शेयेर गर्नुहोस
टीकापुर । कैलालीबाट लागुऔषध सम्बन्धि मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
जानकी गाउँपालिका–७ गलौरी बस्ने २२ वर्षिय राजेन्द्र महतोलाई मंसिर ५ गते शुक्रबार उनको घर नजिकैबाट इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
लागूऔषध सम्बन्धी मुद्दामा उनलाई १ महिना १५ दिन कैद सजाय सुनाइएको थियो । उनलाई निर्णय कार्यान्वयनका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा प्रहरीले बिभिन्न mरार प्रतिवादीलाई पक्राउ गर्दै आएको छ ।















