शेयेर गर्नुहोस
धनगढी । पुर्व युवराज पारस शाहले धनगढी उपमहानरपालिका–१६ स्थित बेहडाबाबा मन्दिरको दर्शन गरेका छन् ।
शाहले मङ्गलवार मन्दिरको दर्शन र पुजा गरेका हुन् । पूर्व युवराज शाह आफ्ना केही समर्थकका साथ बेहडाबाबा पुगेका हुन् ।
उनी सोमवार मात्रै धनगढी आइपुगेका हुन् । शाहले सुदूरपश्चिम प्रदेशका धार्मीक स्थलहरुको भ्रमण गर्ने समय तालिका रहेको उनका समर्थक रविन्द्र कार्कीले बताए ।















