शेयेर गर्नुहोस
टीकापुर । जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको २०८२ पुस महिनाको प्रगति विवरण अनुसार जिल्लामा लागुऔषध सम्बन्धी अपराध नियन्त्रणमा उल्लेखनीय सक्रियता देखिएको छ ।
प्रगति विवरण अनुसार पुस महिनामा लागुऔषध सम्बन्धी ४२ वटा मुद्दा दर्ता भएका छन्। यस अवधिमा प्रहरीले करिब १० किलो चरेश र ८३ ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।
त्यसैगरी, अवैध मदिरा नियन्त्रण अभियान अन्तर्गत १ हजार २३८ लिटर अवैध मदिरा तथा ७ सय लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको छ।
लागुऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले जिल्लाका विभिन्न स्थानमा ६६ वटा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ।















