बादी समुदायको मादल बनाउने पेशा संकटमा

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला ।
टीकापुर । बादी समुदायको पुख्र्यौली पेशाका रूपमा मानिएको टीकापुरका बादी समुदायको मादल बनाउने पेशा संकटमा परेको छ ।
कोरोना भाइरस सङ्क्रमण फैलिएपछि बादी समुदायका मादल व्यवशायिले मादल बिक्री गर्न पाएका छैनन् । मादल बेचेर जीविका चलाउने बादी परिवारलाई कोरोना महामारीले आर्थिकले पनि संकटमा पारेको हो । ‘आधुनिकताको प्रयोगसँगै मादल बनाउने पेशा लोप हुँदै गएको छ । त्यसमाथि कोरोनाको प्रभावले मादल बनाउने पेशा थप संकटमा पर्यो’, नरेस बादी भन्छन्, ‘सबैभन्दा बढी व्यापार हुने समय दशैँ र तिहार हो । तर कोरोना भाइरस संक्रमणका कारण कारोवार हुन सकेन । दशै तिहारको समयमा सबैभन्दा बढी मादल बिक्री हुन्थे, तर बनाइएका सबै मादल थन्किएका छन् ।’
कुनै समय मादल बनाउन भ्याइनभ्याई हुने बादी समुदायका नागरिक यतिबेला भने फुर्सदमै देखिन्छन् । विगतका वर्षजस्तो यसपालिको तिहारमा खासै मादल बिक्रि नभएको टीकापुर नगरपालिका–८ बिष्णुकान्तिपुरका सुरज बादीको भनाइ छ । ‘
दशैँतिहारमा रातदिन मादल बनाउनु पर्थयो, यस वर्ष कामै छैन’, सुरज बादि भन्छन्, ‘मैले यही सिजनमा कमाएको रकमले घर चल्थ्यो, यस वर्ष त दशैँलाई लक्षित गरी तयार गरिएका मादल थन्किएका छन् ।’
कैलालीको टीकापुर–८ मा बादी समुदायको पुख्र्यौली पेशा संरक्षणका लागि मादल व्यवसाय सञ्चालक समिति नै गठन गरी मादल बनाउने र बेच्ने गरिँदै आएको छ । विगतका वर्षमा थारू समुदायले दशैँ र तिहारमा धुमधाम नाचगान गर्थे ।
‘थारू समुदायको नाचगानका कारण मादलको कारोवार ठीकै हुन्थ्यो तर यसपालि भने कोरोनाका कारण थारूगाउँमा पनि खासै दशैँको रौनकता भएन’, सञ्चालक समितिका अध्यक्ष सुरज बादी भन्छन्, ‘थारू गाउँमा नाचगान नहुँदा मादलको व्यापार भएन र तिहारमा देउसीभैलो खेल्नेले मादल किन्थे । यस वर्ष तिहारमा पनि विक्री भएका छैन ।’
सुरजले ८० हजार खर्च गरी बनाइएका मादल थन्किएका बताए । ‘यस वर्ष साढे दुई लाखसम्म कमाउने समितिको योजना थियो’, सुरजले भने, ‘कोरोना महामारीका कारण हाम्रो त लगानी पनि उठ्न सकेन ।’ बढ्दो आधुनिकतासँगै बादी समुदायको पुख्र्याैली पेशाको रूपमा रहेका सुल्फा , मादल र जाल बनाउने पेशा समेत लोप हुँदै गएका छन् । दशै तिहारमा १ लाख बराबरको मादल बिक्री बाट कारोबार हुन्थ्यो तर यसपालि २० हजारको मात्रै मादल कारोबार भएको मलवारा संग बताउछन ।
मानिसहरु आधुनिक बाजामा रमाउन थालेसँगै बादी समुदायको मादल बनाउने पेशा सङ्कटमा पर्न थालेको बादी समुदायका अगुवा अर्जुन बादीको पनि बुझाइ छ ।
पुख्र्यौली पेशा संरक्षण गर्नुपर्छ, अर्जुनले भने, तर आधुनिक बाजाले परम्परागत बाजालाई विस्थापन गर्ने देखिएको छ । यसको संरक्षणमा स्थानीय सरकारले सघाउन आवश्यक छ । अर्जुन मादल बनाउने पेशा बादी समुदायको पुख्र्यौली पेशामध्येको एक भएकाले नेपाली संस्कृतिको पहिचानका रूपमा जोगाउन जोड दिन्छन् ।
पछिल्लो समय नेपाली संस्कृतिमा मादलको साटो अन्य बाजा प्रयोग हुँदै आएका छन् तर पनि नेपाली संस्कृतिमा मादलको पहिचान र महत्व छुट्टै भएकाले मादलको संरक्षणमा जोड दिनुपर्ने खप्तड सांस्कृतिक परिवार टीकापुरका पूर्वअध्यक्ष तथा कलाप्रेमी नवराज रिमालले मलवारा संग भने ।
‘मादल हाम्रो पहिचानसँग जोडिएको छ’, रिमाल भन्छन्, ‘नेपाली संस्कृतिसँग मादलको सम्बन्ध गाँसिएको छ । यसको संरक्षण आवश्यक छ ।’

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed