विशेषज्ञ चिकित्सक न्यून : करारका कर्मचारीको घुइँचो

शेयेर गर्नुहोस

डडेलधुरा । सङ्घीय सरकारमातहतको सुदूरपश्चिम प्रदेशको एक मात्रै ‘विशिष्ट विशेषज्ञ’ सेवासहितको डडेलधुरा अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक छैनन् । तर अस्पतालमा करार कर्मचारीको भने घुँइचो छ । अस्तालमा रहेका कुल २७६ जना कर्मचारीमा स्थायी कर्मचारी ८६ जना रहेका छन् । जसमा करार कर्मचारीको सङ्ख्या भने १९० रहेको अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तले जानकारी दिनुभयो ।

पन्तका अनुसार अस्पतालको नगदी शाखा, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, स्विपर र सुरक्षागार्डमा कार्यरत सम्पूर्ण कर्मचारी करार दरबन्दीमा रहेका छन् । अस्पतालको तथ्याङ्क हेर्ने हो भने अस्पतालमा कार्यरत ११ जना विषेशज्ञ चिकित्सकमध्ये चार जना मात्र स्थायी दरबन्दी र सात जना करारमा कार्यरत छन् । 

अस्पतालको दरबन्दी अनुसार १९ जना विशेषज्ञ चिकित्सक हुनुपर्ने डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताउनुभयो । यस्तै मेडिकल अधिकृत ३२ जनामध्ये ११ जना स्थायी र २१ जना करारमा कार्यरत छन् । स्टाफ नर्स ५७ जनामा ३७ जना स्थायी र २० जना करार कर्मचारी छन् । गत माघ २८ गते डडेलधुरा पुग्नुभएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले दरबन्दी अनुसार कर्मचारी नहुनुमा राजनीतिक दलको पहुँच मन्त्रालय र माथिल्लो तहसम्म नपुग्ने गरेको बताउनुभयो ।   

ताजा खबर

हरेक बिहान भिजाएको बदाम खानुका ५ फाइदा

कैलालीमा एमालेका १३ नेताको सदस्यता गायब

बैतडीमा ८०४ नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराए

कैलालीको जानकीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

amazed