कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । जिल्ला प्रहरी कार्यालय कैलालीले फागुन महिनाभरि सञ्चालन गरेको गतिविधिअनुसार लागूऔषधसहित ५० जनालाई पक्राउ गरेको छ । सोमबार सार्वजनिक गरिएको मासिक प्रतिवेदन अनुसार पक्राउ पर्नेमा ४८ पुरुष र २ महिला रहेका छन् ।

३३ वटा लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्तिहरूको साथबाट १२ ग्राम ८५० मिलिग्राम गाँजा, २ केजी ६० ग्राम चरेस र ६३ ग्राम ६ सय मिलिग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी,७४७ लिटर मदीरा र ३६० लिटर कच्चा पदार्थ पनि नियन्त्रणमा लिइएको छ ।

यस अवधिमा कुल १४७ अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् भने जघन्य तथा गम्भीर प्रकृतिका ३५ मुद्दा रहेका छन्। साथै, १५ जना फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको छ ।

घरेलु हिंसासम्बन्धी ३४ उजुरीमध्ये २९ वटा मिलापत्र भएका छन् । हराएका ५० महिला तथा बालबालिकामध्ये ४३ जना फेला परेका छन् भने १८१ ठाडो उजुरी सबै फर्छ्यौट गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच, फागुन महिनामा २४ जनाले आत्महत्या गरेको विवरणमा उल्लेख छ, जसमा ८ पुरुष, ९ महिला र ७ बालिका रहेका छन्। प्रहरीले एक महिनामा ११४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको पनि जनाएको छ ।

यस्तै, सोही अवधिमा ५५ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। ट्राफिक कारबाहीतर्फ १,१४६ सवारी साधनलाई कारबाही गरी १० लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ ।

प्रहरीले ६३ लाख ९६ हजार १५ रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको र यस सम्बन्धमा ४ जनालाई पक्राउ गरिएको जनाएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *