सामन्ती राज्यसत्ता जन्मजात रोग होईन यो त कुसंस्कार शैली हो

शेयेर गर्नुहोस

भरत वहादुर बिष्ट ।
राज्यको तल्लो तहदेखि उच्च तह सम्म पुग्नेहरु आलोपालो वल्ला घरे पल्ला घर सरे,सक्नेले सकेजती, भएनभएको भएभरको गर्नुनगर्नु गरे , नदेखाउने देखाए, देखाउने लुकाए अनैतिक अत्याचार पालैपालो गरि भ्रष्ट,विध्वंस,मच्चाए, हत्याहिंसा,अशान्ति, दण्डहीनता,अभाव र गरिबीको चपेटामा देशलाई ठूलो पुर्‍याए । पन्चायत कालमा पनि राजाका सुसारे भजन मण्डलले यिनै भित्रका भ्रष्ट गुलाम दलाल नै हर्ताकर्ता थिए । राजा भनेको दरबार बस्ने गुफामा बस्ने सिंह भन्दै जनता र राजा बिचको पर्खाल बनिदिए । राजाले जनताको पिरमर्का बुझ्न् सम्म दिएनन् । राजालाई जनताले आफूले गरेका कुकर्म भनिदिए पछी आफ्नो रोटी पाक्ने चुल्हो निभ्न सक्छ भन्ने सोचाइ त्यतिबेलाका सुसारेको मनमा पाप बोकेका हुन्थे ।

सुसारे,हुक्के चिलिमे झोले धाइ,धोबी, कमारो चाकरी नक्कली सल्लाहकार,अंगरक्षक, चप्लुसी अन्धाभक्तको रुपमा,दरबार छिर्ने सुटुक्क बाहिरको कुरा भित्री भन्ने भित्रको कुरा अवस्था हेरि टोडमोड गरेर राजाको हुकुम देश बासी हो, यस्तो भनी बक्सिबक्सनु भएको कुरा जानकारी गराउँदै छौं । नेपाल पशुपतिनाथले हामी सबैको कल्याण गरुन् जय नेपाल । राजा र प्रजाको अन्तर यति धेरै टाढा थियोे,भनी लेखी साध्य छैन । पुरै सामन्ती संस्कारको पालना उल्टै राजा तथा राज परिवारले कडा रुपमा त्यसको पालना गर्नुपर्ने बाध्यता थियोे,सुखै नदिने नत्र राजतन्त्रको मानमर्दन हुन्छ भन्ने राज मत दरबारका भारदाजहरुको ठहर हुन्थ्यो । राजालाई जनताले भेट्न पाउने त कुरै भएन । उच्चपदस्थ मानिसले समय मागेर शिर झुक्याएर शरीर निहुँर्‍याएर, राजाको पाउ छुनुपर्ने यो संस्कार पनि राजालाई कमजोर बनाउने सुसारेहरुको मिलोमतो जालझेल थियोे । राजा पनि मानिस होइनन् र ? किन त्यति धेरै सम्मान दिनुपर्ने व्यवस्था बनाएका होलान् ? यो सामन्ती प्रथा कुनै राजाको रुचि इच्छा आकांक्षा हुँदै होईन । बिल्कुल गुलाम सुसारे अन्धभक्तको कुटिल चाल नियोजित ठूलो षड्यन्त्र थियोे । राजाको नाममा देशलाई बर्बाद बनाउने जनतालाई चिढाउने मनस्थितिमा यस्तो माहोल त्यतिबेला निर्माण गरेको देखिन्छ ।

तर मानिस यस्तो प्रा‍णी हो, उसलाई अरूले सम्मान गरिदिदा के के न भएकी क्याहो भन्ने घमण्ड दम्भ अहंकार उन्माद चड्नुलाई अहिलेको युगमा पनि पनि अन्यथा नहोला । जस्तो उदाहरणका लागि वर्तमान राष्ट्रपतिका सुसारेलाई हेर्न सकिन्छ । हरेक वर्ष लक्जरियल गाडीहरू फेर्नू,राष्ट्रपतिको लागि हेलिकप्टर खरिद गर्ने, हेलिकप्टरबाट सभा समारोहमा सवार गर्ने गरिन्छ । वर्षेनी करोडौं रुपैयाँ खर्च गरेर राष्ट्रपति भवनको रंगरोगन,हरेक वर्ष करोडौंको कार्पेट फेर्ने काम त्यहाँका कर्मचारी, सल्लाह, सचिवालय, सचिब,सुसारे, दलाली, गुलामी गर्नेले गरिरहेका हुन्छन् । त्यो गर्नुभन्दा पहिला राष्ट्रपतिलाई सोधपुछ हुन्छ वा हुँदै ? जहाँ सम्म त्यस्तो देखाएर कर्मचारी सुसारेको मिलोमतोमा हुन्छ, जस्तो लाग्छ । राष्ट्रपतिलाई नेपालको संविधानले आलंकारिक पदमा सीमित गरिदिएको छ । भन्ने हो भने उक्त पद संवैधानिक हो,तर कुनैपनि कार्यकारी अधिकार दिएको छैन, तर चाकरी गुलामी सुसारे धोबी धाइले गरेको क्रियाकलापले राजा, राजसंस्थाको भन्दा कम्ती भद्दा सामन्ती खालको छैन,कुनै कार्यकारी पद भन्दा कम्ती छैन । राष्ट्रपतिले कहिल्यै यस्तो नगर भनेको तपाईले सुन्नु भएको छ ? छैन,सुनिदैन । मलाई हेलिकप्टर किन चाहियो,त्यत्रा,यात्रा सल्लाहकार किन चाहिए । उता जनता गरिब छन्, अशिक्षित छन् ,भोकमरीले मरिरहेका छन् ,बेरोजगार छन्,जसको कारण आफ्नो देश छोडेर लाखौं युवा विदेशिन बाध्य छन् , तिनीहरुको जीवन परिवर्तनको लागि बरु खर्च गरौँ न भनेर हाम्रो राष्ट्रपतिले कहिल्यै भन्न सक्नु भएन ।

राजा त सामन्ती भए रे,अहिलेका राष्ट्रपति अनि प्रधानमन्त्री किन यति धेरै मान सम्मानका भोका भए त ? भोग विलासमा रमाउने जनताप्रति उत्तरदायी नहुने खाली सरकारको उत्तराधिकारी हौ भन्दै जनताको नाममा असीमित सेवा सुबिधा किन लिएका होलान् ? भन्ने प्रश्न उठाउनु स्वभाविक नै हो । जनताबाट चुनिए मात्रै सबै दोष जनताको थाप्लोमा थुपर्नु पनि भएन । हामीलाई जनताले जिताएर पठाएका हुन हामी जनप्रतिनिधि हौ, नियम, कानुन, विरोध, मुद्दा अनि मामला केही लाग्दैन भन्नू सोच्नु कुनै सामन्ती संस्कार अधिनायकवादी राज्यसत्ता भन्दा कम छैन । त्यसैअनुरूप अनैतिक भद्दा नैतिकता हीन गैरराजनीतिक चरीत्र प्रदर्सन गर्नु चाहिँ त्यति उपयुक्त होला जस्तो लाग्दैन ।

सामन्ती भन्ने तत्त्व ऊसँगको, उसको मान्दै कुसंस्कार अपनाउँदै आएको संस्कार हो,उसको लागि होईन । जो झट्ट हेर्दा सुन्दा हाम्रो चलनचल्ती को भन्दा भिन्दै चालचलन अपाच्य गुण भएको रंगढंग कुनै न कुनै हिसाबले अर्कालाई हेपेको चेपेको आफूलाई माथिल्लो श्रेणीमा दर्ज गर्न थालेको उक्त मनसायबाट अभिप्रेरित भएको भन्ने बुझिन्छ । सबैलाई राजा हुने चाहना पलाएको राजामा हुने गुण नभएको सुसारेको इसारामा देश सरकार हाक्न खोज्दा बिचमा विभिन्न बाधा अबरोध आउन खोजेको । मान सम्मानले कहिल्यै नाघाउने नै अहंकारी भोको सामन्ती संस्कारको छ भने, चाहे जुन वर्ण धर्म जातको मानिस किन नहोस् ऊ सामन्ती कहलाउछ । के राजा नभएका देशमा पनि निरंकुश सामन्ती अधिनायकवादी ब्याक्तिवादी प्रवृत्ति छैनन् र ? अर्थात राजा भएकै देशहरूमा पनि सामन्ती प्रवृत्ति देखिदैन त ?

हाम्रो भनाइ सोचाइ बुझाइ राजसंस्था र राजा नै यो देशको मुख्य शत्रु सामन्ती संस्कारको जड हो । यसको अन्त्य नै सबैखाले उत्पिडन,जातीय विभेद,वर्गीय, क्षेत्रीय,अशिक्षा गरिबी, अपराध, हत्याहिंसा, बलात्कार,चोरी ? डकैती,तस्करी नहोला । सुशासन कानुनी राज्यको स्थापना, स्वतन्त्रता समतामूलक समाजको निर्माण होला भन्ने सोचाइ थियोे । तर अहिले आएर बल्ल बुझियो मुख्य शत्रु अरूकुनै रहेनछ । भ्रष्ट सुसारे जो राजाका दरबारको ढोकामा पाले भएर राजालाई नै भ्रममा पारेर आफ्नो रोटी सेकेर खान्थे तिनैको मिलिभगत आफूलाई स्वघोषित राजा ठान्ने भ्रष्ट मानसिकता नै मुख्य शत्रु रहेछ । यहाँ लेख्न खोजेको राजसंस्था शतप्रतिशत ठीक थियोे भन्ने अभिप्राय होईन । नामै नलेखेर,हरेक काल खण्डमा जनताले खाना नखाए सम्म आफू खाना नखाने राजा पनि नेपालमै थिए । मानवतावादी, शान्तिवादी,जन प्रिय देशभक्त, देशलाई आफ्नो घर सम्झने, जनतालाई आफ्नो परिवार सम्झने, देखि बाहिरी देशबाट आफ्नो देशको स्वतन्त्र सम्प्रभुता बचाएर राखे । कोहि नोकरशाही निरंकुश पनि थिए होलान् ।

आज आम जनताको स्पष्ट भनाइ के हो भने हिजो सबैखाले उत्पीडनको मुख्य बाधक राजसंस्था साविकको राज्य प्रणाली त्यतिबेलाका संविधान कानुन थिए, भने परिवर्तन राज्यव्यवस्था नयाँ संविधान,मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ । त्यस अनुसार निर्वाचित संघ,प्रदेश र स्थानीय तह गरि ३÷३ सरकार छ्न । नेपालमा गणतन्त्र आएको पनि १४ वर्ष बितिसक्यो । सारमा न छाट देखिन्छ न शुभसंकेत नै भेट्टिन्छ । अहिलेसम्म किन जनताले अनुभूति हुने गरि सुशासनको प्रत्याभूति पाएनन् ? भन्ने गम्भीर प्रश्न हो । हिजो एक राजा थिए, आज हजारौं राजा हौं,भनी जुरमुराउनु यो लोकतान्त्रिक परिपाटीमा यो हर्कत कदापि सुहाउँदैन । देशमा नकारात्मक कुरामात्र देख्न सुन्न पाइन्छ । सकारात्मक सहि पारदर्शी सत्यतथ्य यथार्थ,भरोसा सान्त्वना अभिभावकीय भूमि देख्न सुन्न अनुभूति गर्न पाएका छैनौं ।

राजाबाट प्रताडित जनता होइनन् ,खान नपाएका भ्रष्ट भोका नाङ्गा कथित राजनैतिक दल, त्यस भित्रका मानव रुप धारण गरेका तर भ्रष्ट दलाल दानवीय गुण भएका मानिसको अनुहार। मात्रै मिल्ने दम्भ र अहंकारीहरुको बथान मात्रै हुन । आम नेपाली नागरिकहरू हिजो जुन दुख कष्ट समस्या थिए आज पनि त्यो भन्दा बढी दुख अभाव अन्याय असमानता दिनप्रतिदिन कष्टकर जीउँन बाध्य छन् । जनता प्रतिनिधि आफूलाई रोजगारी पाएको जस्तो गर्छन् । पार्टीहरु तिनीहरु बाट लेबी उठाउने निर्देशन दिने ह्विप जारी गर्ने रबर स्टम्पको रुपमा प्रयोग गर्ने गरेको मात्रै छन् । वास्तविक विधेयकले संविधानको मर्म अनुसारको जिम्मेवारी आवश्यक कानुनको निर्माणमा दक्षता देखाउन नसकेको छनक राम्रोसँग मिल्छ ।
–धन्यवाद
(लेखकः टीकापुर नगरपालिका वडा नं. १ का वासिन्दा हुन ।

ताजा खबर

सामूहिक बलात्कारको आरोप, ८ जना सार्वजनिक

फोहोर रगत सफा गर्न पिउनुस् यी ५ पेयपदार्थ

आन्दोलनको तयारीमा थरुहट र मधेशी युवा

छोराद्वारा आमाको हत्या आरोप

शुभकामना बिजया दशमीको

Leave a Reply

Your email address will not be published. Required fields are marked *