शेयेर गर्नुहोस
स्वर्गिय गगनसिँह थापाद्वारा प्रकाशित लघुउपन्यासको बिमोचन
टीकापुर । नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधी, नेपाली सहित्यका स्वनामधन्य श्रष्टा, जिल्ला बिकाश समिति कैलालीका पूर्व सदस्य, सामाजिक अभियन्ता तथा लोकतान्त्रिक आन्दोनका अग्रज योद्धा गगनसिँह थापाको १३ औ दिनको श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।
नेपाली काग्रेस क्षेत्र नं. १ कैलालीको आयोजनामा बुधबार श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामजनम चौधरी प्रमूख अतिथी रहनु भएको थियो ।
यसैगरी कार्यक्रममा पूर्व राज्यमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य चन्द्रसिँह भट्टराई बिशिष्ठ अतिथी रहनुभएको थियो ।
नेपाली कांग्रेस क्षेत्र नं. १ कैलालीका सभापती भूवनेश्वर अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा प्रदेश सांसद रण बहादुर रावलले समेत श्रद्धाञ्जली मन्तब्य राख्नुभयो ।
कार्यक्रममा कैलाली क्षेत्र नं. १ का पूर्व सांसद गंगाबहादुर कुवँर, पूर्व महासमिति सदस्य जंगबहादुर साउँद, महासमिति सदस्य फकिरसिँह कडायत, नेविसंघका पूर्व केन्द्रिय सदस्य नमराज उपाध्याय, जिल्ला समन्वय समिति अछामका उपसंयोजक टोपबहादुर रावल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वर्गिय थापाका सुपुत्र एवम आरएनएनका पुर्व केन्द्रिय कोषाध्यक्ष हिकमत थापाले आभार व्यक्त गर्नुभयो । उक्त श्रद्धाञ्जली कार्यक्रम झनक तिमिल्सेनाले संचालन गर्नुभएको थियो ।
साथै उक्त कार्यक्रममा कार्यक्रमका प्रमूख अतिथी चौधरीले स्वर्गिय गगनसिँह थापाद्वारा प्रकाशित मरुभूमिकी महारानी नामक लघुउपन्यासको बिमोचन समेत गर्नुभयो ।
स्वर्गिय थापाले २०३५ सालमा सोह् सौगात नामक संयुक्त कथा संग्रह, २०७० मा कर्णालीको छेउछाउ नामक उपन्यास, २०७२ मा पुर्खाको चिट्टी उपन्यास, २०७४ मा मेरो मधुशाला उपन्यास, २०७६ सालमा उज्जवली नामक लघुउपन्यास र २०७७ मा महाप्रलय नामक उपन्यास समेत प्रकाशित गर्नुभएको थियो ।