सीमामा लामबद्ध आत्मसम्मान

शेयेर गर्नुहोस

बबिता बस्नेत ।
बारीको सीमा मिचिएको नाममा छिमेकीसँग अभिभावकको टक्कर छ । विवाद छरपष्ट भएर सार्वजनिक मात्र भएको छैन मिलाउनै अप्ठ्यारो अवस्थामा पुगेको छ । सम्बन्धमा खासै असर परेको छैन भन्ने गरे पनि करिव–करिव सम्वादहीनताको अवस्था छ । तर छोराछोरीलाई खान दिन नसकेका कारण बिहान–बेलुकाको छाक टार्नलाई त्यही छिमेकीकहाँ काम गर्न गइरहेका छन् भने ती अभिभावकको टक्करको के अर्थ होला रु सम्मान के होला, आत्मसम्मान के रहला रु अहिले हाम्रो देशमा यही भइरहेको छ ।
कोरोना भाइरसले विश्वब्यापी रुप लिँदै गर्दा अन्य देशमा काम गर्न गएका नेपालीसँगै छिमेकी मुलुक भारतमा काम गर्न गएका नेपालीहरू पनि स्वदेश फर्किए । भारतमा भाइरसको संक्रमण बढेका कारण उनीहरू स्वदेश फर्कंदै गर्दा आफ्नो देशको संसदमा भरखरै सीमासम्बन्धी प्रस्ताव पास भएको थियो । पारित भएको नयाँ नक्साको उत्सव देशमा मनाइरहेका बेला आफ्नो देश फर्कने संयोग उनीहरूलाई मिलेको थियो, बाध्यकारी नै भए पनि । देशमा ‘बन्दाबन्दी’ भएका कारण हप्तौँ सीमामा बसेर बडो कष्टका साथ फर्किएका उनीहरूले यति चाँडै फेरि उतै फर्किनु पर्ला भन्ने सम्भवतः सोचेका थिएनन् । मुलुकका विभिन्न नाकाबाट नेपालीहरू फर्किए पनि सुदूरपश्चिमबाट फर्कनेको सङ्ख्या धेरै थियो । सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न जिल्लाबाट भारतमा रोजगारीका लागि जानेहरूको सङ्ख्या ठुलो छ ।
भारतमा अहिले कोरोना भाइरसका कारण प्रत्येक दिन एक हजारभन्दा माथिको सङ्ख्यामा मानिसको मृत्यु भइरहेको छ । दिनहुँ ७० हजारभन्दा माथि सङ्क्रमित भेटिइरहेको देशभन्दा आफ्नो देश अहिलेसम्म सुरक्षित छ । तर, सुरक्षाभन्दा भोक ठुलो रहेछ । आफ्नो देशमा, गाउँ–ठाउँमा गरी खाने कुनै उपाय नभएपछि फेरि उनीहरू जुन बाटो आएका थिए त्यही बाटो फर्किइरहेका छन् । प्रत्येक दिनजस्तो ठुलो संख्यामा सुदूरपश्चिम सीमाबाट नेपालीहरू मजदुरीका लागि भारततर्फ गइरहेका छन् । जानेहरू सबैको एउटै आवाज छ– आफ्नो देशमा गरी खाने ठाउँ भए हामी भारत जाने थिएनौँ । अर्काको देशमा ‘बहादुर’ हुन कसलाई पो इच्छा हुन्छ र रु तर घरमा छाक टार्नै नसक्ने भएपछि बाध्यताले उनीहरू परदेशिएका हुन् ।

सुदूरपश्चिममा देखिएको कारुणिक दृष्यले हाम्रा प्रधानमन्त्रीबाट केही समयअघि संसदमा देखाएको राष्ट्रवादको अठोट लज्जाले निहुरिएको छ । हामी यता भारतसँग सीमानाका बन्द गर्ने र तार–बारको कुरा गरिरहेका छौँ, उता हजारौँको सङ्ख्यामा परदेशिँदै गरेका नेपाली नागरिक हातमुख जोड्नका लागि भारत जान बाध्य छन् ।

यता हामी काठमाडौंमा बसेर राष्ट्रियताको गीत गाइरहेका छौँ । यो सरकारको प्रमुख उपलब्धि नयाँ नक्सा भनेर प्रधानमन्त्रीलगायत सरकारमा रहेका अधिकारीहरू भनिरहेका छन् । भारतसँग कुनै पनि अवस्थामा शिर झुकाउन हुँदैन भनेर माइतीघरतिर जुलुसहरू प्रदर्शन भए । छिमेकी मुलुकबाट शुरु भएको ‘मिडिया वार’मा भिड्नभन्दा त्यति निम्न स्तरमा झर्ने अवस्था नआओस् भनेर हामीले बन्द गरिदिएका टेलिभिजन च्यानलहरू केही समयपछि खुलेका छन् । राष्ट्रवाद र आत्मसम्मानका अक्षरहरूले हामीले मिडिया र सोसियल मिडिया भऱ्यौँ । राष्ट्रियता र स्वभिमानसँग जोडिएको विषयमा स्वभाविकै रूपले आगामी दिनमा पनि भरिरहने छौँ ।

