देशभर ५७ लाख बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै

शेयेर गर्नुहोस

काठमाडौँ । सरकारले देशभरका ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई दादुरा(रुबेला खोपमा लगाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये ५ वर्षदेखि १५ वर्ष मुनिका ३६ लाख १२ हजार ३१० र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका २१ लाख ३० हजार ६८३ बालबालिकालाई दादुरा–रुबेला खोपमा लगाउन लागेको हो ।

देशव्यापीरुपमा दादुरा(रुबेला खोप अभियान आइतबार ९फाल्गुन १३० देखि चैत्र ७ गतेसम्म जारी रहने छ । यसबिच दादुरा(रुबेला खोप ५७ लाख बढी बालबालिकालाई लगाइने छ ।

कोशी प्रदेशमा ८ लाख ९३ हजार ७४३ बालबालिकालाई सो खोप लगाउने मन्त्रालयले जनाएको छ । यी बालबालिकामध्ये ५ वर्षदेखि १५ वर्ष मुनिका ५ लाख

यस्तै, मधेस प्रदेशमा १९ लाख ४७ हजार १४२ बालबालिका छन् । यीमध्ये ५ वर्षदेखि १५ वर्षमुनिका १३ लाख ८७ हजार १२० र ९ महिनादेखि ५ वर्ष मुनिका

मन्त्रालयका अनुसार बागमती प्रदेशमा ८ लाख ८९ हजार १९९ बालबालिकालाई खोप लगाइँदै छ । यी बालबालिकामध्ये ५ वर्षदेखि १५ वर्ष मुनिका ५ लाख

यस्तै, गण्डकी प्रदेशमा २ लाख १४ हजार ३६२ बालबालिकालाई सो खोप लगाइँदै छ । यी बालबालिकामध्ये ५ वर्षदेखि १५ वर्ष मुनिका ६६ हजार ८०९ र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका १ लाख ४७ हजार ५५३ छन् ।

लुम्बिनी प्रदेशमा ११ लाख ६० हजार ८७३ बालबालिकालाई सो खोप लगाइँदै छ । यी बालबालिकामध्ये ५ वर्षदेखि १५ वर्ष मुनिका ७ लाख ७६ हजार ६७७ र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका ३ लाख ८४ हजार १९६ छन् ।

कर्णाली प्रदेशमा १ लाख ४७ हजार ४४४ बालबालिकालाई खोप लगाइँदै छ । यी बालबालिका सबै ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका मात्रै छन् । यसअघि ५ वर्षदेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइ सकिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशका ४ लाख ९० हजार २५२ बालबालिकालाई खोप लगाइँदै छ । यी बालबालिकामध्ये ५ वर्षदेखि १५ वर्ष मुनिका २ लाख ८१ हजार ३७० र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका २ लाख ८ हजार ८८२ रहेको मन्त्रालयले जनाएको छ ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *