साडा सुदूरपश्चिमको समिति गठन, अध्यक्षमा ओझा

शेयेर गर्नुहोस

अत्तरिया । सुदूरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन (साडा) को समिति गठन भएको छ। समितिको अध्यक्षमा उद्योग वाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा चयन भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा साहनवाज आलम, परशुराम चपाइ, गौरब अग्रवाल गरी तीन जना चयन भएका छन्। भने, महासचिवमा श्याम जोशी, सचिवमा प्रदिप जोशी, कोषाध्यक्षमा अभियान खड्का चयन भएका छन् ।

यस्तै सदस्यमा मसकुर अहमद, श्याम ओझा, प्रेम साउद, राजीव हमाल, महेन्द्र सिंह, समुन्द्र भण्डारी र भुवन भट्ट चयन भएका छन् ।

सल्लाहकार सदस्यमा नविन जोशी, राजेश भण्डारी र राकेश कर्माचार्यलाई चयन गरिएको नव निर्वाचित अध्यक्ष पुष्कर ओझाले जानकारी दिए। नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को छाता संगठनको रूपमा साडा गठन गरिएको उनले बताए ।

ताजा खबर

कर्णालीबाट हाम फालेर बेपत्ता भएका शाहीको तीनपछि शव भेटियो

नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि !

हाम्रो फेसबुक