निराधार रहेको बताउछन् । उनीहरु बिहान कोरोना नआउने, दिउँसो मात्र आउने भन्ने तरिकाले निषेधाज्ञा जारी गरिएकाले यसको औचित्य नभएको दाबी गर्छन । यता प्रहरी प्रशासन सबैले आफै बुझेको यसको कार्यान्वयन गर्नुपर्ने बताउछ ।

ईलाका प्रशासन कार्यालय टीकापुर प्रमुख शंकर बिष्टले जनताले आफै बुझेर निषेधाज्ञाको पालना गर्नुपर्नेमा त्यो हुन नसकेको महसुस गरेको बताए । उनले बिहानको समयमा बजारमा भिडभाड बाक्लिन थालेको आफुले पनि देखेको बताउदै यसलाई व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा ईलाका प्रहरी कार्यालय टीकापुरलाई सुझाइसकेकोसमेत जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय कैलालीले १४ गतेसम्म जारी गरेको निषेधाज्ञा पुन: १९ गतेसम्मका लागि थप गरेको थियो ।

ताजा खबर

कैलालीमा असई हत्या आशंकामा १३ जना पक्राउ

कैलालीमा असइ मृत फेला, प्रहरी जवान बेपत्ता

कालिका कप नयन तारजालिकाे पाेल्टामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *