प्रधानमन्त्री कपः कर्णाली विरुद्ध प्रदेश १ को शानदार जित, आर्मी सेमिफाइनलमा

शेयेर गर्नुहोस

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश १ ले जित निकालेको छ । शुक्रबार भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले हराएको हो ।

प्रदेश १ ले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको कर्णालीले ३५ ओभरमा सबै विकेट गुमाएर हुँदै १ सय ५६ रन मात्रै बनाउन सक्यो। उसका लागि विपिन रावलले सर्वाधिक ४७ रन बनाए पनि टिमलाई हारबाट जोगाउन सकेनन्।

यस्तै, निश्चल रावलले ३१, कप्तान रविन्द्रजंग शाहीले १८, दिवन पुन १४ र दिनेश अधिकारी ११ रनको योगदान दिए। प्रदेश १ का मिनास थापाले घातक बलिङ गरे। उनले १० ओभरमा २६ रन खर्चिएर ५ विकेट लिए। यस्तै, दिपेश कँडेलले ३, मनोज तामाङले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो। उसका लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ६६ रन बनाए।

यस्तै शुभशंकर उराले ३६, मिनास थापाले २५, सर्वन यादव र फिर्दोस अन्सारीले १७–१७ तथा राजन मगरले १० रनको योगदान दिए। कर्णालीका रविन्द्र शाहीले ३ विकेट लिए। यस्तै दिनेश अधिकारी र अनुज चुनाराले २–२ विकेट लिँदा दिवन पुन र राज शाहको नाममा एक–एक विकेट रह्यो।

प्रदेश एक ४ खेलमा ३ मा हार र १ मा जित सहित पुछारमा रहँदै समूह ‘ए’ बाट बाहिरिएको छ। कर्णालीले आफ्नो अन्तिम खेलमा माघ १० मा एपिएफसँग खेल्ने छ।

ताजा खबर

धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

सुखडमा ८ सय ५५ लिटर घरेलु मदिरा नष्ट

कैलालीमा टेलरले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *