नेकपा अब पनि नसच्चिए जनताले कहिल्यै माफ गर्ने छैन्

शेयेर गर्नुहोस

– शंकर भण्डारी / सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाको लामो अन्तर संघर्षपसिछ भाद्र २६ गत अर्थात शुक्रबार स्थायी कमिटि बैठक बस्दैछ । यो बीचमा अनेक उत्तर चढाबका बावजुद बिभाजनको सनिकट पुगेको नेकपा बिभाजन हुनबाट रोकिएर असार १० गते सुरु भएको स्थायी कमिटिको बैठकको निरन्तरता हंदा थोरै भएपनि लाखौ कम्यूनिष्ट कार्यकर्ताहरु खुसी भएका होलान ।

स्थायी कमिटि बैठकबाट पार्टीभित्र देखिएको तमाम समस्याहरुको समाधान नभइसकेपछि पार्टीका महासचिव बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाइएको थियो । साउन ३० गते गठित कार्यदलले पनि पार्टीको समस्यालाई कसरी समाधान गर्ने भनेर १७ पृष्ठको प्रतिवदेन पार्टीका अध्यक्षद्धयलाई भाद्र ५६ गते बुझाइएको सकेको छ ।

यही १७ पृष्ठको सुझाव प्रतिवेदनको सेरोफेरोमा रहेर भाद्र २६ गतेको स्थायी कमिटि बैठकमा पक्कैपनि छलफल हुने नै छ । अबको नेकपाको स्थायी कमिटिको बैठकमा छलफल गरेर निष्र्कषमा पुग्नु पर्ने बिषयका बारेमा पंतिकारले यस आलेखमा चर्चा खोजिएको छ ।

बुंदा नम्बर १

पार्टीलाई विधि,विधान अनुसार चलाउनुपर्ने ः

नेपालको इतिहासको कालखण्डमा नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० आज यति ठूलो पार्टी र बलियो पार्टि भएको पहिलो पटक हो । नेपाल कम्यूनिष्ट पार्टीको दुइतिहाइ नजिको सरकार बनेको पनि यो पहिलो पटक हो । ८ लाख कार्यकता भएको नेपालको अन्य पार्टीहरु भन्दा बढी सदस्य भएको पार्टी पनि यही हो ।

४ जना देशको प्रधानमन्त्री बनीसकेका नेता भएको पार्टी पनि नेकपा मात्रै हो ।नेता नै नेता भएको पार्टी पनि नेकपा नै हो भन्दा फरक नपर्ला । त्याग,तपस्या, र बलिदानी मार्फत क्रान्तिबाट होमिदै आएको पार्टी पनि नेकपालाई मानिन्छ । त्यसले यस्तो पार्टीमा विधिबिहिन, सिदान्तबिहिन, पार्टीको विधानबिहिन ,पार्टीको नीति नियम विपरित हामी कहिले सम्म र कति दिन चल्न सक्छौं रु

अझै प्रष्ट रुपमा भन्ने हो भने व्यात्ति–व्यात्तिको स्वाथउृलाई केन्द्रित गरेर निर्णय गर्न थाल्यौ भने वा व्यात्ति व्यात्ति मात्र मिलेर पार्टीको विधानलाई वास्ता नगरी अगाडी बढ्न थाल्यौ भने कहिलेसम्म नेकपा पार्टी नेपालको ठूलो पार्टि रहन सक्छ रुरु त्यसैले आउदै गरेको स्थायी कमिटिको बैठकमा निर्मम रुपमा छलफल गरी पार्टीलाई विधी,पद्धती र विधान अनुसार नियम,कानुन अनुसार चलाउने प्रतिवद्धताका साथ एकमतले निर्णय गरि अघि बढ्न आवश्यक छ । फेरी पनि चोजोमोजो मिलाएर निर्णय गरियो भने तत्काललाई समस्या टरे पनि फेरी समस्या आइ नै हाल्छ । पार्टीको अनुशान आयोगलाई पूर्णरुपमा स्वातन्त्र रुपमा काम गर्न दिने गरी जसले पार्टीको विधि,विधान,मिच्छ उसलाई अनुशासन आयोगले कारवाहीको दायरामा ल्याउन सक्ने वातावरण बनाउनुपर्दछ ।

बुंदा नम्बर २। मन्त्रिमण्डल हेरफेर

नेपाली जनताले अपार माया गरेर लगभग दुइतिहाइको सरकार बनाइदिए । ७ प्रदेश मध्ये ६ प्रदेशमामा नेकपा कै सरकार बनाए । यती मात्रै होइन,स्थानीय निकायमा बहुमत कायम गराइदिए । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर संयूक्त रुपमा चुनावमा होमिएर जनताबीचमा प्रतिबद्धता गरेका अथवा सांझा घोषणा पत्रमा उल्लेख गरिएका कैयौ बिषय बस्तुहरु आज सम्म कति लागु भए रु कति भएनन रु यसको समिक्षा हुन जरुरी छ । नजताका गुनासाहरु तथा सुझावहरु सरकार चलाउने, व्यत्तिहरुले सुन्नु पर्दछ ।
आज व्यापक रुपमा जनताका गुनासाहरु सुनिन्नु हुन्न । सरकार बनेको लगभग ३ बर्ष हुन थाल्यो । आउदै गरेको स्थायी कमिटिको बैठकमा सरकारको बारेमा,व्यापक,समिक्षा गरेर जनताका बीचमा लोकप्रिय काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयां क्षमतावान र सम्बन्धीत विषयमा विज्ञता भएका व्यक्तिहरुलाई जिम्मेवारी दिनुपर्दछ । त्यसले संघीय मन्त्रिमण्डल पनि हेरफेर गरी व्यापक सुधार गर्न जरुरी देखिन्छ ।
कतिपय ठाउंमा क्षमता नभएका लिडरसिप गर्ने हैसियत नराख्ने मुख्यामन्त्रीहरु पनि हुन । उनीहरु समेत पनि हटाएर प्रदेशको नेतृत्व गर्न सक्ने क्षमतावन व्यत्तिहरुलाई मुख्यमन्त्रीको जिम्मेवारी दिनुपर्छ । कुनै व्यत्ति नेताका नजिक भएको हिसाबमा वा गुट बनाउन सक्रिया भएको कारणले अथवा नेतालाई भ्रष्टचार गरी प्रसा सहयोग गर्ने गरेका कारण नभइ क्षमताका आधारमा मन्त्रीहरु,मुख्यमन्त्रीहरु नियुक्ती गरी नेपाललाई “सुखी नेपाली,सम्बृद्ध नेपाल “ बनाउने अभियानमा लाग्नुपर्छ र सफल हुन सकिन्छ ।

बुंदा नम्बर ३। पार्टीको महाधिवशेन तोकिएकै समयमा गर्नुपर्ने

पार्टी एकता भएको ३ बर्ष पुग्न लाग्दा पनि पार्टी एकताका बांकी कामहरु सम्पन्न हुन सकेको छैन । यसको गंम्भिर समिक्षा गरी अबको १५ दिनभित्र पार्टीका सम्पूर्ण एकताका काम सम्पन्न गर्न अब बस्ने स्थायी कमिटिले टुंगो लगाउनुपर्दछ । निर्णय गर्नु पर्दछ ।

त्यस्तै पार्टी एकता सम्पुर्ण काम गरिसकेपछि सम्पुर्ण सदस्यहरुको पार्टी सदस्यातको विवरण र नविकरणका काम चांडो भन्दा चांडो टुङ्याउनुपर्दछ । पार्टीलाई टोलदेखि, वडा,गाउं नगर ,जिल्ला,प्रदेश र केन्द्रमा समेत एउटा सिस्टममा लागेर कोभिड–१९ को अवस्थालाई मध्येनजर गरेर जनवर्गिय संगठन लगायत सम्ूर्ण तहका अधिवेशनहरु तत्काल गर्न थालिनुपर्दछ ।।

केन्द्रिय कमिटिको बैठकले गरेको निर्णय अनुसार चैतमा नेकपा पार्टीको राष्ट्रिय एकताको महाधिवशेन गर्नु पर्ने छ । पार्टीको महाधिवेशनभन्दा पहिला स्थानीय स्तर देखि प्रदेशसम्मका अधिवेशन गर्न सकिन्छ । बस्दै गरेको स्थायी कमिटिको बैठकले केन्द्रको महाधिवेशनको लागि ठोस,योजना र कार्यक्रमतिर उन्मुख भइ निर्णय गर्नुपर्दछ ।

हैन भने मुखले मात्रै चैतमा महाधिवशेन गर्छु भन्नु व्ययवहारमा नदेखिने फेरी अर्को समस्य थपिन सक्ने तर्फ सचेत हुनु जरुरी छ । हामी लोकतान्त्रिक पार्टी भएकोलेवाड देखि केन्द्रसम्म अधिवेशन गर्दा जहाँ–जहाँ सहमती हुन्छ सहमतीको आधारमा अधिवेशन गर्ने , सहमती हुन नसक्ने ठाउंहरुमा प्रतिष्पर्धात्मक तरिकाले पनि अधिवेशन गर्नुपर्ने देखिन्छ ।

खाली सहमतीको आधारमा मात्रै अधिवेशन गर्ने भनेर रटान राखीरह्यो भने पनि पार्टीमा थप खतरा उत्पन्न हुन समेत भनेका छन । सहमती नभए प्रतिष्पर्धातमक आधारलाई पनि खुल्ला राख्नुपर्ने जरुरी छ ।

बुंदा नम्बर ४। राष्ट्रिय सभामा मनोनित बारे

राष्ट्रिय सभा भनेको स्थायी सभा हो । यसको आफ्नै गरिमा छ,मर्यादा छ । राष्ट्रिय सभामा जाने व्यत्तिहरु विभिन्न बिषयमा बिज्ञ व्यत्तिहरुलाई नियुक्ती दिनुपर्दछ । तर हाल राष्ट्रिय सभालाई चुनावमा हारेका जनताले ५ बर्षसम्म तिमीहरु आराम गर भनेर तिरस्कार गरेका व्यीत्तहरुलाई मनोनित गर्नुले यसले राष्ट्रिय सभाको मर्यादा र शाख गिर्नुको साथै पार्टीप्रति आमजनतामा वितृष्णा आउने खतरा बढेको छ ।

पंतिकारले, यस आलेखमा उल्लेख गर्नु पर्दछ ,किन की वडा सदस्यामा हारेका व्यत्तिलाई पनि राष्ट्रिय सभामा मनोनित गरेर पार्टीले ठूलो भुल गरेको छ । ति त्यस्ता व्यत्तिलाई हारेर पनि सांसद बन्नै पर्ने र पार्टीले बनाउनै पर्ने के बाध्यता आइलाग्यो रुरुरु यस प्रश्नको जवाफ खोजीरहेका छन । जनताले हिसाब किताब गरीरहेकै होलान । यस तर्फ पनि नेतृत्वले गंम्भिर ढंगले सोच्नु जरुरी ठान्दछु ।

यस्तो गलत परम्पराको पार्टीले अहिले नै अन्त नगरे यसले भविष्यामा समेत ठूलो असर पार्ने गलत संस्कार मौलाउने निश्चित देखिन्छ । अर्को कुरा भविष्यमा पनि राष्ट्रिय सभा भनेको हरुवाहरुको भर्ती केन्द्र हुन सक्छ । फेरी पनि राष्ट्रिय सभामा सिटहरु खाली भइ नै राख्छन त्यतिबेला पनि नेताका नातेदार,नेताका व्यवसायी,व्यापारीहरु,नेताका गुटका मान्छेहरुलाई राष्ट्रिय सभामा दिने गरियो भने नेपाली जनताले कसरी मुख्याङ्कन गर्लान त्यसको नेकपाको अबको स्थायी कमिटि बैठकमा गंम्भिर समिक्षा हुनु जरुरी छ र यसबारे पनि ठोस निर्णय गर्नुपर्दछ ।

बुंदा नम्बर ५।कोभिड–१९ ले पारेका प्रभावहरु

विश्व समुदायमा प्रमुख शत्रुका रुपमा आएको कोभिड–१९ ९कोरोना भाइरस०बाट कसरी न्पाली जनतालाई बचाउन सकिन्छ रु के–के तयारीहरु थप गरेर कम क्षति हुन सक्छ रुयसबारे अन्तराष्ट्रिय क्षेत्रका विभिन्न देशहरुले के कस्तो उपाय अपनाएका छन भन्ने बाट पनि पाठ सिक्नु जरुरी छ । यसबारे समेत नेकपाले स्थायी कमिटि बैठकमा व्यापक छलफल गरेर उचित निर्णय गर्न पार्टी र सरकार चुक्नु हुदैन ।

हजारौले जागिर गुमाएको अवस्था छ , सयौको संख्यामा मानिसहरु मरीरहेका छन भने उत्तिकै संख्यामा आत्महत्याका घटनाहरु समेत भइरहेका छन । कति खाना नपाएरै भोग भोकै मर्ने अवस्थामा सडकमा भौतारीरहेको अवस्थामा छन । यस्तो महामारीको बेला पनि जनतालाई सरकार छ भन्ने अनुभुति दिलाउन सकेन भने आम जनताले कहिल्यै माफ गर्ने छैन । कम्यूनिष्ट सरकारलाई ।

उद्योगधन्दा कलकारखाना लगायत अन्य व्यवसायहरु चौपट छन । कति उद्योगधन्दाहरु बन्द हुने अवस्थामा छन भने कति व्यावसायीहरुको त उठीबास लागी सकेको छ । देशको अर्थतन्त्रको अवस्था दयनिय छ अझै के–के हुने भन्ने चिन्ता उत्तिकै छ । यस्तो अवस्थालाई नियन्त्रण गर्नको लागि नेकपाको स्थायी कमिटी बैठक सफल होस भन्ने सुभेच्छा राख्दछु । कमसेकम जनताले नेकपाको दुइतिहाइ बहुमतको सरकार छ यो सरकारले हाम्रो अभिभावकत्व ग्रहन गर्न सक्छ भन्ने विश्वास र महशुस हुनेगरी काम गर्नुको अको विकल्प छदै छैन । त्यसका लागि सरकारले तत्कालै राहतको प्याकेजहरु जनता समक्ष पु¥याउनु पर्दछ । त्यो कोरोना भाइरस नियन्त्रण गर्न सरकारले यी यस्ता कामहरु गरीरहेको र छिट्टै नियन्त्रण हुन्छ । तपाइहरुको पक्षमा सरकार छ भन्ने आभास दिलाउनै पर्छ । होइन भने नेपालमा कोरोनाको महामारी थप भयवह बन्न सक्छ भने नेपालको अर्थतन्त्र झनै संकटग्रस्त अवस्थातिर जाने देखिन्छ ।

लेखकः नेकपा सुदूरपश्चिम प्रदेशका सदस्य एवं चर्चित युवा नेता हुन ।

ताजा खबर

सुदूरपश्चिमका आशिषले ३६ वर्षको कीर्तिमान तोडे

बाजुरामा दुई बालिका कर्णाली नदीमा बेपत्ता

कैलालीमा बोईलर कुखुरासहित एक लाख बढीका सामान बरामद

भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *