शेयेर गर्नुहोस
टीकापुर । कैलाली र बाजुराबाट लागू औषध खैरो हेरोइन र चरेस सहित ३ जना पक्राउ परेका छन् । मङ्गलवार धनगढी उपमहानगरपालिका – १० जुगेडाबाट स २० वर्षीय आकाश राना लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका छन् । उनको साथबाट ९ ग्राम ५० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै लागू औषध खैरो हेरोइन र चरेस सहित बडिमालिका नगरपालिका – ८ मार्तडीबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बडिमालिका नगरपालिका ९ का २७ वर्षीय लक्ष्मण बिक र गौरीगंगा नगरपालिका – १ चौमालाका ३१ वर्षीय दीपेन्द्र घर्ती मगर रहेका छन् ।
उनीहरूको साथबाट १० ग्राम लागू औषध चरेस र १०० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।