असारमा पुग्यो ‘दान्भी’

शेयेर गर्नुहोस

काठमाडौं । अभिनेत्री पूजा शर्माको एक्सन भूमिका रहेको फिल्म ‘दान्भी’को प्रदर्शन मिति सरेको छ । १० जेठमा प्रदर्शन तयारीमा रहेको फिल्म सरेर असारको ७ मा पुगेको हो ।

शर्माको जन्मदिनको अवसर पारेर फिल्मको नयाँ रिलिज मिति तय गरिएको छ । असारको ७ गते अहिलेसम्म कुनै पनि फिल्म छैन । अहिलेसम्मको रिलिज तालिकामा ‘दान्भी’ले सोलो रिलिज अवसर पाउने देखिन्छ । फिल्मका निर्देशक रुपेश तामाङ हुन् ।

वितरक करण श्रेष्ठ र निर्माताहरूको छलफलपछि फिल्म प्रदर्शनका लागि ७ असार उपयुक्त मितिको रूपमा तय भएको निर्देशक तामाङले जानकारी दिए । फिल्ममा अभिनेत्री शर्माको जोडीमा कुन्साङ बोमजोम देखिँदै छन् । कुन्साङ यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।

देव मगर र अनुप गडाल निर्माता रहेको यो फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् । फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रूपमा छन् । –एजेन्सी

ताजा खबर

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *