शेयेर गर्नुहोस
अत्तरिया । कञ्चनपुरमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारी बस्ने २४ वर्षीय अर्जुन ऐरलाई पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनलाई जिल्ला अदालत कञ्चनपुरको २०८० फागुन २७ गतेको फैसलाले चोरी सम्बन्धी कसुर मुद्दामा १ वर्ष कैद सजाय र १२ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
उनलाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले झलारी बजारबाट पक्राउ गरी जिल्ला अदालत पेश गरेको प्रदेश प्रहरीले जनाएको छ ।















