रुसमाथि अमेरिकी प्रतिबन्ध हटाउने समय नभएको युरोपेली देशको निष्कर्ष

शेयेर गर्नुहोस

फ्रान्सको पेरिसमा भएको युरोपेली नेताहरूको सम्मेलनले रूसमाथि अमेरिकी प्रतिबन्ध हटाउन नहुने निष्कर्ष निकालेको छ ।

युक्रेनसँगको युद्ध नरोकुञ्जेल अमेरिकाले रुसको प्रतिबन्ध हटाउनुभन्दा बरु बढाउनु पर्नेमा युरोपेली नेताको जोड रहेको बीबीसीले जनाएको छ ।

सम्मेलनमा बेलायती प्रधानमन्त्री किअर स्टार्मरले अहिले रुसमाथिको प्रतिबन्धहरू हटाउने समय नभएकोले अमेरिकी पहलमा थप दबाब दिएर रूसलाई युद्ध विराम सम्झौताका लागि निर्णायक वार्ता गर्न बाध्य बनाउनुपर्ने बताउनुभयो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रूसले कुनै पनि किसिमको शान्ति नचाहने भएकाले उसलाई दबाबको आवश्यकता रहेको प्रतिक्रिया दिइरहनुभएको छ ।

यसैबीच जर्मन चान्सलर ओलाफ स्कोल्जले रूसको प्रतिबन्ध तत्काल हटाउनु गम्भीर गल्ती हुने र शान्ति नआउञ्जेल कुनै अर्थ नहुने बताउनुभएको छ । 

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed