डिप्रेसन र जिवन

शेयेर गर्नुहोस

डिप्रेसन एक मानसिक अवस्था हो जसले जिवनका हरेक आयाम हरुलाई नकारात्मक सोच्न बाध्य वनाईदिन्छ । अर्को भाषामा भन्दा चिन्ता जब चरम अवस्थामा पुग्दछ मानिसलाई आफ्नो जिन्दगी बेकार लाग्न थाल्दछ र डिप्रेसनको स्थितीमा पुग्दछ । डिप्रेसनको वायोलोजिकल कारणको धेरथोर स्थान भएता पनि मुख्य कारण चै मानसिक नै भएको पाईन्छ । राष्ट्रिय रुपमा गरिएको सुक्ष्म अध्ययनलाई आधार मान्ने हो भने डिपे्रसन आत्महत्याको मुल कारणहरु मध्ये एक हो । प्राय डिप्रेसनको कारण सतही रुपमा कर्ज, सम्वन्ध विच्छेद, पारिवारीक समस्या पढाई सम्वन्धि समस्या, बेरोजगारी,प्रेम सम्वन्ध तथा विमारी जस्ता कारण देखिए पनि गहिरो नजरले हेर्नुभयो भने त्यो सवै एकै छाता मुनी आउदछ त्यो हो मानसिक समस्या ।मानविय जिवनमा चिन्ता हुनु स्वाभविक यस कारण पनि हो की ऊ चेतनशिल प्राणी हो । चिन्ता मानविय स्वभाव भएपनि जब चिन्ता हाम्रो नियन्त्रणमा हुदैन वा चिन्ता व्यवस्थापन गर्न सक्ने क्षमता हामीमा रहदैन तव हाम्रो मानसिक अवस्था खतरा क्षेत्र(रेड जोन) मा प्रवेश गर्ने गर्दछ । मान्छे आत्महत्या तिर तव जान्छ जब उसले आत्महत्या एक उत्कृष्ट सामाधानको रुपमा देख्दछ । दिमाग भविश्य देख्ने प्रयास गर्दछ तर मानसिक अवस्थाको कारण भविश्य यति खराव देख्दछ कि आत्महत्या सकारात्मक कदम लाग्न थाल्दछ, कारण एउटै छ कि उ मानसिक रुपमा क्षतिग्रस्त छ ।

डिप्रेसन हो भनि थाहाँ पाउनै नसकिने मुख्य भुमिका एक लैंगिकताको पनि छ । यो एक अघोसित कारण हो । पहिलो यो कि हामी मानसिक समस्यालाई जरुरी नै सम्झने प्रयास गर्दैनौ, दोस्रो योे की उनको भुमीकालाई लिएर उनिहरुलाई नै अपराध वोध गराउने प्रयास गर्दछौ । जस्तै की मानसिक परेसानीबाट गुज्रीरहेकी महिलालाई यो भन्नु की तपाई कस्ती आमा हो ? जब उसले डिप्रेसनको अन्तीम अवस्थामा पुगी आत्महत्या जस्तो कदम उठाउदछे तब फेरी उसैलाई भनिन्छ की मर्नु भन्दा पहिला आफ्नो बच्चाको वारेमा कस्तो नसोचेकी ? तपाईले कहिले सोच्नुभयो की जव उनी मानसिक परेसानीको समस्या झेलीरहेकी थिईन त्यो वेला तपाईले हौसला बढाउन आफ्नो पनि भुमिका रहन्थ्यो । त्यस्तै पुरुस वा केटाहरुको कुरा गर्ने हो भने उनिहरुलाई यो लाग्दछ की डिप्रेसनको मतलव कमजोरी हो, जो उनीहरुको मर्दानगीको धब्बाको रुपमा रहन्छ । त्यसैले उनीहरु डिप्रेसनलाई लुकाउने प्रयास गर्दछन् र त्यसले विकराल रुप लिई उनिहरु आत्महत्या जस्तो कदम उठाउने सम्मको अबस्थामा पुग्दछन् जबकी यो पनि एउटा लैंगीकताकै कारण भएको हो ।

