टीकापुरमा मानव अधिकार तथा शान्ति समाजको गोष्ठी सम्पन्न

शेयेर गर्नुहोस

सुदिप बिक ।

टीकापुर । मानव अधिकार तथा शान्ति समाज कैलाली जिल्ला शाखाको साधारण सभा तथा असबैधानिक एवं अलोकतान्त्रीक प्रतिनिधि सभा विधटन तथा प्रतिगमनको बिरुद्ध गरिएको शिलशिला गोष्ठी बिहिवार टीकापुरमा सम्पन्न भएको छ ।
मानव अधिकार तथा शान्ति समाजका केैलाली जिल्ला अध्यक्ष भक्त बहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी रहेकी प्रदेश सभा सदस्य उमा देबी बादीले असबैधानिक रुपमा प्रतिनिधी सभा बिघटन भएको भन्दै लोकतन्त्र बादिहरुले असबैधानिक कदमका बिरुद्व एकजुट भएर संघर्ष गरिरहेको बताईन ।
लोकतन्त्र बचाउनका लागि नेपाली काँग्रेसले कडा संघर्ष गरिरहेकाले असबैधानिक कदमको बिषयमा अदालतको निर्णय हेरि रहेको साँसद बादीले बताईन ।
मानव अधिकार तथा शान्ति समाजका सँस्थापक अध्यक्ष कृष्ण पहाडीले प्रधानमन्त्री केपि शर्मा ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरि संसद बिघटन गरेर संबिधान च्यात्ने पहिलो कदम गरेको बताए । ।
उनले भने लोकतन्त्र भनेको जति अभ्यास गर्याे तेति बलियो हुन्छ । मालिक सन्किदा महाराज हरुले सहि छ भनी सहमति जनाए जस्तो केपि समुहका कार्यकर्ता हरुले गरिरहेको छ र कोरोनाको नाममा कात्रोमा पनि सरकारमा रहेकाहरुले कमिसन खाएको उनले बताए ।
त्यस्तै जानकी गाउपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरीले एकातिर देशलाई अग्रगमन तिर लिदै गर्दा समग्र देश र अर्काे तीर टीकापुर अत्यन्त घाईते अवस्थामा रहेको भन्दै ३४ हजार मतको कदर हुने काम सरकारले गरेकाले टीकापुरको बिकास र शान्तिका लागी असबैधानिक कदमका बिरुद्ध सबैले हातेमालो आवश्यक रहेको बताए ।
समाजका उपाध्यक्ष मोहन उपाध्यायले स्वागत गरेको कार्यक्रममा बरिष्ठ साहित्यकार अर्जुन पराजुली,केन्द्रीय वरिष्ठ उपसभापति गोबिन्द खनाल, केन्द्रीय उपाध्यक्ष सुशील बस्नेत,नेपाली काँगेस कैलालीका क्षेत्रिय सभापती भुवनेश्वर अधिकारी लगायतले धारणा राखेका थिए ।
भने कार्यक्रमको सँचालन सह सचिव हर्क देबकोटाले गरेका थिए ।

ताजा खबर

पुलबाट खोलामा खसेर बस दुर्घटना

कञ्चनपुरमा अढाई लाखभन्दा बढीको अवैध सामान बरामद

कैलालीमा चार जना फरार प्रतिवादी पक्राउ

कैलालीमा भन्सार छलीका सामान बरामद

amazed