साढे १० किलो गाँजासहित तीनजना पक्राउ

शेयेर गर्नुहोस

जनकपुरधाम । सर्लाहीको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

इश्वरपुर नगरपालिका वडा नम्बर १२ स्थित बाँके चोकबाट साइकलमा सवार महोत्तरीका युवकलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका ७ बस्ने २० वर्षीय रुपेश राय छन् ।

उनले तरकारी बोक्ने क्रेटमा बर्कोले छोपी साइकलमा लैजाँदै गरेको १० किलो ५ सय ग्राम गाँँजा बरामद भएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

यस्तै, लालबन्दी नगरपालिका(६ बाट ३६ किलो २६ ग्राम गाँजासहित मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा।८३ प। ८४७१ नम्बरको मोटरसाइकल चेकजाँज गर्दा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजा बरामद भएपछि मोटरसाइकलमा सवार सिन्धुलीको डाबडाँडा गाउँपालिका १ बस्ने ३५ वर्षीय शक्ति लामा र पछाडि सवार रौतहटको चन्द्रपुर नगरपालिका १ बस्ने ४२ वर्षीय प्रेम यादवलाई नियन्त्रणमा लिइ अन्य अनुसंधान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

सुखडमा ८ सय ५५ लिटर घरेलु मदिरा नष्ट

कैलालीमा टेलरले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

amazed