कैलालीमा ८१ हजार ५ सयसहित १४ जुवाडे पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलाली प्रहरीले जुवा खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका १–स्थित विष्णु खनालको खाली घरबाट ईलाका प्रहरी कार्यालय लम्कीको टोलीले जुवाडेलाई पक्राउ गरेको हो।

उनीहरुका साथबाट ८१ हजार पाँच सय ५० नगद र तासका तिन गड्डी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्त प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

उनका अनुसार जुवाको खालबाट सोही ठाउँका ५० वर्षीय मनी प्रसाद खनाल, २७ वर्षीय पुर्णप्रसाद रेग्मी, २२ वर्षीय दिपेन्द्र साउद, ३३ वर्षीय प्रदिप कुमार धमाला, ३२ वर्षीय मेखबहादुर बस्नेत, ४९ वर्षीय धनिराम जैशी, ६० वर्षीय हरी प्रसाद जोशी, २९ वर्षीय पुर्णप्रसाद ढकाल, ३८ वर्षीय केशबबहादुर शाही, ३८ वर्षीय भिम रेग्मी, ३२ वर्षीय लक्ष्मण खनाल, ३४ वर्षीय मानबहादुर बिष्ट, ३४ वर्षीय दलबहादुर बस्नेत र ३२ वर्षीय डबल जैशीलाई प्रक्राउ गरिएको छ।

पक्राउ परेकाहरुमाथि जुवा शीर्षकमा मुद्दा दर्ता अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा खबर

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

नेकपा बन्यो सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल

एकै दिन लागू औषध सहित ८ जना पक्राउ

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *