रानी जमराको कृर्षी व्यवसाय अवलोकन सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर । रानी जमरा कुलरिया सिँचाई आयोजना कृषी कार्यक्रम कार्यान्वयन इकाई कार्यालय टीकापुरले बिभिन्न कृषकहरुको व्यवसाय अवलोकन शुक्रबार सम्पन्न गरेको छ ।
सो इकाईका कार्यालय प्रमुख भरत कँडेल सहितको टोलीले टीकापुर नगरपालिकाका कृषकहरुलाई दिएको अनुदान प्रभावकारीरुपमा सदुपयोग गरिएको छ या छैन भन्नेबारे अवलोकन गरेको हो ।


२०७० सालदेखि सक्रियरुपमा रहेको टीकापुर नगरपालिका वडा नं. ३ स्थित दिपज्योति महिला कृषक समुहको अवलोकन टोलीले अबलोकन ग¥यो । यो समुहले २२५ कट्ठा जग्गामा तरकारी खेती गर्दै आएको छ ।


आफ्नो तरकारीमा लौका, चिचिण्डा लगायत र काक्रा उत्पादन पश्चात दाङ, कोहलपुर र अत्तरियासम्म तरकारी बिक्रि गरेको यो समुहका अध्यक्ष मिना कुश्मी बताउनुहुन्छ । साथै उहाँले एक पटकमा ३५ क्विन्टल तरकारी र काक्रा बिक्रिका लागि पठाएको बताउनुभयो ।


रानी जमरा कुलरिया सिँचाई आयोजना कृषी कार्यक्रम कार्यान्वयन इकाई कार्यालय टीकापुरले दिएको अनुदानबाट नै हामी महिला लाभान्वित भएका हौं उहाँले भन्नुभयो ।
हाम्रो महिला समुहले बार्षिक ४ लाखसम्म बचत गरेको छ भने बचत गरिएको रकमबाट १ कट्ठा ४ धुर जग्गा समेत खरिद गरेको अध्यक्ष कुश्मीले बताउनुभयो ।


यसैगरी सो अबलोकन टोलीले टीकापुर नगरपालिका वडा नं. ३ का बशन्त कुमार जिसीको बाख्रा फर्म अबलोकन गरेको छ ।


बिगत २ बर्षदेखि बाख्रा पालन गर्दै आउनुभएका जिसीसंग हाल ६८ वटा बाख्रा छन । ति बाख्रा मध्य उहाँको फर्ममा बोयर, जमुनापारी र लोकल बाख्रापनि छन ।


अबलोकन टोलीसंग जिसीले भन्नुभयो–‘रानी जमरा कुलरिया सिँचाई आयोजना कृषी कार्यक्रम कार्यान्वयन इकाई कार्यालय टीकापुरले दिएको अनुदानबाट आफुलाई निकै राहत भयो र बाख्रापालन पेशालाई अझ दरिलोरुपमा लैजानु पर्छ भन्ने हौसल समेत प्राप्त भयो ।


यसैगरी टीकापुर नगरपालिका वडा न.९ दुर्जनपुरका राजु चौधरीको तरकारी खेती समेत टोलीले अबलोकन गरेको छ । कृषक राजु चौधरीले दुई बिघा जग्गामा तरकारी खेती गर्नु भएको छ । तरकारीबाट मासिक ८०÷९० हजारसम्मको तरकारी बिक्रि गरेको कृषक राजु चौधरीले बताउनुभयो ।


उहाँले थप्नुभयो–‘यो पटक भने लकडाउनले गर्दा बिगतजस्तो तरकारीमा अम्दानी भएन । कोरोना भाईरस संक्रमणका कारण देश लकडाउनमा थियो । यसको नकारात्मक प्रभाव लगभग सबैमा परेको थियो ।


त्यस्तै टीकापुर नगरपालिका वडा नं. ९ बालुवाटारमा रहेको केराखेतीको समेत अबलोकन गरिएको छ । केरा कृषक हरिहर प्रसाद उपाध्यायले भन्नुभयो– मेरो पुरै घरपरिवार ‘५ कट्ठा जग्गाबाट २०७२ सालदेखि केरा खेतीमा लागेका हौं ।’ हाल ९ बिघा जग्गामा केरा खेती गरेका छौं उपाध्यायले बताउनुुभयो ।’


रानी जमरा कुलरिया सिँचाई आयोजना कृषी कार्यक्रम कार्यान्वयन इकाई कार्यालय टीकापुरले आफुलाई केरा खेती गर्न अनुदान दिँदै आएको र हाल ५ बिघा केराखेतीका लागि सिँचाई गर्न थोपा सिँचाई प्रबिधी समेत ७५ प्रतिशत छुटमा अनुदान दिएको केरा कृषक उपाध्यायले बताउनुभयो ।


यसैगरी टीकापुर नगरपालिका वडा नं. ७ स्थित श्री उज्यालो बहुदेश्यीय सहकारी संस्था लिमिटेड लाई रानी जमरा कुलरिया सिँचाई आयोजना कृषी कार्यक्रम कार्यान्वयन इकाई कार्यालय टीकापुरले बिभिन्न अनुदान दिएको संस्थाले जनाएको छ ।


सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चोधरीले अबलोकनका क्रममा रानी जमराले ४२ लाख मुल्यको कम्पाइन ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको जानकारी दिनुभयो ।
त्यो कम्पाइनबाट गत सिजनमा २ सय ४९ बिघा गहु काटेको व्यवस्थापक चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो–‘ संस्थासंग आबद्ध किसानको गहुँ प्रति बिघा ४ हजार ५ सय र अन्य किसानको ५ हजार ५ सय रुपैयाँमा गहुँ कटान गरेका थियौं ।


यो सहकारीसंग आबद्ध ६२ जना कृषक बिउ उत्पादनमा सक्रिय छन भने संस्थाका सेयर सदस्य ८ सय जना रहेको समेत व्यवस्थापक चौधरीले जानकारी दिनुभयो ।
अबलोकनका क्रममा रानी जमरा कुलरिया सिँचाई आयोजना कृषी कार्यक्रम इकाई कार्यालय टीकापुरका प्रमुख भरत कँडेलले कृषकहरुले कृर्षी पेशालाई दिएको निरन्तरताप्रति निकै प्रशंसा तथा सहनुभुति प्रकट गर्नुभयो ।


अबलोकनकै क्रममा कृषकहरुका बिच कँडेलले अनुदान तथा आफ्नो लगानिबाट कृषी व्यवसायलाई निरन्तरता दिइरहनु भएका कृषकहरुलाई थप अनुदानका लागि फेरीपनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed