पाण्डेय परिवार जागरण एकता समाजको दोस्रो साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस

लक्ष्मी प्रसाद पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिती निर्वाचित
छबिलाल जैसी
टीकापुर । कैलालीको टीकापुर स्थित पाण्डेय परिवार जागरण एकता समाजको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजको साधारणसभाले आगामी २ वर्षका लागि नयाँ कार्यसमिती समेत निर्वाचित गरेको छ ।


निवर्तमान अध्यक्ष लक्ष्मी प्रसाद पाण्डेयको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती निर्विरोध निर्वाचित भएको छ । समितीको उपाध्यक्षमा जैसरा शर्मा पाण्डेय, सचिवमा दिपक प्रसाद पाण्डेय, कोषाध्यक्षमा गंगा पाण्डेय र सहसचिवमा मायाराम पाण्डेय निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा उत्तमप्रसाद पाण्डेय, तुलाराम पाण्डेय, भानु पाण्डेय, हिरालाल पाण्डेय, दुर्गा पाण्डेय र कविता पाण्डेय निर्विरोध निर्वाचित भएका निर्वाचन कमिटी संयोजक छबिलाल जैशीले जानकारी दिनुभयो ।


समाजका अध्यक्ष लक्ष्मी प्रसाद पाण्डेयको सभापतित्वमा भएको साधारणसभाको उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. रण बहादुर रावल प्रमुख अतिथि रहनुभएको थियो भने टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा संवोधन गर्दै प्रमुख अतिथि रावलले आफ्नो पहिचान, संस्कार र सँस्कृतिलाई जगेर्ना गर्दै अगाडि बढ्नको लागि एकताको आवश्यकता पर्नेमा जोड दिनुभयो । प्रमुख अतिथि रावलले कार्यक्रमकै अवसरमा दैलेखी समाजको सदस्यता समेत लिने घोषणा गर्नुभएको छ ।


उपाध्यक्ष जैसरा शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव दिपक पाण्डेयले गर्नुभएको थियो । कार्यक्रममा भैरव रावल, दयाराम सञ्ज्याल, कमला केसी, जयदेव पाण्डेय, यज्ञप्रसाद न्यौपाने, टीकाराम जोशी, भक्तिराम कोइराला, झपट रावल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

साधारणले सभाले अध्यक्ष, सचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनहरु समेत पारीत गरको छ । कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार देविलाल पाण्डेयले संस्थाका गतिविधि र भावि योजनाका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा सफल पाण्डेय परिवारका थुप्रै व्यक्तित्वहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

ताजा खबर

कर्णालीबाट हाम फालेर बेपत्ता भएका शाहीको तीनपछि शव भेटियो

नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

amazed

छुटाउनु भयो कि !

हाम्रो फेसबुक