भारतसँग झुक्न हुँदैन भन्ने राज्यको अठोटलाई नेपाली जनताले गलत भनेका छैनन् । भारतसँग मात्रै होइन कुनै पनि मुलुकसँग किन झुक्ने रु तर नझुक्न र शिर ठाडो गर्नका लागि आफ्नो हात माथि हुनुपर्ने रहेछ । गरिवीले स्वाभिमानको धज्जी उडाउने हुँदा आफ्ना नागरिकलाई आफ्नै देशमा गरी खाने अवस्थाको सिर्जना गर्नुपर्ने रहेछ । सुदूरपश्चिममा देखिएको कारुणिक दृष्यले हाम्रा प्रधानमन्त्रीबाट केही समयअघि संसदमा देखाएको राष्ट्रवादको अठोट लज्जाले निहुरिएको छ । हामी यता भारतसँग सीमा नाका बन्द गर्ने र तार–बारको कुरा गरिरहेका छौँ, उता हजारौँको सङ्ख्यामा परदेशिँदै गरेका नेपाली नागरिक हातमुख जोड्नका लागि भारत जान बाध्य छन् ।

अप्ठ्यारो अवस्थामा परेका नागरिकका लागि के गर्न सकिन्छ भनेर राज्य संरचनामा बस्नेहरूले कुनै खाका बनाएको देखिँदैन । उनीहरु त आफ्नै पार्टीभित्रका गुट, उपगुटभित्र रमाइरहेका छन् । जनतालाई कसरी बचाउने भन्दा बढि सरकार कसरी टिकाउने भन्नेमा समय बितिरहेको छ । कति नागरिक यो महामारीका कारण हातमुख जोड्नै नसक्ने अवस्थामा छन् भन्ने तथ्याङ्कसमेत छैन ।

भारतसँग हाम्रो रोटीबेटीको सम्बन्ध छ भनेर वर्षौंदेखि भन्दै–सुन्दै आए पनि रोटीको सम्बन्ध कतिसम्म रहेछ भन्ने कुराको जानकारी भने यसपटक भएको छ । यस्तो महामारीका बीच ज्यान माया मारेर आफ्ना नागरिक रोटीको खोजीमा सीमा काट्दै गर्दा राज्यले उनीहरूलाई रोक्न सकेको छैन । जनता अहिले अप्ठ्यारो अवस्थामा छन् । भूगोल, जनता र संविधान या विधि–विधान मिलेर राष्ट्र बनेको हुन्छ । अप्ठ्यारो अवस्थामा परेका नागरिकका लागि के गर्न सकिन्छ भनेर राज्य संरचनामा बस्नेहरूले कुनै खाका बनाएको देखिँदैन । उनीहरू त आफ्नै पार्टीभित्रका गुट–उपगुटभित्र रमाइरहेका छन् । जनतालाई कसरी बचाउने भन्दा बढि सरकार कसरी टिकाउने भन्नेमा समय बितिरहेको छ । कति नागरिक यो महामारीका कारण हातमुख जोड्नै नसक्ने अवस्थामा छन् भन्ने तथ्याङ्कसमेत छैन ।

यस्तो दुःखद परिस्थितिमा केन्द्रबाटै सबै काम गर्नुपर्ने पनि होइन । स्थानीय संरचना बनिसकेको अवस्थामा स्थानीय तहमार्फत नै कति कामहरू गर्न सकिन्थ्यो, सकिन्छ । परिचालन गर्नका लागि राज्यका परियोजना या कार्यक्रम नभएका होइनन्, राष्ट्रपति उत्थान, प्रधानमन्त्री रोजगार, कृषि रोजगार, युवा स्वरोजगारलगायतका नाम गरेका कार्यक्रमहरू राज्यले घोषाणा मात्र गरेको छैन तिनका लागि बजेट पनि छुट्याएको छ । ती कार्यक्रमअन्तर्गत कति युवाहरूलाई स्वरोजगारका लागि अग्रसर गर्न सकिन्थ्यो । महिलाहरूलाई काम दिन सकिन्थ्यो । समग्रमा बेरोजगारलाई रोजगार सिर्जना गर्न सकिन्थ्यो, सकिन्छ । तर अप्ठ्यारो अवस्थामा राज्यले घोषणा गरी बजेट छुट्याएका ती कार्यक्रमहरू काम लागेनन् । परिणामतः छाक टार्नका लागि नागरिकले माहामारीग्रस्त देशमा फर्किनु पऱ्यो । यस्तो देश जहाँ आफ्ना प्रधानमन्त्री राष्ट्रियताको लडाइँ लडिरहेका छन् ।

अप्ठ्यारो अवस्थामा राज्यले घोषणा गरी बजेट छुट्याएका ती कार्यक्रमहरू काम लागेनन् । परिणामतः छाक टार्नका लागि नागरिकले माहामारीग्रस्त देशमा फर्किनु पऱ्यो । यस्तो देश, जहाँ आफ्ना प्रधानमन्त्री राष्ट्रियताको लडाइँ लडिरहेका छन् ।

केपी शर्मा ओली सरकारले शुरुदेखि नै उठाउँदै र प्रयोग गर्दै आएका राम्रा दुई वटा शब्द हुन्– समृद्धि र राष्ट्रियता । भाषण र सम्बोधनहरूमा भाषा मात्रै प्रयोग गरेर मुलुकमा समृद्धि आउँदैन रहेछ । समृद्धिका लागि आवश्यक रणनीति बनाएर सही काम गर्नुपर्ने हुन्छ । यस्तै, राष्ट्रवाद र राष्ट्रियता आफ्नो अनुकुलताअनुरुप प्रयोग गर्ने या गर्न मिल्ने शब्द होइनन् । तर हाम्रो देशको सन्दर्भमा आफूलाई अलिकति अप्ठ्यारो पऱ्यो या आफू तल पर्ने अवस्था आयो भने राष्ट्रवादको नारा अगाडि सार्ने गरिएको छ । विगतमा राष्ट्रियता या राष्ट्रवादलाई आफू सत्तामा पुग्ने भऱ्याङका रूपमा प्रयोग गरिन्थ्यो तर अहिले सत्ता टिकाउनका लागि प्रयोग गरिँदैछ ।

बृहत् नेपाली शब्दकोषका अनुसार राष्ट्रवादको अर्थ आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरी मान्ने सिद्धान्त वा राष्ट्र र राष्ट्रियताप्रतिको विशेष भक्ति भावना हो । राष्ट्रवादीको अर्थ राष्ट्रवादको मत मान्ने या राष्ट्रवादसँग सम्बन्ध भएको भन्ने हुन्छ । वास्तवमा राष्ट्रको उन्नतिमा जो लाग्छ उही राष्ट्रवादी हो । देशलाई जसले ध्वस्त हुनबाट बचाउन र विकास तथा समृद्धिमार्फत अगाडि बढाउन चाहन्छ उही देशभक्त र राष्ट्रप्रेमी हो । कुनै मुलुकको विरोध गर्नु र आफ्नो देशप्रतिको दायित्व फरक कुरा हुन् । राष्ट्रवाद गीत गाउने कुरा होइन रहेछ । भोको पेट र नाङ्गो आङका जनतासामु राष्ट्रवादको नारा घन्काउनुको कुनै अर्थ देखिएन । उनीहरूका लागि त एक छाक खाना, एकसरो कपडा, शान्तिपूर्वक बास, स्वस्थ शरीर, पढ्न पाउने शिक्षा, अलिकति गरी खाने ठाउँ र कानूनी शासन नै राष्ट्रियता हो, देशप्रेम र राष्ट्रवाद हो ।

अहिले हाम्रो आत्मसम्मान सुदूरपश्चिमका सीमामा लामबद्ध छ । सर्वसाधारणका लागि राष्ट्रवादको अर्थ खाद्य सामाग्री, सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायतका आधारभूत कुरा हुन् । जसले जनतालाई यी आधारभूत कुरा दिलाएर मुलुक अगाडि बढाउन सक्छ उही राष्ट्रवादी नेता हो । मुलुक बनाउने भनेको यी र यस्तै स–साना कुराहरूको सही ब्यवस्थापन हो । नेपाल जस्तो सानो मुलुकलाई समृद्ध बनाउन धेरै ठुला–ठुला काम गर्नु पर्दैन । बाटोघाटो, पुलपुलेसा, ब्याप्त बेरोजगारी घटाउनका लागि ठाउँ–ठाउँमा उद्योग ब्यवसायको स्थापना, कृषि तथा अन्य उत्पादनका लागि मल, खाद्य भण्डार र बजारको ब्यवस्था, बिजुली उत्पादन तथा वितरण, विभिन्न नीति तथा कानूनको पालनालगायतका कुराहरू गरे पुग्छ । दाल तरकारी, नुन–तेलदेखि चामल हुँदै सिमेन्टदेखि कपडासम्म बाहिरबाट आउँछ । आफ्नै देशमा कल–कारखाना र उद्योग ब्यवसायहरू भए बाहिरबाट सामान ल्याउनु नपर्ने मात्रै होइन मुलुकको बेरोजगारी पनि आफै रोजगारीमा परिणत हुनेछ । मुलुक समृद्ध हुनका लागि जग बस्नेछ, हामी आत्मनिर्भर हुनेछौँ । तर कहिले ?

घट्ना र बिचारबाट साभार

ताजा खबर

कैलालीमा लागुऔषधसहित एक युवती र ३ युवक पक्राउ

कैलालीको टीकापुर र जानकीका ३ जना लागूऔषधसहित पक्राउ

पूर्वराजा ज्ञानेन्द्र शाहको सुदूरपश्चिम भ्रमणको तयारी

कञ्चनपुरमा रेक्सोजेसिक एम्पुलसहित एक जना पक्राउ

कैलालीको टीकापुर र गौरीगंगाबाट फरार प्रतिवादी पक्राउ

amazed