बझाङमा हत्याको आरोपमा बाउ छोरा पक्राउ

शेयेर गर्नुहोस

बझाङ / बझाङमा हत्या आरोपमा बाउ छोरा पक्राउ परेका छन् ।

जिल्लाको जयपृथ्बी नगरपालिका–७ सुबेडास्थित किमतोलीका ४० वर्षीय रामप्रशाद जोशीको हत्या गरेको अभियोगमा सोही स्थानका ४८ वर्षीय जयबहादुर हमाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेर हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि हमालको छोरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed