तक्मा पाउँदा डिएसपी साबले भन्नुभयोः तपाईं त खेलाडी हुनुहुँदो रहेछ

शेयेर गर्नुहोस

शिवजी श्रेष्ठ/

जब संविधान दिवस अवसर पारेर राष्ट्रपतिले ९०३ जनालाई विभिन्न तक्मा अर्थात अलंकार, विभूषण र पदक घोषणा गरिन्, तब तक्मा पाउनेहरूको नाम हेरेर अनुमान सुरू भइहाल्यो ।

को कसको नजिकरु कसले कसरी पाए ?

अर्थात् तक्मा पाउने कर्मचारी भए, त्यस मन्त्रालय वा विभागीय प्रमुख, मन्त्री वा सरकार नजिक वा आफ्नो मान्छे रहेछ भन्ने ठोकुवा ।

धेरै कमैले मात्रै सोच्छन् कि यो व्यक्तिले राम्रो काम गरेर पनि तक्मा पाएको होला।

यस्तै भएको थियो आजभन्दा २४ वर्ष अगाडि ।

त्यो बेला म भोजपुरमा कार्यरत थिएँ। राजा वीरेन्द्रको जन्मदिवसमा अहिले जसरी नै विभूषण, मानपदवी घोषणा हुन्थ्यो ।

२०५४ साल पुस १४ गते म जिल्ला प्रहरी कार्यालय, भोजपुरका डिएसपी साबसँगै थिएँ । उहाँ रेडियो बोकेर बिहान ७ बजेको समाचार सुन्दै हुनुहुन्थ्यो ।

म नजिकै गएर क(कसले तक्मा पाए भनेर ध्यान दिएर समाचार सुन्दै गरेको देखेर डिएसपी साबले भन्नुभयो– ओहो साब, किन यस्तरी ध्यान दिएर सुनेकोरु अब तपाईंहरूका दिन गए । हाम्रो पो दिन आए। तपाईंले तक्मा पाउँछु जस्तो लागेको छ र ?

त्यो व्यंग्य भर्खर आइजिपी परिवर्तन भएसँगै केही दिन अगाडि काठमाडौंबाट मेरो भोजपुर सरूवा भएको तर्फ इंगित थियो।

मैले पनि हाँस्दै भनेँ, ुसुन्दै जाऊँ न सर ।

नभन्दै गोर्खा दक्षिण बाहु चौथो तक्मा पाउनेमा मेरो नाम पनि आयो ।

डिएसपी साब छक्क परेर मेरो अनुहार हेरिरहनुभयो ।

अनि एक्कासि भन्नुभयो, ुओहो, लौ तपाईं त खेलाडी नै हुनुहुँदो रहेछ।ु

तर उहाँले मलाई सोध्नुभएन– के काम गरेर गोर्खा दक्षिण बाहु पाउनुभयो ?

उहाँको संकेत थियो, कुन हाकिम वा नेताको सिफारिसमा पाउनुभयोरु

दुई दशकपछाडि पनि अवस्था यस्तै छ।

प्रत्येक वर्ष तक्मा वितरणसँगै पाउने व्यक्ति र तक्माको स्तर जोडेर विभिन्न प्रश्न उठ्छन्। यसपटक इतिहासकै सबभन्दा बढीले तक्मा पाए। अस्वीकार गर्नेको संख्या पनि यसपटक झन् बढेको देखियो। यसपालि धेरै पत्रकारले तक्मा पाए, अस्वीकार गर्ने पहिलो पंक्तिमा पनि पत्रकार नै बढी देखिए।

तक्मा दिनु र पाउनु भनेको राज्यले गरेको सम्मान हो। तर किन यसरी सम्मानका बारेमा प्रश्न उठ्छ ? अझ भनौं आफूले पाएको सम्मान अस्वीकार हुन्छ ?

पत्रकार हरिबहादुर थापाले आफूले पाएको तक्मा अस्वीकार गर्दै सामाजिक सञ्जालमा लेखेका रहेछन्( राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन। तर सम्मान स्वयम् सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ।

यस्तै विवाद निस्किएका कारण यसलाई व्यवस्थित र मर्यादित बनाउन बनेको विभूषण ऐन, २०६३ ले राष्ट्रिय जीवनमा योगदान पुर्‍याएका व्यक्तिलाई चार प्रकारका मानपदवी दिनसक्ने व्यवस्था गरेको छ। यसैगरी विभूषण नियमावली, २०६५ ले कस्ता कस्ता व्यक्तिले कसरी तक्मा पाउने भनेर तय गर्न समिति व्यवस्था गरेको छ। विभूषणका लागि मन्त्रिपरिषद समक्ष सिफारिस गर्न वरिष्ठ मन्त्रीको अध्यक्षतामा गृहमन्त्रीसहित राष्ट्रिय जीवनमा योगदान पुर्‍याएको आधारमा मन्त्रिपरिषदले तोकेको महिलासहित समावेशी सिद्धान्तअनुरुप ६ जना सदस्य रहेको विभूषण समिति छ।

समितिमा गृहसचिव सदस्य सचिव रहने भनिएको छ। २०७७ असारमा बसेको तत्कालीन मन्त्रिपरिषद बैठकले विभूषणसम्बन्धी नियमावली संशोधन गर्दै हरेक वर्ष दुई जनालाई विभूषण दिने निर्णय गरेको थियो। तर आफैंले गरेको निर्णय कार्यान्वयन गर्न नसकेर तत्कालीन सरकारले ४५२ जनालाई तक्मा वितरण गरेको थियो। यसपटक त त्यो संख्या दोब्बर बढी भयो।

यसरी भागशान्ति गरेको र कार्य मूल्यांकनका आधारमा भन्दा पनि आफ्नो मान्छे र कोटा, सम्बन्धित अधिकारी वा विभागीय सिफारिसभन्दा पनि आफैं मागेर लिने अवस्था समेत देखिएको भनेर प्रश्न उठाउँदै तक्मा अस्वीकार गर्ने परिपाटी बढ्दो छ। गणतन्त्र आगमनपश्चात तक्मा अस्वीकार गर्नेको संख्या दुई सय नाघिसकेको देखिन्छ।

आफूले पाएको तक्माको अस्वीकारोक्ति अहिले मात्र होइन, राणाकालमै, तक्माको सुरूआतताका नै, अर्थात् एक शताब्दी अगाडि नै भएको देखिन्छ। १९९० सालमा ठूलो भूकम्प आयो। तत्कालीन श्री ३ महाराज जुद्ध शमशेरले भूकम्पपीडित जनताको उद्धारका लागि भनेर कौशी तोषखानाबाट डेढ करोड रूपैयाँ निकालेर ुभूकम्प पीडित कर्मचारी, भारदार र जनतालाई निर्ब्याजी ऋण दिनेु घोषणा गरे।

त्यसका लागि राणा भाइभारदारको नेतृत्वमा ठाउँठाउँमा टोली खटाइयो। कतिले पूरा रकम पीडितलाई बाँडेनन्। श्री ३ को चाकरी गर्दै खुसी पार्न सरकारी कोषमा दाखिला गरे। कतिले भने पूरै रकम पीडितलाई वितरण गरे।

पछि जुद्ध शमशेरले भूकम्पपीडितको उद्धारमा खटिनेलाई ुभूकम्प पदकु नामक तक्मा दिए। मुख्य कमान्डर भइ खटिएका र पूरै रकम नबाँडी कोषमा दाखिला गर्ने सबै राणा जर्नेलले तक्मा पाए। तर पीडितलाई पूरै रकम बाँड्ने सेतो दरबारका मालिक मेजर जर्नेल लिला शमशेर राणाले पाएनन्।

लिला शमशेरले पदक पाऊँ भनेर बिन्ती पनि गरेनछन्। अरूले पाएको धेरै समयपछि जुद्ध शमशेर आफैंले ुए लिला शमशेरले तक्मा पाएको छैन, अब दिनूु भनेर दिएछन्।

तक्मा पाएपछि लिला शमशेर पनि दंग परेर सेतो दरबार आएर दाजुभाइका अगाडि मैले पनि तक्मा पाएँ नि भनेछन्। तब दाजुभाइले सोधेछन्, ुखोइ त तक्मारुु

तब लिला शमशेरले लबेदा माथि फर्काइ सुरूवालको इँजारमा बाँधेर झुन्ड्याएको भूकम्प पदक देखाएछन्। तर असन्तुष्टिको भावमा जीवनभर पदक उनले लगाएनछन्।

बेलायती सिकोबाट प्रभावित नेपाली तक्मा श्री ५ पृथ्वीवीर विक्रम शाहको पालामा १९५८ सालमा गोर्खा दक्षिण बाहुबाट सुरू भएको मानिन्छ।

बेलायतमा तक्माको सुरूआत १७ औं शताब्दीमा भएको मानिन्छ। तर त्यसबखत ती तक्मा सेनाका उपल्लो दर्जाका अधिकारी र राजपरिवारलाई मात्रै दिइन्थ्यो। पछि सन् १८१६(१७ को वाटरलु युद्धमा नेपोलियन बोनापार्टविरूद्ध लड्ने सेनाका तल्लो दर्जालाई पनि युद्ध पदक दिन सुरू गरिएको देखिन्छ। तर बेलायतमा नेपालजस्तो ठूलो संख्या र एकैपटक सबैलाई तक्मा दिने परम्परा छैन। तत्काल उत्कृष्ट र देशका लागि अतुलनीय योगदान पुर्‍याउने अर्थात् देशलाई चिनाउने काम गर्नेलाई विशेष सम्मानसाथ दिइन्छ।

यसरी तक्मा पाउनेलाई बेलायती जनता र मिडियाले विशेष सम्मानका साथ हेर्ने गरेको पाइन्छ। गत वर्ष करिब १०० वर्ष पुगेका क्याप्टेन टोम मूरले कोभिड महामारीमा एनएचएसको सहयोगका लागि २३ मिलियन पाउन्ड उठाए। तब उनी सबैका हाइहाइ भए। रानी एलिजावेथले उनलाई तक्माबाट विभूषित गरिन् भने विशिष्ट व्यक्तिहरू उनलाई भेट्न आफैं गए। त्यस बखत उनी बेलायती मिडियामा यस्तरी छाए, त्यो तक्माको इज्जत नै बढेको अनुभूति भएको थियो।

बेलायतमा कुनै पनि तक्मा पाउँदा उक्त तक्मा उनले कसरी पाए भन्ने सहजै अनुमान गर्न सकिन्छ।

तर हाम्रो देशमा तक्मा पाउने आफैंलाई पनि अनुमान हुँदैन कि उनले के गरे बापत उक्त तक्मा पाएरु

पूर्व प्रधानमन्त्री, नेताका श्रीमती, नेताका बुवा अनि सन्तानले भागबन्डामा उपल्लो श्रेणीको तक्मा पाउँदै गर्दा देशका लागि मरीमरी खेलेर देशकै नाम उच्च राख्ने खेलाडीले तल्ला श्रेणीका तक्मा पाइरहेका देखिन्छन्।

बेलायतको खेल क्षेत्रमा राम्रो गरेर देशको नाम उच्च राखेको भन्दै फुटबल खेलाडी डेभिड बेकहम अनि टेनिसका एन्डी मुर्रेलाई ुसरु उपाधिसहित ुनाइट हुडु दिइयो। तर हाम्रा खेलाडीप्रतिको तक्मा वितरण आफैंलाई गिज्याएझैं लाग्छ।

अन्य क्षेत्रमा पनि हिजोदेखि रहेको यो परम्परा कहिले तोडिएन। विगतमा पनि नारायण गोपालले गोर्खा दक्षिण बाहु चौथो पाउँदै गर्दा उच्च घरानाका व्यापारीले प्रथम श्रेणीको तक्मा पाएका थिए। तै विसेक, तक्माको एउटा इज्जत थियो। अहिले जसरी अस्वीकारै गरेको सुनिन्थेन। बरु सुप्रसिद्ध लोकगायक झलकमान गन्धर्वजस्ता प्रतिभाले पनि ुमर्नुअघि गोर्खा दक्षिण बाहु पाएर मर्न पाए हुन्थ्योु भनेर अन्तर्वार्ता दिएको देखिन्थ्यो। उनको अन्तर्वार्तापछि सो तक्मा पाएका पनि थिए।

हाम्रो देशमा तक्मा योगदानअनुसार भन्दा पनि दर्जाअनुसार पाएको देखिन्छ। दर्जा जति ठूलो भयो, त्यति ठूलो तक्मा पाउने। योगदान जति ठूलो होस्, दर्जा सानो छ वा सरकारी दर्जा छैन भने तल्लो श्रेणी वा श्रेणीबिहीन तक्मा दिएर होच्याइने गरेको देखिन्छ।

अहिले फेरि कुरा चलेको छ( विभूषण ऐन र नियमअनुसार सम्बन्धितको सिफारिसबाटभन्दा पनि आफैं धाएर वा मागेर तक्मा पाइन्छ।

तक्मा वा त्यसको श्रेणी मागेर लिने परम्परा शताब्दी अगाडि राणाकालदेखि नै देखिन्छ। एक सय १३ वर्षअगाडि श्री ३ चन्द्र शमशेर बेलायत भ्रमणमा गएका थिए। तत्कालीन बेलायती सम्राट एडवार्ड सप्तमले चन्द्र शमशेरलाई तक्मा दिने सोचेर ुसिभिलियन जिसिबी–सिभिलियन ग्रान्ड क्रस अफ द अर्डर अफ द बाथु दिने निर्णय गरे।

तर चन्द्र शमशेरले भनेछन्, ुसम्राट, मलाई सिभिलियन होइन, मिलिटरी जिसिबी दिइबक्स्योस्।ु

सम्राट एडवार्ड सप्तमले मिलिटरी जिसिबी दिन बेलायती संसदमा प्रस्ताव राखे। तर संसदले स्वीकृति दिएन।

त्यसपछि सम्राटले सिभिलियन जिसिबिमै विशेष किसिमको हिरा जडित गर्ने अनुमति मागे। संसदले त्यसको अनुमति सम्राटलाई दियो तर हिराको मूल्य सम्राट आफैंले बेहोर्नु पर्ने निर्णय गर्‍यो।

सम्राटले उक्त निर्णय स्वपकार्दै चन्द्र शमशेरलाई सन् १९०८ जुलाई २१ मा बकिङहम दरबारमा हिराजडित सिभिलियन जिसिबी तक्मा लगाइदिएका थिए। उक्त तक्मा चन्द्र शमशेरले विशेष समारोहहरूमा बडो फूर्तिसाथ लगाउँथे भनिन्छ।

यसरी मागेर तक्मा लिने काम चन्द्र शमशेरकै पालादेखि सुरू भएकाले अहिले त्यो नौलो कुरा रहेन। तर एक शताब्दी अगाडि पनि बेलायतमा यति तक्मा दिन संसदको अनुमति चाहिने रहेछ। सायद त्यही भएर होला बेलायतमा तक्मा र पाउनेलाई विशेष सम्मान गरेको देखिन्छ।

अचेल स्वर्गीय नेतालाई मरणोपरान्त विभूषण दिने पनि धेरै देखिन्छ। यसपटक पनि यसले निरन्तरता पायो। राष्ट्रका लागि सहिद भएका वा प्रजातन्त्रका लागि योगदान दिएर दिवंगत भइसकेकाको परिवारले आफ्नो जीविकोपार्जनका लागि संघर्ष गर्दै बिजोगका जिन्दगी बिताएका कुरा नदेख्ने, देखे पनि सहयोग गर्न नसक्ने बिगतदेखिका सरकारले भकाभक ती नेतालाई तक्मा दिएर सम्मान गर्न खोजिरहेको देखिन्छ।

ती दिवंगत नेताका परिवारलाई एक लाख दिएर सहयोग गर्नुभन्दा २५ लाख खर्चेर विभूषण दिने र आत्मरतिमा रमाउने परम्पराले निरन्तरता पाइरहेको सन्दर्भ छ। बरू त्यो २५ लाख तिनै नेताको नाममा कुनै स्कुल वा अस्पतालमा गरिब विद्यार्थी वा बिरामीले पढ्न वा उपचार गर्न पाउने गरी कोष स्थापना गरे रचनात्मक सम्मान हुन् सक्थ्यो किरु

