कुन खानेकुरा एकसाथ सेवन गर्दा विषाक्त बन्छ

शेयेर गर्नुहोस

२०७७ साउन १६
केही मान्छेहरू समयमा खान नपाएर अस्वस्थ हुन्छन्, धेरै मान्छे पाएको खानेकुरा विधिपूर्वक खान नजानेर अस्वस्थ हुन्छन् । खानामा एउटा विज्ञान छ, यही विज्ञानको आधारमा प्राचीनकालदेखिको हाम्रो खाना संस्कार चल्दै आएको छ ।

खानाकै सवालमा एक व्यक्तिगत प्रश्न पनि आउन सक्छ, के तपाई प्रायः पेटको भारीपन, ग्यास र अन्य पाचनसम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्छ रु छ भने यसको पछाडि हामीले खान नजानेको खानपान शैली नै कारक पनि हुन सक्छ । जुनसुकै खाद्य पदार्थ पनि एउटा निश्चित संयोजनमा नखाने हो भने त्यसले हामीलाई हानि गर्न सक्छ । शोधकर्ताहरू यस्तै खानाका सारथिको खोजीमा हुन्छन् जसले शरीरलाई फाइदा गर्छ ।

हाम्रो संस्कृतिले खाद्य पदार्थहरूको मात्रा र विधिको बारेमा उल्लेख गरेको छ । जस्तो, छोकडाको साथमा दूध, खानाको साथमा नरिवल र दालको साथमा दहीको संयोजनले सम्पूर्ण पोषणलाई बढाउने काम गर्छ । यद्यपि पनिरसँग पालक, दहीको साथमा फलफूल जस्ता केही बेमेल हुने खानेकुरालाई पहिचान गरेर आफ्नो खानपान संस्कार बनाउने हो भने यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने पोषणविद्हरू बताउँछन् ।

आँप र काँक्रोको नमिल्दो संयोग

आँप आफैँमा गर्मी खालको फलफूल हो । तराईतिर यसलाई गर्मी समयको फलफूलको राजासमेत मान्ने गरिन्छ । यो गर्मी मौसममा हरेक घरमा उपभोग हुने फलफूल हो । यही आँपसँग काँक्रोको प्रयोग स्वास्थ्यको लागि हानिकारक हुन्छ ।

पोषणविदहरु आँपको गर्मी स्वभाव र काँक्रोको चिसो स्वभावका कारण यी दुई फल एक साथ खानु स्वास्थ्यको लागि हानिकारक हुने बताउँछन् । यी दुवै फल एकै पटक खाँदा शरीरको पाचन प्रक्रियामा समस्या सिर्जना हुन्छ भने पेटमा ग्यास भरिने र पेट भारी हुने समस्या पनि सिर्जना हुन्छ ।

दुग्ध उत्पादन र पालक

पालकबाट बन्ने विभिन्न किसिमका परिकारहरू आफैंँमा स्वादवद्र्धक हुन्छ । पालकसँग पनिर खाने चलन पनि कताकतै पाउन सकिन्छ । तर त्यो आफैँमा हानिकारक रहेको न्युट्रिसियनहरू बताउँछन् । पनिरलगायत दुग्ध उत्पादनहरूमा क्याल्सियम प्रशस्त मात्रामा पाउने गरिन्छ । तर जब दुग्ध उत्पादनहरू पालकसँग मिसिन्छन् दुग्ध पदार्थमा रहेको क्याल्सियम र पालकको अक्सेलिक एसिड मिसिन्छ । जसले शरीरले क्याल्सियम लिन सक्दैन । त्यसैले यो आफैँमा हानिकारक हुन्छ । बरु पालकलाई दाल र च्याउसँग मिसाएर खान सकिन्छ ।

दूध र दाल

भुटेको सिमी, भट्टमासजस्ता दलहन र दूधलाई मिसाएर खानु पनि स्वास्थ्यको लागि राम्रो कुरा होइन । दूध र दलहनलाई साथमा सेवन गर्ने हो भने यसले पेटको पाचन प्रणालीमा समस्या सिर्जना गर्ने बताइन्छ । फेरि दूधको साटो दहीको प्रयोगले आँतलाई राम्रो गर्ने गर्छ । पोषणविद्हरूका अनुसार दूधको पाचन प्रणाली पेटमा नभई डुओरेअम अर्थात् भित्री आँतको एक भागमा हुने गर्छ । अर्कोतर्फ पेटमा पाचन प्रणाली रहेको दलहनमा रहेको ओलिगोसाकराइड्स नामको गुलियो पदार्थ पनि पचाउनको लागि कठिन हुने खानाको कोटीभित्र पर्छ । यसरी दुई किसिमको खानेकुरा एकैपटक प्रयोग गर्दा शरीरको पाचन प्रणाली ढिला हुनसक्ने बताइन्छ ।

दूध र एन्टिबायोटिक

गिलासमा दूधको साथ एन्टिबायोटिक लिनु धेरैको लागि सामान्य बानी भइसकेको हुन सक्ला । तर यो स्वास्थ्यका लागि राम्रो कुरा भने होइन । एन्टिबायोटिक प्रभावकारी हुनका लागि मुखदेखि पेटसम्मका अंगले त्यसलाई बिस्तारै थोरै मात्रामा शोषण गर्दै गएको जानुपर्छ । जहाँबाट ती पोषक तत्वहरू रगतभित्र जान्छ । दुग्ध उत्पादनहरूमा क्याल्सियम धेरै मात्रामा पाउने गरिन्छ । जसले एन्टिबायोटिकसँग मिसिँदा औषधिलाई प्रभावहीन बनाउँछ । साथै, शरीरका अरू अंगले पनि एन्टिबायोटिकलाई शोषण गर्न सक्दैन ।

सिमी र चिज

भुटेको गेडागुडी र चिज जस्ता परिकारले शरीरको पाचन प्रणालीमा असर गर्ने एवं शरीरको ऊर्जा अधिक खर्च गर्ने गर्छ । यस्तो खानाका कारण शरीरले प्रोटिनबाट अमिनो एसिडको थोरै मात्रा अवशोषण गर्छ । जबकि बाँकी प्रोटिन खेर जाने गर्छ । जसले बढी विष र अम्लियपना उत्पन्न गर्छ । शरीरमा रहेको एसिडले हड्डीको द्रव्यमानलाई कम गर्न र प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउने गर्छ ।

खानासँग रक्सी

खानासँग चिसो खाले पेय पदार्थ खानु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । त्यस्ता पेय पदार्थ खानासँगै खाँदा त्यसले पाचन प्रणालीमा अवरोध गर्नसक्ने पोषणविद्हरू बताउँछन् । उनीहरूका अनुसार कार्बोनेटेड पेयले पाचन प्रणालीमा असर गर्छ । फलस्वरुप पाचन प्रक्रिया नै ढिलो हुन जान्छ ।

ताजा खबर

कञ्चनपुरमा रुख काटेर तस्करी गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *