भारतमा एकैदिन ९३ हजार जनामा कोरोना संक्रमण पुष्टि

शेयेर गर्नुहोस

एजेन्सी । भारतमा अहिले सम्मकै सबै भन्दा बढी ९३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय संञ्चार माध्यमहरुका अनुसार पछिल्लो पटक ९२ हजार ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतमा साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यस अघि १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि लगातार दुई दिन पाँच सयभन्दा बढी पुगेको छ । यस अघि गत शुक्रबार ७१३ जनाको ज्यान गएको थियो ।

भारतमा हाल सम्म १ करोड २४ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोनाबाट सबै भन्दा धेरै महाराष्ट्र, पन्जाब, दिल्ली, मध्यप्रदेश, गुजरात र राजस्थान राज्य प्रभावित भएका छन् ।

ताजा खबर

भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

पुलबाट खोलामा खसेर बस दुर्घटना

कञ्चनपुरमा अढाई लाखभन्दा बढीको अवैध सामान बरामद

कैलालीमा चार जना फरार प्रतिवादी पक्राउ

amazed