कैलालीको टीकापुर स्थित हुलाकी सडकखण्डमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार टीकापुर नगरपालिका – ७ हुलाकी सडकखण्डमा भजनीतर्फ आउँदै गरेको भे १ त ४५५६ नम्बरको सरिया लोड गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रलीमा सवार भजनी नगरपालिका – ७ चर्राका २५ वर्षीय कबिर कठरियाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा सोही ठाउँका ३४ वर्षीय पंकज कठरिया घाइते भएका छन् । उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ ।

ट्याक्टर चालक २७ वर्षीय सहिराज अली समाचर तयार पाएन्जेल सम्म फरार रहेकाले प्रहरीले जनाएको छ ।

ताजा खबर

एकै दिन लागू औषध सहित ८ जना पक्राउ

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *