योगः कहिले सुरु भयो, कसले विकास गरायो ?

शेयेर गर्नुहोस

काठमाडौं । सभ्यताको सुरुवातदेखि नै योगको सुरुवात भएको भन्ने मान्यता राखिन्छ । योगको विज्ञानको उत्पत्ति जतिबेला धर्मप्रति मान्छेको कम आस्था थियो त्यतिबेला नै योगप्रति मान्छेले विश्वास गर्न सुरु गरिसकेका थिए भन्ने अनुमान कतिपय इतिहासकारहरुको छ ।

शिवलाई योगका आदि गुरु मान्ने गरिएको छ । हजारौं वर्षपहिले हिमालयमा कान्ति शरोबरको तटमा आदि योगीहरूले आफ्नो प्रबुद्ध ज्ञान प्रसिद्ध सप्तऋषिहरुलाई प्रदान गरे । सप्तऋषिहरुले यस ज्ञानलाई एसिया, मध्यपूर्व, उत्तरी अफ्रिका हुँदै दक्षिण अमेरिकासम्म योगलाई फैलाए भन्ने देख्न सकिन्छ ।

चाखलाग्दो कुरा त के छ भने आधुनिक विद्वानहरूले विश्वभरि पुरानो संस्कृतिलाई फैलाउने गरेका छन् । यद्यपि, यही दक्षिण एसियाली भूमिमा नै योगले आफ्नो पूर्णताको विकास ग¥यो । भारतको सिन्धु र सरस्वती उपत्यकामा भेटिएका कैयौं जीवाश्महरुले हजारौं वर्ष पहिले नै योगको विकास भएको थियो भन्ने कुराको संकेत गर्छ ।

लोक परम्पराहरू, सिन्धु घाटी सभ्यता, वैदिक र उपनिषदको विरासत, बौद्ध र जैन परम्परा, दर्शन, महाभारत र रामायण जस्ता महाकाव्य, शैव योग, वैष्णव धर्म जस्ता धार्मिक एवं तांत्रिक परम्परामा समेत योगको उपस्थिति रहेको छ । यसका अलावा त्यहाँ आदि वा शुद्ध योग थियो जुन दक्षिण एसियाको रहस्यमय परम्पराको रुपमा रहेको थियो । प्राचीन कालमा योग उपासनाको एक हिस्सा थियो, त्यसको कतिपय उदाहरण हामी अहिलेसम्म पनि पाउन सक्छौं ।

वैदिक कालमा सूर्यलाई बढी महत्व दिइन्थ्यो । हुन सक्छ यस प्रभावले सूर्य नमस्कारुको अभ्यास आविष्कार भयो । प्राणयम दैनिक संस्कारको एउटा अंश थियो र यो समर्पणको लागि गरिएको थियो । यद्यपि योग पूर्व–वैदिक कालमा अभ्यास गरिएको थियो भन्नेमा धेरै प्रमाणहरु भेटिन्छ । महान् सन्त महर्षि पतञ्जलिले योगका अभ्यासहरू, यसको उद्देश्य र ज्ञानको बारेमा योग सूत्रमा समाहित गरे । पतञ्जलि पछि धेरै ऋषि र योगीहरूले योगको संरक्षण र विकासमा अभ्यास र साहित्यको माध्यमबाट ठूलो योगदान दिए ।

योगको उपस्थितिबारे ऐतिहासिक प्रमाण पूर्व वैदिक काल ९२७०० ईसापूर्व० मा देखिएको छ । त्यसपछि पतञ्जलिको अवधिसम्म योग र अभ्यास सम्बन्धी प्रमाणहरू विभिन्न स्रोतहरुमा पाइन्छ । यी स्रोतहरु जस्तै वेद, उपनिषद्, महाकाव्य, पुराण आदि योगको बारेमा उल्लेख गर्ने स्रोतहरु हुन् ।

५०० ईसापूर्व देखि ८०० इसापूर्व बीचको अवधि उत्तम अवधि मानिन्छ । जुन योगको विकासको सबैभन्दा उर्वर र महत्वपूर्ण अवधि हो भन्ने धेरैको विश्वास छ । यस अवधिमा, योग सूत्रहरू र भागवद्गीता, विभिन्न योग टिप्पणीहरू अस्तित्वमा आए । यो अवधि मुख्यतया धार्मिक प्रचारकहरू महावीर र नेपालमा जन्मिएका भगवान् बुद्धको समय पनि हो । महावीरले पाँच ठूला व्रतहरू ९पञ्च महाव्रतहरू० र बुद्धले आठ मार्गको अवधारणामार्फत् पनि योगको विकास गर्न खोजेको देखिन्छ ।

त्यस्तै, हामी श्रीमद्भगवद् गीतामा यसको स्पष्ट विवरण पाउन सकिन्छ । जसले ज्ञान योग, भक्ति योग र कर्मयोगको अवधारणामा विस्तृत वर्णन गर्दछ । यी तीन प्रकारका योगहरू आज पनि मानव बौद्धिकताको उत्कृष्ट उदाहरण हुन् । मानिसहरूले अझै पनि गीतामा प्रदर्शन गरिएका विधिहरू अनुशरण गरेर शान्ति खोज्छन् । पतञ्जलिका योग सूत्रहरूमा न केवल योगका विभिन्न अंशहरू छन् यो मुख्यतया आठ मार्गहरू द्वारा परिचित छ ।

व्यासले योग सूत्रहरूमा पनि एउटा महत्वपूर्ण टिप्पणी लेखेका थिए । यस अवधिमा, दिमागलाई महत्व दिइयो र यो योग अभ्यासमार्फत स्पष्ट रूपमा वर्णन गरिएको थियो कि दुवै दिमाग र शरीर सद्भाव अनुभव गर्नको लागि नियन्त्रण गर्न सकिन्छ । यसरी योगको विकास इसाको सुरुवात हुनुभन्दा पहिलेदेखि नै भएको थियो भन्न सकिन्छ ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *