नेपालमा नक्कली वामपन्थी कम्युनिस्ट

शेयेर गर्नुहोस

नेपालका नाम मात्रैका कम्युनिस्ट पार्टी,खोल कम्युनिस्टको ओढ्ने नियत चाहिँ गैरकम्युनिस्टको जस्तैः भद्दा न मौलिक झल्काउने किसिमको देखिन्छ,नचाहिने अन्तर्राष्ट्रिय कम्युनिस्टको जस्तो देखिन्छ । राजनीतिलाई पेशा अपनाउने,भ्रष्टाचार गर्ने,जातीय धार्मिक संसदीय व्यवस्था मान्ने,अकूत सम्पत्ति जोरजाम गर्ने विलासी जीवनशैली खर्चिलो भड्किलो जीवनशैली, जनवादी र माक्र्सवादी संगठन विस्तार भन्ने सामन्ती एकात्मक चरम गुटबन्दी गर्ने,मजदुर र सर्वहारा वर्गको शोषण गर्ने पार्टीका उपल्लो नेतृत्व सत्तामा जाने देशको साधन श्रोतको चरम मनलाग्दी अचाक्ली भड्किलो तड्कभड भद्दा शैली नेपालका कम्युनिस्टधारी पार्टीका विशेषता हुन । खाली हशिया र हतौडो अंकित झण्डा प्रयोग गरेर कम्युनिस्ट पार्टी भएको मान्न सकिदैन । पार्टीको विधान कागजमा लेख्ने कार्यनयन नगर्ने यथास्थितिवादी सैद्धान्तिक विचलन सामूहिक नेतृत्व र वर्गीय भित्र गम्भीर मतभेद भिन्नता देखिन्छ । नेपाली कम्युनिस्ट आन्दोलन तुहिएको विसर्जनतिर गएको आभाष हुँदैछ । नेपाली जनताले नेपालका कम्युनिस्ट पार्टीलाई ठूलो अवसर ऐतिहासिक मौका दिएका थिए । आफ्नै अकर्मण्यताका कारण तुहिएको असफल भएको छ ।

चुनावमा हात उचालेर एसियाकै ठूलो कम्युनिस्ट पार्टी बन्यो भनेर हुङ्कार गर्नेहरूको अन्तरभाव, वैमनस्यता, वैरवभाव, रीस, राग,दुराग्रह, मतभिन्नता, कुन्ठा, आवेग, सैद्धान्तिक मतभिन्नता, राजनीतिक मतान्तर,सैद्धान्तिक वैचारिक विचलन, बेमेल कायमै हुँदा पनि मात्रै अवसरवाद र उपयोगवादको सिद्धान्तमा नेकपा एमाले र एकीकृत नेकपा माओवाद केन्द्र एकीकरण भएका रहेछन् । बाहिर एक पकाउने भन्ने भित्र भित्र अर्कै खिचडी पकाउने मनोदशा अपवित्र गैरराजनीतिक गठबन्धन मात्रै रहेछ । परिवर्तनको लागि देशमा राजनीति स्थायित्व स्थिर मजबुत सरकार भएभने व्याप्त राष्ट्रिय र जनजीविकाका हरेक मुद्दा समाधान होलान् भन्ने नेपाली जनताको ठूलो अपेक्षा र विश्वस गरेका थिए । त्यो आज गलत मिथ्या सावित भएर गएको छ । टालो हाल्नु टालटुल गरेर बहुमतको कुनै अर्थ रहदैन रहेछ ।

पार्टी जो भएपनि राजा राजनैतिक दल जो भएपनि नेपाली जनताको चाहना सुशासन थियोे,छ,हो । विधिको शासन,आवधिक निर्वाचन,सार्वभौम अधिकार सम्पन्न नेपाली जनता अर्थात वालिङ मताधिकारबाट आफ्नो प्रतिनिधि आफैं चुन्ने प्रणालीअनुसार, कानूनी राज्य संविधानतस् दीगो शान्ति भ्रष्टाचार रहित सरकार स्वच्छ छवि भएको नेतृत्व त्यस्तो नागरिक सरकारको माध्यमद्वारा विगत देखि व्याप्त विसंगति विकृतिको अन्त्य गर्दै,गरिबीको अन्त्य,पछौटेपनको अन्त्य समुन्नत स्वाधीन आत्मनिर्भर नेपाली सुखी नेपाली आधुनिक सम्वृद्व,स्वाधीन राष्ट्र हुँदै समतामूलक समाज र समाजवाद सम्मको संबैधानिक राजनैतिक साझा अभिभारा मार्गचित्र तय गरेको थियोे । आजका मितिसम्म आइपुग्दा माथि उल्लेखित विषयवस्तु कहिँ कतैबाट पूरा हुने संकेत पनि देखिदैन ।

ठूलो पार्टी निर्माणको नाममा जे भयो त्यो परिवर्तनको अवमूल्यन हुने समयको बर्बाद झमेला बाहेक बाँकी उपलब्धि नहुने स्पष्ट संकेत परिदृष्य देखापरेको छनक पाइन्छ । बहुमत भनेको अभिभारा हो जनताको अपेक्षा विश्वास,जिम्मेवारी ठूलो भारी हो । बहुमत भनेको रजाइँ गर्ने निरंकुशता लाद्ने जनताप्रति अनुदार हुने आफन्त आसेपासेलाई राज्यलाई अनावश्यक भार पार्नेगरी लाभान्वित गर्ने,विधि र पद्धतिको धज्जी खिल्ली उडाउने,प्रचलित कानूनको उपहास, दुनियाँको आँखामा छारो हाल्ने रु राज्यको श्रोत माथि कब्जा जमाउने आसेपासे पाल्ने,बहुमत छ भन्दैमा अरूलाई पाखा लगाउने राजनीति भनेकै षड्यन्त्र जालझेल तिक्रमबाजी हो । गुटबन्दीको राज चल्छ,गुटबन्दी बाटै सत्ता प्राप्त हुन्छ भन्ने सोचाइ परम्परावादी यथास्थितिवादी राजनीति मनोदशा हो । जो बहुदलीय व्यवस्था देखि आजसम्म पात्र उही भ्रष्ट टेस्टेट, खाली प्रणाली मात्रै परिवर्तन गरिरहने स्थितिमा सरकार मातहतका निकाय राज्यका अंगमा कब्जा प्रलोभन शक्ति पदीय हैसियतको दुरुपयोग किमार्थ शोभनीय होईन ।

आजका मितिसम्म आइपुग्दा नेपाली जनताले के पाए ? धोका सास्ती विश्वास घात अकर्मण्यता दण्डहीनता भ्रष्टाचार आदि । परिवर्तन कसैलाई, कसैकी पत्नीलाई राष्ट्रपति बनाउने, प्रधानमन्त्री,मन्त्री,सांसद,मुख्यमन्त्री,मेयर अध्यक्ष बनाउने मात्रै पक्कै थिएन, होईन । पद प्राप्ति मात्रै उपलब्धि ठान्नु नै मृगतृष्ण हो । आफूले खाइसकेपछि अरूको पनि पेट भरिहाल्यो,भोक मरिहाल्यो प्यास मेट्टिहाल्यो भन्ने सोचाइ नै स्वार्थी एकात्मक अहंकारी समवेदनाहीन अमानवीय सोचाइ हो । अर्काको कुभलो चिताउने आफूलाई सर्वेसर्वा ठान्ने सामन्ती सोचाइ हो । खोल लोकतन्त्रको ओढ्ने कार्यशैली भ्रष्ट नालायक अलोकतान्त्रिक गैरराजनीतिक गैरजिम्मेवार हुँदा लोकतन्त्रको उपहास भएन र ?

तत्कालीन अवस्थामा देशमा शान्ति स्थायित्व अस्थिरता भ्रष्टाचार दण्डहीनता हुनुमा बलियो पार्टी नभएको,स्थिर सरकार नभएकोले नै हो भन्ने बुझाइ रहदै आएकोमा आज त्यो बुझाइ पनि मिथ्या सावित भएर गयो । संख्याको हिसाबले पार्टी ठूलो हुँदैमा केही हुँदोरहेनछ, जबसम्म भावनात्मक रूपमा एकता,उत्तरदायित्ववोध,निष्ठापूर्ण,सामूहिक साझा कर्तव्यबोध, दायित्ववोध,सैद्धान्तिक राजनैनिक नैतिक रूपमा नेतृत्वको चरीत्र निर्माण भएको हुँदैन । तबसम्म नियतमाथि शंका उपशंका दुराग्रह मनमा कालो भएको आफ्नो स्वार्थपूर्तिका लागि षड्यन्त्र जालझेलबाट स्वार्थपूर्ति गर्नुलाई उपलब्धि मान्न सकिदैन रहेछ जो कुरा आज दुईतिहाई बहुमतको वर्तमान नेकपा अध्यक्ष ओली नेतृत्वको सरकारले पुष्टि छर्लङ्ग गरिदियो । जनताको ठूलो अपेक्षा भरोसा र विश्वास माथि ठूलो घात आघात हुनपुगेको छ । जनतामा व्याप्त निराशा सरकार विहीनता स्थिति देशैभरका जनता आज महसुस गर्दैछन् । सत्तारूढ दल बहस छलफल नगरी थामथुमको ढाकछोप गरेर पेलेर चेपेर आफ्नो सत्ता लम्ब्याउने खेलमा रमाउने गरेको स्पष्ट छ ।

संविधानसभाले बनाएको संविधानतः परिवर्तनको उपलब्धि संस्थागत गर्दै विगतमा भएका ती तमाम देश र जनताका जनजीविकाका सवालमा होस् चाहे राष्ट्रिय अन्तरास्ट्रिय असमान सन्धि सम्झौता हुने चाहे राजनैतिक,कूटनीति,वाणिज्य व्यापार पारवहन आदिका बहुआयामिक सम्बन्धका सवाल किन नहुन,देशको भौतिक विकासका सवालमा,अशिक्षा गरिबी,असमान,जातीय क्षेत्रीय लैङ्गकि असमानता ती तमाम व्याप्त समस्याबाट देशलाई मुक्त गर्दै, देशको सर्वाङ्गिण विकास गर्ने,देशलाई स्वाधीन बनाउने,आत्मनिर्भर देशको माटो सुहाउँदो बैज्ञानिक अर्थ व्यवस्थामा आधारित अर्थतन्त्रको तर्जुमा,जनताको आयस्तर हेरेर करप्रणाली अर्थात कर लगाउने , स्वदेशमै रोजगारी सिर्जना गरी, देशको बेरोजगारी समस्या हल गर्ने,प्रतिदिन सरदर १५ सय युवालाई विदेश जानबाट रोक्ने गरी राज्यले नीति बनाउने, नेपाल कृषिप्रधान देश हो ,अपार सम्भावनायुक्त देश,प्राकृति श्रोत र सम्भावना भएर पनि त्यसको समुचित प्रयोग नहुने गरेको विगतको अनुभवबाट पाठ सिक्दै,आगामी दिनमा देशको सम्पूर्ण श्रोतको खोजी पहिल्याउने देशलाई आर्थिकसामाजिक रूपमा सुसम्पन्न गर्ने,सफल सबल अर्थ व्यवस्था निर्माण गर्ने ।

जनतालाई लाभान्वित हुनेगरी देशको सबै श्रोत साधन जनशक्ति परिचालन गर्ने, परम्परागत कृषिलाई व्यावसायिक आधुनिककरणमा लैजाने,कृषि व्यावसायलाई आधुनिककरण गरी व्यावसायिकमूलक बनाउने, प्रविधि मैत्री,बैज्ञानिक यान्त्रिककरण गरी देशको ग्रार्हस्थ उत्पादनमा वृद्धि गर्ने,जनतालाई स्वरोजगार हुने, देशको उत्पादनमा वृद्धि भइ आर्थिक प्रणालीको सुधार गर्ने,त्यसैअनुरूप नीति निर्माण हावापानी सुहाउँदो जनताको आयस्तर अवस्था हेरेर राज्यको नीति निर्माण गर्ने राज्यको ध्यानाकर्षण गर्नुपर्ने थियोे । राज्यका तमाम अंङ्गहरुको चुस्त दुरुस्त व्यवस्थापन खटनपट, खर्चमा पारदर्शिता निर्माणकार्य गुणस्तरीय,दिगोपन समय अवधी तोकेर निर्माण सम्पन्न संरचनाको उपयोग प्रयोग अवधिको निर्धारण,दूरदृष्टि जनमैत्री बनाइनुपर्ने थियोे । असमान अर्थनीति अस्तव्यस्त व्यवस्थापन,पहुँचमा आर्थिक विकासका कार्यहरू छनोट तर्जुमा वितरण,सार्वजनिक खर्चमा अपारदर्शिता,त्यसरी छनोट भएका विकासका संरक्षण अनावश्यक जनताका जल्दाबल्दा समस्य हल र समाधान नहुने मात्रै कथित सस्तो लोकप्रियताको नाममा भोटको खेती गरेको देखिन्छ ।

म गर्छु गाग्राको कुरा तिमी गर्छौ आग्राका कुरा जस्तैः भएको देखिन्छ । गरिब मजदुर किसानका जनताका छोराछोरीले सर्वसुलभ शिक्षा,स्वास्थ्य,शुद्ध खानेपानी,बाटोघाटो,पुलपुलेसा, सिंचाइको लागि कुलो नहर,खेलाडीको लागि खेलमैदान,यातायातका लागि सडक, हवाई यातायातका लागि विमानस्थलहरुको निर्माण, सामुदायिक अस्पताल,बिधालय, शौचालय, फोहोर व्यवस्थापन, अस्पतालमा उपचार गर्ने विशेषज्ञ डाक्टर ,बिधालयमा पढाउने दक्ष विषयगत शिक्षकको व्यवस्था गर्ने जिम्मेवारी र कर्तव्य राज्यको हो । यी सेवा पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो यसैलाई नेपालको संविधानले पनि हरेक नागरिकको हक रहने कुराको संबैधानिक सुनिश्चितता गरेको छ । आज राज्य राज्यका ती निकाय, सरकारका कर्मचारी, पदाधिकारी,राष्ट्रपति प्रधानमन्त्री मन्त्री सांसदहरू,मेयर,अध्यक्ष,पार्टी सत्तारूढ,प्रतिपक्ष सबै नतमस्तक छन् । कसैलाई कसैले नमान्ने अर्काको अस्तित्व स्वीकार नगर्ने गुटबन्दीले देशलाई हाक्न खोज्ने कार्य गलत छ । सर्वोपरि हित बाहेकका विषय विषयान्तर मात्रै हुन ।

आफ्नै लागि आफ्नै पद र शक्तिको लागि मरिहत्ते गर्ने, जनताका यी तमाम समस्याप्रति उदासी देखिन्छ । आफूलाई सर्वसत्तावादी सर्वेसर्वा ठान्ने नागरिकप्रति कहिल्यै,कोही कसैले कसैलाई चासो चिन्ता छैन, केवल निहित स्वार्थमा तल्लीन कर्तव्य विमुख छन् । पदीय मर्यादाको ख्याल् राख्दैनन् । कूटनीति मर्यादा,परम्परा,आफैंले बनाएको कानून पद्धति सार्वजनिक पर्टोकल विधि पद्धतिको खिल्ली उडाउन पछि पर्दैनन् , मात्रै कसरी आफ्नो निहित स्वार्थ पूर्ति हुनेहो त्यसैको जुक्ति उपायबारे हानथाप रस्साकस्सी लुछाचुडी चलेको,लामो र ऐतिहासिक परिवर्तनको महत्त्व,दिगो शान्ति सहित सुशासन समृद्धि र देशमा राजनीति स्थायित्व,सुशासनबाट समतामूलक समाजको निर्माण गर्ने आशा भरोसा जनविश्वास, जनअपेक्षा, जनआकांक्षा माथि ठूलो विश्वासघात, कर्तव्य विमुख तुषारापात समय काँधमा आएको जिम्मेवारी बाट हिजो झैँ देशमा अस्थिरता भ्रष्टाचार विकृति विसंगति अन्याय अत्याचार सत्तामा जाने र जानका लागि मरिहत्ते हानथाप गरिरहने, संक्रमणकाल लम्बाइ रहने,जसले जनताको विश्वास टुटेको कोहिन कोही उही पुरानी जोइको पोइ भन्ने स्थितिमा जनता पुगेको वर्तमान प्रणाली नै धरापमा पर्ने त होईन ? भन्ने गम्भीरप्रश्न आशंका अन्योलता तरलता कायमै हुनु खेदपूर्ण छ,निन्दनीय छ । यसको सम्पूर्ण जिम्मेवारी वर्तमान सरकारले लिनुपर्छ ।

विगत सात दशक देखि लोकतन्त्रको नाममा राजनीतिक र नागरिक अधिकारका निम्ति ती विभिन्न जन आन्दोलन देखि जनयुद्ध सम्ममा गरेर देशलाई अस्थिरता हत्याहिंसाले थला पारियो ।सामाजिकआर्थिक र निजि जीवन तहसनहस भयो । जसले देशको अवस्था जर्जर रह्यो । जसबाट ठूलो धनजनको क्षति बेहोर्नुपरेको जगजाहेर छ । लोकतान्त्रिक व्यवस्थाका निम्ति, नागरिक अधिकारका निम्ति गरिएका, छेडिएका तमाम संघर्ष ती संघर्ष सहिद,घाइते बेपत्ता परिवारको अपमान हुनेगरी सरकारमा बस्नेहरूले तिनीहरुको योगदानको कदर सम्म गर्नुको साटो विचलित भैरहेको, केवल सत्ता प्राप्तिका निम्ति कसैलाई उच्च पद हासिल गर्नका लागि मात्रै थिएनन् । कसैलाई केही निहित उदेश्य पद र शक्ति प्राप्त गर्ने एकलाई हुत्याएर अर्काको भाग खोसेर खाली खानका लागि,पोस्नकै लागि, भागबन्डामा देशलाई बाड्ने मोजमस्ती सत्तामा चढ्नका लागि प्रयोग गर्ने भर्‍याङ, ती जनताको नाममा गरिएको जनताको रगतको खोलो बगाएको उपलब्धि पक्कै होईन । उपलब्धिको संस्थागत विकास नहुँदै नेतृत्वको उदासीता अकर्मण्यता लामो संघर्ष बाट उपलब्धि धरापमा पर्ने अवस्था सिर्जना हुनुमा माथि उल्लेखित कमजोरी यसका अवरोध हुन ।

भरत बहादुर बिष्ट
टीकापुर १ कैलाली ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed