शेयेर गर्नुहोस

मानवहादुर ठकुल्ला
टीकापुर, १८ साउन ।
सुदुरपश्मि प्रदेश कैलाली जिल्लाको प्रवेशद्वार चिसापानीदेखि ३० किलोमिटर दक्षिणमा टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित कर्णाली नदि किनार वि.सं. २०३० साल सम्म जंगल नै थियो ।
नजिकैको राजापुर बजार, चौगुर्दी मा भन्सार र भारतीय सिमा का कारण सत्ती बजार र वरपर मानिसको बस्ति बाक्लिदै गयो, जंगल मासिदै गयो । २०४८ साल सम्म पुग्दा जंगलमा केहि बुढा रुखहरु मात्रै बाकी रहे र सबै जंगल कर्णाली नदीकै बगरका रुपमा परिणत भयो ।
जंगलको अभाव र महत्तो बुझेपछि कर्णाली नदिको चौघेरामा बालु वै बालुवा को टापुमा २०४९ साल तिर स्थानिय मोहन बहादुर रावलको नेतृत्वमा स्थानिय बासिन्दाले बिरुवा रोप्ने र फेरी वन बनाउने सुर कसे । पहिले जंगल पछि बगर भएको कर्णाली किनार मा बिरुवा हुर्कन धेरै समय लागेन यसै बेला सरकारले पनि वन ऐन २०४९ ल्याई स्थानियलाई उपोभोक्ता मानी सामुदायिक वन उपोभोक्ता समूह बनाउने नीति अनुसार २०५१ साल असोज १३ गते जिल्ला वन कार्यालय कैलालीमा दर्ता नम्बर १ पाई सत्ती कर्णाली सामुदायिक वन उपोभोक्ता समूह विधिवत रुपमा स्थापना भएको हो ।
वन संरक्षण संगै नेपालमा विरलै पाइने पानि बेंत वन क्षेत्र मा प्रसस्तै रूपमा हुर्किएकाले यसको आम्दानी पनि ह्वात्तै बढ्यो र सबै को ध्यान आकर्षण भयो । यसको साथै खर, ढड्डी, भइँ घाँस रुख बिरुवा को पनि उत्पादन भइ वन को हैसियत सप्रियो र यस सामुदायिक बनले स्थानिय स्तरमा थुप्रै बिकास निर्माणका कार्य गर्ने गरेको थियो जस अन्तरगत शैक्षिक क्षेत्रको बिकासमा बिद्यालयका कक्षाकोठा तथा भवन निर्माण शिक्षकलाई तलब र छात्रबृति समेत बितरण गर्ने स्थानिय स्तरका सडक निर्माण तथा मर्मत गरि स्थानिय बासिन्दालाई सरकार भएको अनुभुति प्रदान गरेको थियो यति मात्रै नभई स्वास्थ क्षेत्रमामा पनि लगानि गरेको थियो जसमा साबिकको नारायणपुर धनसिहपुर गाबिसका जनतालाई एम्बुलेन्स सेवा पनि दिदै आएको थियो ।
शसस्त्र द्वन्दका बेला केही राजनैतिक उतारचढावका कारण यस सामुदायिक बनको आर्थिक तथा संरक्षणका हिसाबले खस्किदो अवस्थामा पुगेको थियो । कर्मचारी तथा बनहेराला लाई समेत तलब खुवाउन धौ धौ परेको थियो ।
सामुदायिक बनको बर्तमान संचालक समितिले स्थानियको सल्लाह सुझाब संकलन गर्दै बनको आर्थिक अवस्था सुधार गरेर लिएको टीकापुर नगर–पालिका वडा नं ७ का अध्यक्ष रामलाल डगौरा थारुको भनाई छ ।
बर्तमान संचालक समितिले स्थानिय स्तरमा रहेका स साना टुक्रे सामुदायिक वनलाई एक वन एक उपभोक्ता भन्ने सरकारको नितिलाई आत्मसाथ गर्दै एकी–करण गर्न सफल भएको छ जसमा रामजानकी महिला सामुदायिक वन, शिबबाटिका महिला सामुदायिक वन,महेन्द्रेश्वर सामुदायिक वन, पदमपुर सामु–दायिक संरक्षण वन, मातृशक्ति आमा समूह संरक्षण सामुदायिक वनलाई एकीकरण गरिएको सामुदायिक वनका कार्यालय सचिब मीन बहादुर ठकुल्लाले बताउनुभयो ।
पछिल्लो समय यस सामुदायिक वनलाई पर्यटकिय क्षेत्रका रुपमा बिकास गर्न लागिएको छ । जसमा बन क्षेत्रमा पिकनिक स्पोट निर्माण गरिएको छ करिब २ बिगाहा क्षेत्रफल छुट्याई प्रतिक्षालय, खानेपानिको ट्याङ्की ,गोलघर, मन्दिर र टिकट घर समेत निर्माण गरिएको समेत ठकुल्लाले बताउनु भयो ।
उपोभोक्ताले संरक्षण थालेको थोरै समयमा आम्दानी दिन सफल सत्ती कर्णाली सामुदायिक वनले नमुना सामुदायिक वनका रुपमा राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा चर्चा पाई सकेको छ । जब यस सामुदायिक वनमा बेंत को बिस्तार र पुनः उत्पादन गरि बेंत कै जंगलको रूपमा विकाश गर्दै छ र देश कै बेंत खेति भएको नमुना वनको रूपमा चिनिएको छ । २५८.६३ हेक्टर क्षेत्रफल रहेको सत्ती कर्णाली सामुदायिक वनमा बेंत मात्रै १६८ हेक्टरमा उत्पादन हुने गरेको सामुदायिक बनका अध्यक्ष धनसिँह साउँद बताउनु हुन्छ । बेत रहेको क्षेत्र लाई ४ वटा प्लटिङ्ग गरि प्रत्येक बर्ष बेत कटानि हुने गरेको अध्यक्ष साउदले भन्नुभयो । बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ह’ुदा यस वनमा हात्ती, गैंडा, बाघ जस्ता जनावर हरु आउने जाने प्रक्रिया चलि रहेको छ । लोपोन्मुख बन्यजन्तु सरीसृप अजिङ्गर पनि यहि देखिन्छ ।
