डोटीमा डिउटीमा रहेको अवस्थामा एक प्रहरी हवल्दारको मृत्यु

शेयेर गर्नुहोस

अत्तरिया । डोटीमा डिउटीमा रहेको अवस्थामा एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत दिपायल सिलगढी नगरपालिका वडा नं. १ तिखाका प्रहरी हवल्दार नवराज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए ।

डोटी दिपायल विमानस्थलमा डिउटीमा रहेका हवल्दार खड्का बेहोस अवस्थामा भेटिए पछि उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएको थियो । अस्पताल पुगे लगत्तै उनलाई मृत घोषणा गरिएको थियो ।

विगत लामो समय देखी डिप्रेसनको औषधी सेवन गर्दै आएका खड्काको मृत्युको कारण भने खुल्न नसकेको प्रहरी उपरीक्षक धमलाले बताए ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed