ओखर खाँदा सुध्रिन्छ पुरुषको स्पर्म काउन्ट ?

शेयेर गर्नुहोस

एजेन्सी । पुरुषमा स्पर्म काउन्ट कम हुनु हिजोआज सामान्य समस्या बनेको छ । तनाव, खराब खानपान, निद्रामा कमी, मदिरा, चुरोट अनि मोबाइल फोन र ल्यापटपबाट निस्कने विकिरणले पुरुषको प्रजनन क्षमतामा असर पारिरहेको छ ।

यस्तोमा धेरैलाई औषधिको सेवनबिना स्पर्मको संख्या र गुणस्तर बढाउने कुनै प्राकृतिक तरिका छ कि भन्ने चासो छ । स्पर्म काउन्ट सुधार्न विश्वभर ओखरबारे छलफल भइरहेको छ । दैनिक रुपमा ओखर खाँदा स्पर्मको संख्यामा उल्लेखनीय सुधार आउन सक्छ भनेर अनुसन्धानले दाबी गरेको । यो कुरा क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलस (यूसीएलए)को एउटा अध्ययनबाट थाहा भएको हो ।

यस अध्ययनअनुसार पुरुषहरूले १२ हप्ता ९लगभग तीन महिनासम्म० दैनिक दुई मुठ्ठी ओखर खाँदा उनीहरूले आफ्नो शुक्राणुको संख्या, शुक्राणुको आकार र शुक्राणुको गतिशीलतामा उल्लेखनीय सुधार देखियो । ओखर साँच्चै त्यस्तो प्रभावकारी छ ? ओखर कसरी खानुपर्छ रु आजको यस लेखमा हामी यसैबारे कुराकानी गर्नेछौं ।

ओखरले कसरी बढाउन सक्छ स्पर्म क्वालिटी ?

ओमेगा–३ फ्याटी एसिडः

ओखरमा ओमेगा–३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ, जुन स्पर्मको स्वास्थ्यको लागि आवश्यक हुन्छ । ओमेगा–३ ले स्पर्मलाई बलियो र सक्रिय बनाउँछ ।

एन्टिअक्सिडेन्ट्सको खजानाः

ओखरमा रहेको भिटामिन ई, मेलाटोनिन र फोलिक एसिडले शरीरमा रहेका फ्री रेडिकलहरूसँग लड्छ । फ्री रेडिकलहरूले स्पर्मलाई क्षति पुर्‍याउँछन् । तर भिटामिन ई, मेलाटोनिन र फोलिक एसिडले । फ्री रेडिकलविरुद्ध सुरक्षात्मक ढालको रूपमा काम गर्छन् ।

हार्मोन सन्तुलनमा राख्न मद्दत गर्छ

ओखरले टेस्टोस्टेरोनको स्तर सन्तुलनमा राख्न मद्दत गर्छ, स्पर्म काउन्ट र गुणस्तर दुवै सुधार्छ । ओखरले हार्मोनल सन्तुलन पनि कायम राख्छ ।

रक्तसञ्चार सुधार गर्छः

ओखरमा स्वस्थकर तेल पाइन्छ । यसले शरीरमा रक्त प्रवाह बढाउँछ, जसले गर्दा प्रजनन अंगहरूमा रक्त प्रवाह राम्रो हुन्छ ।

के पाइएको थियो यूसीएलएको अनुसन्धानमा ?

अध्ययनका क्रममा १८–३५ वर्ष उमेरका पुरुषहरूलाई १२ हप्तासम्म दैनिक ७५ ग्राम ९लगभग २ मुठ्ठी० ओखर दिइयो । उनीहरूको सामान्य आहारमा कुनै परिवर्तन गरिएन । खराब जीवनशैली बानी भएका पुरुषहरूलाई ओखर खाँदा अझ बढी फाइदा भएको अध्ययनमा पाइयो ।

एक दिनमा कति खाने ओखर ?

दैनिक दुई मुठ्ठी (७०–७५ ग्राम) ओखर पर्याप्त छ । ओखरमा क्यालोरी र चिल्लो बढी हुने भएकोले यसलाई धेरै खानु हुन्न ।

के हो ओखर खाने सही तरिका ?

ओखरलाई रातभर भिजाएर खानुस् ।
भिजाएको ओखर खाँदा पचाउन सजिलो हुन्छ ।
पोषक तत्वहरू शरीरले राम्रोसँग अवशोषित गर्न सक्छन् ।
यसले पेटमा गर्मी पनि उत्पन्न गर्दैन ।
बिहान, खाली पेटमा वा ब्रेकफास्टमा खानुस् ।
ओखरलाई स्मूदी वा दहीमा हालेर पनि खान सकिन्छ ।
तपाईंलाई यसलाई सिधै ओखर खान मन पर्दैन यसलाई दही, स्मूदी, ओट्स, वा दूधसँग मिसाएर खान पनि सक्नु हुन्छ ।

कसले अपनाउनुपर्छ सावधानी ?

तौल चाँडै बढ्ने व्यक्ति, बदामरओखरको एलर्जी भएका व्यक्ति र डाक्टरले कम फ्याट भएको आहार खान भनेका व्यक्तिहरूले सीमित मात्रामा ओखरको सेवन गर्नुपर्छ ।

(अस्वीकरणः सल्लाहसहित यो सामग्री सामान्य जानकारीका लागि अनलाइन स्रोतबाट तयार पारिएको हो ।)

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *