वडादशै सावधानीपुर्वक मनाऔं

शेयेर गर्नुहोस

असत्यमाथि सत्यको विजयका प्रतीकका रूपमा हिन्दुहरुले पौराणिक कालदेखि नै मनाउँदै आएको नेपालीहरुको महान चाड दशैं हामीहरुको माझमा आइसकेको छ । यस पर्वलाई मीठो खाना खाने र राम्रो नाना लगाउने मात्र नभई आपसका वैचारिक मतभिन्नता र तिक्ततालाई समेत भुलेर नयाँ सम्बन्धको सुरुवात गर्ने अवसरका रुपमा समेत उपयोग गर्दै आइएको छ ।
दशैं–दीपावली लगायतका ठूला पर्वलाई आफ्नो हैसियत प्रदर्शन गर्ने मौकाको रुपमा उपयोग गरिनाले समाजमा विकृति भित्रिने मौका समेत पाउँछ । आफ्नो हैसियत भन्दा धेरै ऋण÷धन गरेरै भए पनि पर्व मनाउने प्रचलनले परिवारमा खुशीभन्दा धेरै पीडा थप्ने गर्दछ । राम्रो लुगा र गहना प्रदर्शन गर्ने वहानामा कतिपयको घरमा चोरी हुने र छिमेकीसँग इष्र्या उत्पन्न भई दूरी बढ्ने अवस्था समेत आउने गरेको छ । त्यसैले यो पर्वलाई नेपालीहरुको संस्कृति जगेर्ना गर्ने उद्देश्यले स्वच्छ रुपमा मनाउनु पर्ने देखिन्छ ।
दशैंको मुखमै दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । दशैंमा मीठो खाना खाने र नयाँ लुगा÷आकर्षक गहना लगाउनै पर्ने वाध्यताबाट माथि उठेर सदियौंदेखि चल्दै आएको परम्परालाई बचाउने किसिमले पर्व मनाउनु श्रेयश्कर हुन्छ । अरुले घोडा चढ्यो भनेर आफूले धुरी चढ्ने बानीलाई लगाम लगाउन सकियो भने र दशैंलाई साँच्चिकै दशैंको रुपमा सभ्यरुपले मनाउन सकियो भने दशैं पर्व मनाउनुको सार्थकता हुनेछ ।
तसर्थ सबैकुराको मध्यनजर गरी सुरक्षितरुपमा दशै मनाउनुपर्ने अवस्था देखिएको छ । अन्य ठाउँ जस्तै टीकापुरक्षेत्रमा समेत कोरोना भाईरस संक्रमण बढेको कुरा सार्बजनिक भएको छ । यसबाट आफुपनि बचौं, अरुलाई पनि बचाऔं ।

ताजा खबर

भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

पुलबाट खोलामा खसेर बस दुर्घटना

कञ्चनपुरमा अढाई लाखभन्दा बढीको अवैध सामान बरामद

कैलालीमा चार जना फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *