अछामको एक कस्मेटिक पसलमा आगलागी

शेयेर गर्नुहोस

अछाम । अछाममा एक कस्मेटिक पसलमा आगलागी भएको छ । जिल्लाको रामारोशन गाउँपालिका–३ मुजाबगरस्थित रतन रावलको कस्मेटिक पसलमा आइतवार आगलागी भएको हो ।

ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले ४ कोठे घरको भुइँतलामा रहेको कस्मेटिक पसलमा बालेको धुपबाट एक्कासी आगो सल्केर आगलागी भएको बताइएको छ । आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको र अन्दाजी ७५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed