आईपीएल क्रिकेटमा आज चेन्नई र बेङ्गलुरु खेल्दै

शेयेर गर्नुहोस

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स (सीएसके) र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् ।

यो खेल चेन्नईको चेपक मैदानमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे  शुरू हुनेछ । दुवै टोलीले यसअघिको आ–आफ्नो खेल जितेका छन् ।

अङ्क तालिकामा दुवैको दुई अङ्क भए पनि रनरेटका आधारमा आरसीबी शीर्ष स्थानमा छ भने चेन्नई चौथो स्थानमा छ । यसअघिको खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई र आरसीबीले कोलकाता नाइट राइर्डसलाई पराजित गरेको थियो । १८ औँ संस्करणको आईपीएल क्रिकेट ‘मे’ २५ तारिखसम्म चल्नेछ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed