अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

शेयेर गर्नुहोस

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित गुम्बाटोलबाट करिब १ सय किलो अवैध लागूऔषध गाँजासहित बारा जितपुर सिमरा उपमहानगरपालिका—७ बस्ने १९ वर्षीय साबिर अंसारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले रोकी राखेको बीआर ०१ बीएफ ५५८१ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडि डिक्की र सिटको भागमा फल्स बटम बनाई लुकाई राखेको उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै पर्साको वीरगन्ज महानगरपालिका–९ स्थित बस स्टेसनबाट करिब ३ किलो ५ ग्राम अवैध लागूऔषध गाँजासहित सखुवा प्रसौनि गाउँपालिका—८ जमुनिय बस्ने ५५ वर्षीय ध्रुव ठाकुरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *