शेयेर गर्नुहोस
काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित गुम्बाटोलबाट करिब १ सय किलो अवैध लागूऔषध गाँजासहित बारा जितपुर सिमरा उपमहानगरपालिका—७ बस्ने १९ वर्षीय साबिर अंसारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले रोकी राखेको बीआर ०१ बीएफ ५५८१ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडि डिक्की र सिटको भागमा फल्स बटम बनाई लुकाई राखेको उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै पर्साको वीरगन्ज महानगरपालिका–९ स्थित बस स्टेसनबाट करिब ३ किलो ५ ग्राम अवैध लागूऔषध गाँजासहित सखुवा प्रसौनि गाउँपालिका—८ जमुनिय बस्ने ५५ वर्षीय ध्रुव ठाकुरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।