गरिब मुलुकले अझै एक वर्ष खोप नपाउने खतरा

शेयेर गर्नुहोस

१४ प्रतिशत जनसंख्याले खोपका ५३ प्रतिशत डोज खरिद गरिसके
एजेन्सी । जर्मन कम्पनी बायोनटेकले अमेरिकी औषधी निर्माता फाइजरसँगको सहकार्यमा तयार गरेको खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ । र, ब्रिटिसहरुले खोपको पहिलो डोज पनि लिइसकेका छन् । यो खोपले ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । मोडर्ना कम्पनीले तयार गरेको खोपले पनि तेस्रो चरणको परीक्षण सम्पन्न गरिसकेको छ र नतिजा ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । यस खोपले पनि प्रयोगको अनुमति मागिसकेको छ ।

तर, यी दुबै खोपलाई लिएर तेस्रो विश्वमा जुन उत्साह देखिएको छ । त्यो अपेक्षा पूरा नहुने लगभग तय छ । यसका दुई कारण छन् – पहिलो मोडर्ना खोपको झन्डै १ सय प्रतिशत र फाइजरको ९६ प्रतिशत डोज धनी देशहरुले किन्ने सम्झौता भइसकेको छ । त्यसैले तेस्रो विश्वले यी खोपका लागि अर्को एक वर्ष कुर्नुपर्ने हुनसक्छ । अर्को, अति चिसोमा भण्डारण गर्नुपर्ने भएकाले तेस्रो विश्व र विशेषगरी अफ्रिकामा यसको वितरण सहज हुनेछैन । यद्यपी, अमेरिका र युरोपको आवश्यकतालाई भने यसले पुर्ती गर्नेछ । प्रयोगका लागि स्वीकृति पाइसकेको अर्को भ्याक्सिन स्पुतनिक पाँचौ हो ।

गत अगस्टमै यसले रुस सरकारबाट स्वीकृति पाएको थियो, जतिबेला तेस्रो चरणको परीक्षण नै भएको थिएन । तेस्रो चरणको परीक्षण अन्ततः सम्पन्न भएको छ र यो खोप ९२ प्रतिशत प्रभावकारी रहेको रुसको दाबी छ । भर्खरै रुसले आफ्नो ठूलो जनसंख्यामा यो खोप लगाउन थालेको छ । रुसले विभिन्न देशहरुसँग यस भ्याक्सिन उपलब्ध गराउने सम्झौता गरिसकेको छ । तर, रुसमा ठूलो संख्यामा संक्रमितहरु रहेका कारण आफ्नै जनसंख्यालाई पुग्ने खोप उत्पादन गर्न उसलाई धौ–धौ परिरहेको छ । त्यसैले सम्झौता बमोजिम उसले समयमै भ्याक्सिनका डोजहरु अन्य देशलाई उपलब्ध गराउनु चुनौतीपूर्ण छ । सम्झौता नगरेका देशहरुले खोप पाउनका लागि अझै कति धेरै प्रतिक्षा गर्नुपर्ने भन्ने स्पष्ट छैन ।

ताजा खबर

भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

पुलबाट खोलामा खसेर बस दुर्घटना

कञ्चनपुरमा अढाई लाखभन्दा बढीको अवैध सामान बरामद

कैलालीमा चार जना फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *