पूर्व गृहमन्त्री नैन बहादुर स्वाँरको निधन

शेयेर गर्नुहोस

टीकापुर । पूर्व गृहमन्त्री नैन बहादुर स्वाँरको निधन भएको छ।
स्वाँरको ९३ वर्षको उमेरमा बिहीबार काठमाडौंमा निधन भएको हो।

२०३८ सालमा सूर्यबहादुर थापाको नेतृत्वमा श्वाँर गृहमन्त्री रहेका थिए ।

वि.स. १९८४ सालमा अछाम जिल्लाको रिडिकोटमा जन्मिएका स्वाँर २०३७ सालमा कानुन तथा न्यायमन्त्री थिए भने २०३८ असारमा गृहमन्त्री भएका थिए ।

उनी २०२४, २०२९, २०३६ र २०३८ सालमा गरी ४ पटक राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए।

यस्तै २०२५ असोजमा भूमिसुधार राज्यमन्त्री नियुक्त भएका स्वाँर २०३० साउनदेखि २०३२ मंसिरसम्म राष्ट्रिय पञ्चायतको अध्यक्ष समेत थिए।

२०४६ सालपछि केही वर्ष सक्रिय राप्रपाको सक्रिय राजनिति समेत उनले गरेका थिए भने उनलाई कैलालीमा समेत धेरैले चिनेका थिए ।

ताजा खबर

धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

अपरेसनपछि माया मेट्रोमा मृत्यु भएकी धामीको शव बुझे आफन्तले

सुखडमा ८ सय ५५ लिटर घरेलु मदिरा नष्ट

कैलालीमा टेलरले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

amazed