पहिलो कुरा त यो बुझ्नु जरुरी छ की डिप्रेसन अपराध होईन यो त रोग हो। दोस्रो यो की यसबाट बाहिर आउन सम्भव छ । प्राय मानिसहरु यसलाई लाजको रुपमा लिन्छन् र आफ्नो कमजोरीका रुपामा लिन्छन् । मान्छे कमजोर मनस्थिती भएरमात्र डिप्रेसनमा जाने होईन यदि त्यस्तो हुदो हो त बलिउडका महान हस्तीहरुका आत्महत्याका खवर हामीले सुन्नुपर्ने थिएन होला ? भर्खरै आत्महत्या गरेका सुसान्त सिं राजपुत जो ईन्जिनियरिडमा टपर थिए भने वलिउडमा आफ्नै बलवुतामा स्थापित हुदैथिए र अर्को कुरा आर्थिक रुपमा सम्पन्न थिए। उनी कसरी मानसिक रुपमा कमजोर हुन सक्छन् ? त्यसैले यो वुझ्नु जरुरी छ की डिप्रेसनमा जाने कुनै पनि कारण हुन सक्छ र यसलाई सहज रुपमा लिई उपचार गराउन जरुरी हुन्छ । विज्ञ भन्दछन् कि आत्महत्या गर्ने व्यक्ति संकेत दिने गर्दछ कि विगत एक महिना देखी उसले कोही न कोही नजिकका संग जिवन बेकार हो भन्ने हिसावले कुरा गरेको हुन्छ । हामी सामाजिक रुपमा यो विषयलाई नजरअन्दाज गर्दछौ। सामान्य रुपमा सम्झाउदछौ कि यस्तो नसोच्नुस सवै ठिक हुन्छ । बस यसलाई नै हाम्रो जिम्मेवारी पुर्ण भएको सोच्दछौ ।

नेपाल संग परिवेश मिल्ने र करोडौ जनसंख्या भएको भारतमा गरिएको सर्भेमा आत्महत्याको कारणहरु मध्ये टप दश भित्र डिप्रेसन परेको छ भने हर दश जना मध्ये ६ जनामा कुनै न कुनै स्टेजको डिप्रेसन छ । यसको मतलव सवैले आत्महत्या गर्ने त होईनन् नी । नजिकका मान्छेमा लगातार उदासिनता, ईच्छा नलाग्ने, भोकमा गडवड, एकाग्रता नभएमा,पहिले राम्रो लाग्ने विषय हाल राम्रो लाग्न छोडेमा, गील्ट फिल भएमा थकान भईरहने भएमा र जिन्दगी बेकार हो भन्ने जस्ता कुरा गरेमा सोच्नुस ऊ मानसिक समस्याबाट गुज्रीरहेको छ । नजानिदो पारामा उसलाई मानसिक रोग विशेसग्य सम्म पुर्याउने प्रयास गर्नुस । यसको उपचार संभव छ र तपाईको एक पहल कसैको जिन्दगी उपहार दिन योग्य हुन सक्छ । प्राय मान्छेहरु कुनै न कुनै समय यो समस्या बाट गुज्रीरहेका हुन्छन् । कुनै सामान्य विषयले समेत यसको मानसिक थेरापी भई उपचार हुन सक्छ। एक पटक डिप्रेसनबाट गुज्रीरहेका एक जना वैड्कका नामी प्रवन्धक संग काठमाडौको एक अस्पतालकै विश्राम कक्षमा भएको मेरो भेट आफैमा एक लाईफ चेन्जिड भएको विषय मेरो लागि एक उदाहरणको रुपमा छ । मानसिक समस्याबाट गुज्रीरहेका मान्छेले त्यो आफैले स्विकार गर्न नसक्नु एक मख्य जटिलताका रुपमा रहेको छ । त्यसैले व्यस्त जिवनशैली विच रहेको यो मानसिक समस्या डिप्रेसनले खतराको घण्टी वजाउनुपुर्व यसको पहिचान गरि उपचार गर्नु बुद्दिमानि हुन्छ ।

धर्ती, जल, अग्नी, वायु र आकासबाट बनेको सरीरको सन्तुलित प्रयोग उत्कृष्ट जिन्दगी हो । अर्काको डिप्रेसनको प्रत्यक्ष कारण बन्ने प्रयास नगरौ । यदि डिप्रेसन भएको लाग्दछ भने पहिचान गरौ र उपचार गरौ अनी मानसिक स्वास्थ्यका वारेमा पढौ, सोचौ र कुरा गरौ । अन्त्यमा यदि तपाई जिन्दगीको कुनै पनि समयमा डिप्रेसनलाई जितेर आउनु भएको छ भने तपाई आफ्नै जिवनको एक विजयी योद्दा भएकोमा हार्दिक बधाई छ ।

कृष्ण बहादुर बिष्ट

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *