banner

योगः कहिले सुरु भयो, कसले विकास गरायो ?

शेयेर गर्नुहोस

काठमाडौं । सभ्यताको सुरुवातदेखि नै योगको सुरुवात भएको भन्ने मान्यता राखिन्छ । योगको विज्ञानको उत्पत्ति जतिबेला धर्मप्रति मान्छेको कम आस्था थियो त्यतिबेला नै योगप्रति मान्छेले विश्वास गर्न सुरु गरिसकेका थिए भन्ने अनुमान कतिपय इतिहासकारहरुको छ ।

शिवलाई योगका आदि गुरु मान्ने गरिएको छ । हजारौं वर्षपहिले हिमालयमा कान्ति शरोबरको तटमा आदि योगीहरूले आफ्नो प्रबुद्ध ज्ञान प्रसिद्ध सप्तऋषिहरुलाई प्रदान गरे । सप्तऋषिहरुले यस ज्ञानलाई एसिया, मध्यपूर्व, उत्तरी अफ्रिका हुँदै दक्षिण अमेरिकासम्म योगलाई फैलाए भन्ने देख्न सकिन्छ ।

चाखलाग्दो कुरा त के छ भने आधुनिक विद्वानहरूले विश्वभरि पुरानो संस्कृतिलाई फैलाउने गरेका छन् । यद्यपि, यही दक्षिण एसियाली भूमिमा नै योगले आफ्नो पूर्णताको विकास ग¥यो । भारतको सिन्धु र सरस्वती उपत्यकामा भेटिएका कैयौं जीवाश्महरुले हजारौं वर्ष पहिले नै योगको विकास भएको थियो भन्ने कुराको संकेत गर्छ ।

लोक परम्पराहरू, सिन्धु घाटी सभ्यता, वैदिक र उपनिषदको विरासत, बौद्ध र जैन परम्परा, दर्शन, महाभारत र रामायण जस्ता महाकाव्य, शैव योग, वैष्णव धर्म जस्ता धार्मिक एवं तांत्रिक परम्परामा समेत योगको उपस्थिति रहेको छ । यसका अलावा त्यहाँ आदि वा शुद्ध योग थियो जुन दक्षिण एसियाको रहस्यमय परम्पराको रुपमा रहेको थियो । प्राचीन कालमा योग उपासनाको एक हिस्सा थियो, त्यसको कतिपय उदाहरण हामी अहिलेसम्म पनि पाउन सक्छौं ।

वैदिक कालमा सूर्यलाई बढी महत्व दिइन्थ्यो । हुन सक्छ यस प्रभावले सूर्य नमस्कारुको अभ्यास आविष्कार भयो । प्राणयम दैनिक संस्कारको एउटा अंश थियो र यो समर्पणको लागि गरिएको थियो । यद्यपि योग पूर्व–वैदिक कालमा अभ्यास गरिएको थियो भन्नेमा धेरै प्रमाणहरु भेटिन्छ । महान् सन्त महर्षि पतञ्जलिले योगका अभ्यासहरू, यसको उद्देश्य र ज्ञानको बारेमा योग सूत्रमा समाहित गरे । पतञ्जलि पछि धेरै ऋषि र योगीहरूले योगको संरक्षण र विकासमा अभ्यास र साहित्यको माध्यमबाट ठूलो योगदान दिए ।

योगको उपस्थितिबारे ऐतिहासिक प्रमाण पूर्व वैदिक काल ९२७०० ईसापूर्व० मा देखिएको छ । त्यसपछि पतञ्जलिको अवधिसम्म योग र अभ्यास सम्बन्धी प्रमाणहरू विभिन्न स्रोतहरुमा पाइन्छ । यी स्रोतहरु जस्तै वेद, उपनिषद्, महाकाव्य, पुराण आदि योगको बारेमा उल्लेख गर्ने स्रोतहरु हुन् ।

५०० ईसापूर्व देखि ८०० इसापूर्व बीचको अवधि उत्तम अवधि मानिन्छ । जुन योगको विकासको सबैभन्दा उर्वर र महत्वपूर्ण अवधि हो भन्ने धेरैको विश्वास छ । यस अवधिमा, योग सूत्रहरू र भागवद्गीता, विभिन्न योग टिप्पणीहरू अस्तित्वमा आए । यो अवधि मुख्यतया धार्मिक प्रचारकहरू महावीर र नेपालमा जन्मिएका भगवान् बुद्धको समय पनि हो । महावीरले पाँच ठूला व्रतहरू ९पञ्च महाव्रतहरू० र बुद्धले आठ मार्गको अवधारणामार्फत् पनि योगको विकास गर्न खोजेको देखिन्छ ।

त्यस्तै, हामी श्रीमद्भगवद् गीतामा यसको स्पष्ट विवरण पाउन सकिन्छ । जसले ज्ञान योग, भक्ति योग र कर्मयोगको अवधारणामा विस्तृत वर्णन गर्दछ । यी तीन प्रकारका योगहरू आज पनि मानव बौद्धिकताको उत्कृष्ट उदाहरण हुन् । मानिसहरूले अझै पनि गीतामा प्रदर्शन गरिएका विधिहरू अनुशरण गरेर शान्ति खोज्छन् । पतञ्जलिका योग सूत्रहरूमा न केवल योगका विभिन्न अंशहरू छन् यो मुख्यतया आठ मार्गहरू द्वारा परिचित छ ।

व्यासले योग सूत्रहरूमा पनि एउटा महत्वपूर्ण टिप्पणी लेखेका थिए । यस अवधिमा, दिमागलाई महत्व दिइयो र यो योग अभ्यासमार्फत स्पष्ट रूपमा वर्णन गरिएको थियो कि दुवै दिमाग र शरीर सद्भाव अनुभव गर्नको लागि नियन्त्रण गर्न सकिन्छ । यसरी योगको विकास इसाको सुरुवात हुनुभन्दा पहिलेदेखि नै भएको थियो भन्न सकिन्छ ।

amazed
error: Content is protected !!