जनशक्ति सामुदायिक बनको ११ औं वार्षिक साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस

सुदिप बिक ।
टीकापुर । कैलालीको जनशक्ति सामुदायिक बन उपभोक्ता समुह टीकापुर २ राजिपुरको ११ औं बार्षिक साधारणसभा शनिबार टीकापुरमा सम्पन्न भएको छ ।

बनका अध्यक्ष दिर्घ तिरुवाको अध्यक्षतामा भएको कार्यक्रममा बन महासँघ टीकापुरका नगर अध्यक्ष श्याम खत्रीले बनको सँरक्षणका लागि कडा मेहनत गरेकाले २५ हजार रुपैया बाट सुरु भएको आम्दानी हाल १ करोड पुगेको कुरामा खुसि व्यक्त गरे ।

८ जना कर्मचारी बाट सुरु भएको सामुदायिक बनमा हाल २० जना कर्मचारीहरु रहेको बताउदै बनले उपभोक्ता हरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग भैरहेको बताए ।

बनका अध्यक्ष तिरुवाले प्रगति प्रतिवेदन प्रस्तृत गर्दै आगामि दिनमा केही बेरोजगार युवाहरुलाई रोजगारी दिई बनलाई टीकापुरकै पर्यटकिय बनको रुपमा बिकास गरिने बताए ।

बनले बनका सँरक्षक स्व. शेर बहादुर बिकको परिवारलाई ११ हजार काजकृया खर्च दिनुका साथै श्रिमतीलाई बाचुञ्जेल बन बाट प्रवाह हुने सेवामा निशुल्क गरिने घोषणा समेत सभामा बनका अध्यक्ष तिरुवाले गरे ।

बनका कोषाध्यक्ष पुर्ण बहादुर रावलले आ.व. २०७६÷०७७ को ३० लाख बराबरको आय व्याय सहित आगामि आ.व.को ४४ लाख बराबरको अनुमानित आय व्याय विवरण प्रस्तृत गरेका थिए ।

बनकि सचिव मँञ्जु चौधरीले सँचालन गरेको कार्यक्रममा उपाध्यक्ष निमा थारुले स्वागत गरेकि थिईन ।

ताजा खबर

नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि !

हाम्रो फेसबुक