तक्मा दिनु मात्रै ठूलो सम्मान होइन। प्रजातन्त्रका लागि प्राण आहुति गरेका र पदले ठूला मानिएका पदधारीलाई उस्तै तक्मा दिइँदा ती नेताको सम्मान भयो कि अपमानरु सोच्नुपर्ने अवस्था छ।

इतिहासको पानामा पुगिसकेका नेपालका अन्तिम राजा सैनिक पोशाकमा हिँड्न रूचाएका देखिन्थे। त्यसमा पनि छातिभरी रिबन ९तक्मा० लगाएर हिँडेका देखिन्थे। एकपटक एकजना प्रहरी अधिकारी मित्रले अन्तिम राजाको मिलिटरी पोशाकमा सजिएको फोटोमा उनको तक्मा गन्दा ४१ वटा पुर्‍याएछन्।

उनले त्यतिखेर ठट्टा गर्दै भनेका थिए, ुहाम्रा राजाले कुन कुन लडाइँमा पाएका होलान् नि यति धेरै तक्मारुु

त्यसैले आफूले छातीमा लगाएको तक्माको यस्तो हविगत नहोस्। यो कुरा दिने र लिनेले पनि विचार गर्नुपर्छ।

भनिन्छ नि( कुनै तक्मा पाउँदा व्यक्तिको सम्मान बढ्छ। तर कुनै व्यक्तित्व यस्ता हुन्छन् जसले त्यो तक्मा पाउँदा उल्टै तक्माकै सम्मान बढ्ने पनि हुनसक्छ।

तसर्थ तक्मा वितरण गर्दा यी कुरा नजरअन्दाज गर्न हुँदैन। तक्मा दिने अख्तियारी छ भन्दैमा जसलाई पायो त्यसलाई हचुवामा दिने, पहुँच छ भन्दैमा हाङ्ग्राले पाङ्ग्रा खाएझैं जस्तो गर्नु राम्रो होइन।

भनिन्छ, तक्माको तालुकवाला मन्त्रालय गृहमा अझै पनि ३५ हजार तक्मा सम्बन्धित व्यक्ति लिन नआएर बेवारिसे थन्किएको छ। यो पुष्टि गर्ने गरी केही वर्षअगाडि नेपाल प्रहरीका एकजना डिएसपीले पहेँलो रङको तक्मा देखाउँदै आफ्नो नोकरी २५ वर्ष पुगेको उपलक्ष्यमा पाउने दीर्घसेवा पदक लिन गृह मन्त्रालय जाँदा त्यहाँका शाखा अधिकृतले ुऊ त्यो कोठामा गएर छानेर लैजानूु भनेर देखाएछन्।

भित्र गएर हेर्दा बोरामा बाँधेर राखिएका असरल्ल विभिन्न तक्माको हविगत देखेछन्। त्यो देखेर उनलाई बेकार लिन आएछुजस्तो लागेको कुरा बताएका थिए।

अहिले तक्माबारे जुन विवाद र बहस चलिरहेको छ, यसबारे समयमै सम्बन्धित निकाय र नेतृत्वले सोच्नुपर्ने देखिन्छ। सम्मानको पनि सम्मान, मर्यादा राख्न र बचाउन तत्कालै अहिलेको तक्मा वितरण परिपाटीमा सुधार गर्नु आवश्यक छ।

तक्मा दिनेलाई पनि दिएजस्तो अनुभूति होस्, पाउनेलाई पनि छातीमा लगाएर हिँड्दा गर्व अनुभूति होस् । (साभारः सेतोपाटी)

ताजा खबर

कैलालीमा एकको हत्या, हत्याको आशंकामा श्रीमति सहित ४ पक्राउ

आज टीका, लगाउने साइत कतिबेला ?

नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा

बैतडीमा अष्टमीका दिन ४२४ राँगाको बलि

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *